भारतबाट नेपाली सेनालाई अर्बौको घातक हतियार भित्रिँदै
२८ असार, काठमाडौं
।
माओवादी
र सात राजनितिक दलको विचमा भएको शान्ति सम्झौतामा शान्ति प्रक्रिया नसकिएसम्म सेना
तथा माओवादीले हतियार खरिद नगर्ने सहमति भएको थियो तर त्यो सम्झौताको उल्घन गर्दै
नेपाली सेनाले भारत बाट घातक हातहतियार ल्याउन लागेको खुलेको छ भारतले नेपालका
लागि विगतमा रोकिएको सैन्य सहयोग पुनः सुचारु गर्ने भएको छ । आठ वर्षअघि तत्कालीन
राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि भारतले नेपाली सेनालाई दिँदै आएको सैनिक
सहयोग रोकेको थियो । भारतीय न्युज ऐजेन्सी इण्डो
एसियनकाअनुसार नेपाली सेनाले तत्काल एक अर्ब ७६ करौड रुपैया बरावरको हतियार खरिदका
लागी प्रक्रिया थालेको छ
भारतीय
सञ्चारमाध्यमले जनाएअनुसार विदेशमन्त्री सलमान खुर्सिदको नेपाल भ्रमणपछि भारतले
घातक र गैरघातक हतियारका साथै अन्य सैनिक सामाग्री आउँदो भदौभित्र सुचारु गर्ने
निर्णयमा भारत पुगेको हो ।
स्रोतका
अनुसार सेनाले सरकारमार्फत वारुद,
२४ हजार १ सय ६६ गोली ,८१ र ५१ एमएम मोर्टारका साथै डेटोनेटर, सुरक्षा फयुज र सैन्य हार्डवेयर खरिद गर्ने निर्णय
गरेको छ ।
यसअघि, नेपाल र भारतवीच बैङ्गलोरमा
भएको विदेश मन्त्रालयको १० औ
सहसचिव स्तरीय बैठकमा भारतले नेपाललाई ७० प्रतिशत अनुदान दिने र ३०
प्रतिशत नेपाल आफैले व्येहोर्नेगरी सैन्य सहयोग उपलव्ध गराउने सहमति भएको थियो ।
नेपाल
भारतवीच द्वीपक्षीय समझदारीपछि नेपाल सरकारले सहयोगको सुची भारत सरकारलाई
पठाइसकेको छ । सेनाले सरकारमार्फत पठाएको प्रस्तावमा सैन्य शिक्षा आदान प्रदान,संयुक्त अभ्यास र सैन्य
उपकरण आपुर्ती गर्ने लगायत छ ।
रक्षामन्त्रालयका
प्रवक्ता द्वारिका आर्चायले भारतले सैन्य सहयोग दिन लागेकोबारे आफुलाई जानकारी
नभएको बताउनुभयो । ँतत्काल सुचारु गर्न लागेकोबारे मलाई आधिकारिक जानकारी छैन, तर यसअघि नै हतियार खरिद
गर्ने विषयमा भने सहमति भइसकेको छ ।’ उनले भने ।
भारत र
नेपालविच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धीअनुसार नेपालले भारतबाट हतियार
खरिद गर्दै आएको छ । मैत्री सन्धी अनुसार नेपालले अन्य देशवाट हतियार आपुर्ती गर्न
भारतको सहमति आवश्यक पर्ने उसले दाबी गर्दै आएको छ नेपाली न्युज पोर्टल अनलाइन
खबर डटकमले पनि यो समाचार लाइ प्राथमिकताका साथ प्रकाशन गरेकोछ
0 comments