"पार्टीको योजनामा चिन भ्रमण"-सिपि गजुरेल

असार २८, काठमाडौं

नेकपामाओवादीका उपाध्यक्षु सिपि गजुरेलले हालै भएको उच्चस्तरिय चिन भ्रमण आफ्नो पार्टीको योजनामा भएको बताएका छन् । आज  संवाद डबलीमा आयोजित एक कार्यक्रममा उनले उक्त कुरा बाताउनएका हुन् । हामी पार्टी पुर्नगठन गरेपछि पहिलो पटक चिनिया कम्युनिस्ट पार्टीको निमन्त्रणामा गएका थियौं, भने यसपटक हाम्रो पार्टीको योजनामा दुवै कम्युनस्टि पार्टीबीच चीनमा बैठक भयोगजुरेलले भने । उनले २५ गते र २६ गते चिनियाँ कम्युनियठ पार्टीको अन्तर्राष्ट्रिय विभागसँग दुईदुई घण्टा छलफल भएको र त्यसैगरी उपराष्ट्रपतिसँग अर्कोदिन छलफल भएको बताए ।
कार्यक्रममा बोल्दै गजुरेलले बैठकमा दुई कम्युनिस्ट पार्टीबीच नेपाली राजनीतिको विषयमा गम्भीर छलफल भयो तर चिनियाँ कम्युनिस्ट पार्टीले आफूहरुलाई चुनावमा जान नभनेको उनले  बताए । नेता गजुरेलले चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वले चुनावमा जाने, बहिस्कार गर्ने, कहिले गर्ने, नगर्ने तपाईहरुको आन्तरिक मामला हो यसमा हामी केही भन्दौनौंभनेको उनले  बताए । ‘”नेपालको संक्रमणकाल छिटो अन्त्य होस्, शान्ति सुशासन होस्  विकास होस् भन्ने चिनियाँ कम्युनिस्ट पार्टीले चाहेको छउपाध्यक्ष गजुरेलले बताए ।
दुई पार्टीको बैंठकमा अहिले गर्ने चार नेताको निर्देशनमा कर्मचारीले गर्ने चुनावले राजनीतिक निकास नदिने र झन द्वन्द्व थप्ने, चुनाव भएपनि नेपाली जनताले संविधान नपाउँने र आफ्नो पार्टीको नीतिले मात्र देशमा दिगो शान्ति स्थापना हुनने चिनीयाँ कम्युनिस्ट पार्टी नेतृत्वलाई आफूहरुले भनेको गजुरेलले बताए । आफ्नो पार्टीले चुनाव बहिस्कार लगायतका विषयमा चिनियाँ कम्युनिस्ट पार्टी सँगको बैठकले कुनै प्रभाव नपार्ने भन्दै उहाँले पार्टीले गरेका निर्णय कार्यन्वयनमा अगाडी बढ्ने बताए ।
पत्रकारहरुको प्रश्नको जवाफ दिदै गजुरेलले आफूहरुले चिनलाई महत्व दिएको र भारतलाई नदिएको नभई उसले(भारत) नै नचाहेकाले छलफल र संवाद नभएको बताए ।“‘चीनले हामीलाई बोलाउछ, हामी जान्छौं र हामीले छलफल गरौं भन्दा उ तयार हुन्छ तर भारत हामीसँग छलफल गर्न तयार छैन भने खोज्दै जाने कुरा भएन, भारत एकै हातले ताली बजोस् भन्ने चाहन्छ भने त्यो संभाव छैनगजुरेलै बताए ।

, ,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates