टेबलबाट समस्याको समाधान भएन भने जनसंघर्षमा जान्छौँ

खड्गबहादुर विश्वकर्मा प्रकाण्ड’, पोलिटब्युरो सदस्य, नेकपामाओवादी
० पार्टीको पूर्ण बैठक सकिएको छ, बैठक कस्तो रह्यो ?
भर्खर पोखरामा सम्पन्न हाम्रो पार्टीको पूर्ण बैठक भव्य र अभूतपूर्व भयो । सम्पूर्ण केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकारहरूको उपस्थिति भएको बैठकमा व्यापक बहस गरी निष्कर्षमा पुगेको हुँदा हामीले यसलाई ऐतिहासिक बैठक भनेका छौँ । यो बैठकमा पार्टी पुनर्गठन भएको एक वर्षको समीक्षा पनि गरेका छौँ । एक वर्षको बीचमा थुप्रै उतारचढावबाट पार्टी अगाडि बढ्नुपर्दाको क्षणमा पनि ऐतिहासिक र महत्वपूर्ण रह्यो । यसबीचमा पार्टी देश भित्र र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि प्रचण्डबाबुरामको विघटन र बिसर्जन भएपछि नेपालको कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी पार्टीको रूपमा उभिएको छ । विगतको क्रान्तिकारी पार्टीजस्तै बाँकी क्रान्ति पूरा गर्ने अभिभारा लिँदै राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा स्थापित भएको छ । यो गौरवको कुरा हो भनेर हामीले पूर्ण बैठकमा समीक्षा गरेका छौँ । बैठकमा हामीले देशको पछिल्लो राजनीतिक घटनाक्रमको पनि समीक्षा ग¥यौँ । हाम्रो पार्टीको जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशालाई कार्यनीतिकरूपमा अगाडि बढाउने सन्दर्भमा व्यापक बहस गरेका छौँ । यसमा केही समस्याहरू पनि पहिचान गरेका छौँ । हाम्रो कार्यदिशालाई शास्त्रीयरूपमा बुझ्ने, आदर्शवादी ढङ्गले बुझ्ने र माक्र्सवादी कोणबाट बुझ्नेमा केही समस्या रहेको र प्रयोगका सन्दर्भमा पनि केही समस्या देखियो । यसलाई ठीक ढङ्गले सुस्पष्ट पार्ने सचेतता हामीले अपनाएका छौँ । अहिलेको हाम्रो कार्यदिशा भनेको जनयुद्धको जगमा जनविद्रोह हो । अहिले यसलाई यही रूपमा बुझ्नु र व्याख्या गर्नु उपयुक्त हुन्छ भन्ने बैठकले निष्कर्ष निकालेको छ । बैठकले जुन अहिले संविधानसभाको चुनाव भनेर जसरी देशी, विदेशी प्रतिक्रियावादीहरू ठूलो डिजाइनका साथ लागेका छन्, जनयुद्ध, जनआन्दोलन र राजनीतिक एजेण्डा र जनताको कुर्वानीका विरुद्धमा जसरी षड्यन्त्र गरेर आइरहेका छन् । यस विषयमा हामीले चैत १ गतेबाट यताका घटनाबाट गल्ती भएको छ, प्रतिगमन भएको छ, यसलाई सच्याउ भनेका छौँ । यसप्रति जवाफदेही हुँदै आपूmले गरेका गल्ती सच्याएर अगाडि बढ्नुको सट्टा झन् मूर्खतापूर्ण ढङ्गले चुनावको मिति तोके पनि आमनेपाली जनताले हाम्रो पार्टीलाई गम्भीर बनाएको छ । यो लातको भूत रहेछ बातले मान्दोरहेनछ, त्यसैले यसलाई लातले नै हान्ने नीति केन्द्रीय समितिले तय गर्नुको विकल्प छैन, बाध्यात्मक स्थिति छ भनेर हामीले एउटा जनसंघर्षको आँधीबेहरी सृष्टि गरेर अहिलेको कथित संविधानसभाको चुनाव र अहिलेको प्रतिगामी कदम र प्रतिगमनलाई खारेज गर्नुपर्छ भन्ने बैठकबाट निष्कर्ष निकालेका छौँ । यति हुँदाहुँदै पनि यो प्रतिगमनलाई सच्याउन हामीले बाटोको ढोका पनि खुल्ला राखेका छौँ ।

 बैठकले फौजी संरचनाको विषयमा पनि निर्णय लिएको छ भन्ने प्रचारमा आएको छ, वास्तविक के हो ?
वैदेशिक शक्तिकेन्द्रको डिजाइनमा र नेपालका दलालहरूको अक्षमताको बाबजुद हामीले नेपाली जनता र राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राखेर सुस्पष्ट र क्रान्तिकारी नीति अगाडि सारिसकेपछि आतंकित भएका दलालहरू र वैदेशिक प्रतिक्रियावादीहरूको आतंकित अभिव्यक्ति मात्र हो, यो । अहिले गर्ने भनिएको चुनावलाई हामी सक्रिय र सशक्त बहिष्कार गर्छौं, यो हाम्रो नीतिभित्रकै कुरा हो । यसै विषयलाई केही दलालहरूले चुनाव बिथोल्ने भनेका छन् भने केही दलालहरू यिनीहरू जंगल जाँदैछन् भन्दैछन् । यो भनेको दलालहरूको नेपाली जनता र हाम्रो पार्टीको विरुद्धमा भूmठो प्रचार गर्ने कार्य मात्र हो । यस विषयमा आमनेपाली जनता सचेत हुनु आवश्यक छ । दलालहरूको यस अभिव्यक्तिभित्र षड्यन्त्र छ, सत्यता छैन भनेर आमनेपाली जनताले बुझ्नु आवश्यक छ ।
 पार्टी बैठक पूर्व पार्टी एकीकरणको विषय पनि प्रचारमा आएको थियो, यस विषयमा बैठकले केही निर्णय ग¥यो ?
विशेष गरेर प्रचण्डजीहरूले एकीकरणको बेसरी प्रचार गरे । यस विषयमा हाम्रो पार्टीका सचिव क. विप्लवले पार्टीको धारणा सार्वजनिक पनि गरिसक्नुभएको छ । यसबीचमा हाम्रो अध्यक्ष र प्रचण्डबीच भेट पनि भयो । भेटमा जुन विषयवस्तुमा छलफल भएको थियो, त्यसलाई बङ्गयाएर पार्टी एकीकरणको कुरा जसरी बाहिर उचालियो, यो सबै हेर्दा प्रतिक्रियावादीहरू र एमाओवादीलाई पनि कतै न कतै नेकपामाओवादीको कुरा नगरी उनीहरूको पनि दाग गल्दैन भन्ने प्रस्ट भएको छ । अहिले नेकपामाओवादीले जुन एजेण्डा अगाडि सारिरहेको छ, जुन ढङ्गले आफ्नो अडान कायम गरिरहेको छ । यस विरुद्धमा भ्रम सिर्जना गर्ने, आमक्रान्तिकारी देशभक्त शक्तिहरूलाई भ्रम सिर्जना गर्ने षड्यन्त्रको रूपमा पनि पार्टी एकताको कुरा उठाइँदैछ । हामी एक मात्र क्रान्तिकारी पार्टी हुनुको नाताले नेपालका सबै क्रान्तिकारीहरूलाई एकताबद्ध गरेर, सहकार्य गरेर अगाडि बढ्नुपर्ने स्थिति छ, त्यसको निम्ति हामीले अपिल गरिरहेका छौँ, हामी यसमा लागिरहेका छौँ ।
 पार्टीको पूर्ण बैठकले निर्वाचनलाई सक्रिय र सशक्त बहिष्कार गर्ने नीति लिएपछि ३३ दलीय मोर्चामा फाटो आएको चर्चा प्रचारमा आएको छ, वास्तविकता के हो ?
यो कुरा सत्य होइन । अहिले हामीले लिएको नीतिले चिरा पर्ने होइन झन् दरिलो बन्छ । किनकि उनीहरूले पनि हाम्रो पार्टीलाई सुझावहरू दिएका थिए । अहिले हामीले कथित संविधानसभाको चुनावमा लिएको नीतिले ३३ दललाई अझ सुसंगठितरूपमा अगाडि बढाउने नीति लिएको छ । हाम्रो यही सुगठित हुने कुरा बुझेर नै विरोधीहरूले अफवाह फैलाएका हुन् ।
 चुनाव रोक्नचाहिँ तपाईंहरू केके गर्नुहुन्छ त ?
मुख्य कुरा वार्ताको ढोका हामीले खुला नै छाडेका छौँ । वार्ताबाट समस्या समाधान होस् भन्ने हाम्रो चाहना छ । अर्को कुरा हाम्रो पूर्ण बैठकले लिएका निर्णयहरू हामी देशव्यापीरूपमा सम्प्रेषण गर्छौं र पार्टीलाई पनि तयारी अवस्थामा राख्छौँ । सबै तहबाट पहलकद्मी लिन तयार भएर बस्छौँ । सबै देशभक्तहरूसँग, प्रगतिशील शक्तिसँग, राष्ट्रव्यापीरूपमा सबै तह र तप्कासँग सहकार्य गर्छौं । टेबलबाट निकास निकाल्नुको निम्ति अझ अपिल गर्छौं । यति गर्दागर्दै पनि षड्यन्त्र हुन थाल्यो भने सडकमा जान्छौँ । एउटा ठूलो जनसंघर्षको उठानको वैकल्पिक बाटोतिर लाग्दछौँ । टेबलबाट समस्याको समाधान भएन भने संघर्षमा जान्छौँ ।
 तपाईंको पार्टीलाई त सेना, प्रहरी लगाएर ठीक पार्छौं भनेर सरकार र चार दलले भनिरहेका छन् नि, के भन्नुहुन्छ ?
यी दलालहरूको पकेटको सेना र प्रहरी भएको भए अहिले नै प्रयोग गरिसक्थे । नेपालको सेना, नेपालको सुरक्षा निकायले राष्ट्रवाद के हो ? के गर्दा राष्ट्रिय स्वाधीनताको रक्षा हुन्छ, नेपालको कुन राजनीतिक दलले राष्ट्रिय स्वाधीनताको मुद्दा उठान गरिरहेको छ राष्ट्रियतावादी पार्टी हुन्, कुनचाहिँ राजनीतिक पार्टीहरू साँच्चिकै लोकतन्त्र चाहन्छन्, साँच्चै जनताको राजनीतिक अधिकारहरू चाहन्छन् भन्ने कुरा नेपालको सुरक्षा निकायले राम्रोसँग बुझिसकेको छ । त्यसैले यिनी दलालहरूको राष्ट्रघात र जनघाती कार्य पूरा गर्ने साधन नेपालको सुरक्षा निकाय हुन्छ भनेर कसैले सोचेको भए त्यो मूर्खतापूर्ण सोचाइ हुन जान्छ । दलालहरूले यदि यस्तो हर्कत गरे भने हामी जनताको शक्ति प्रयोग गर्छौं । यो दलालहरूले विचार गरिराखे हुन्छ । जनसंघर्षमार्फत् परिवर्तनको प्रक्रियामा आफ्नो अन्तिम कुर्वानी गरिराखेका महान् नेपाली जनताको शक्ति हामी प्रयोग गर्छौं । त्यो शक्ति प्रयोग गर्नुप¥यो भने दलालहरूको के स्थिति हुन्छ त्यो उनीहरूले बुझिराखे हुन्छ ।
 भनेपछि घुमाइफिराइ तपाईंहरू फेरि जनयुद्धकै तयारी गर्दै हुनुहुन्छ ?
त्यसो होइन । हामी वर्तमान राजनीतिक संकटको निकासको निम्ति शक्तिशाली जनसंघर्षको पक्षमा छौँ । कुरा यति मात्र हो, हाम्रो अन्तिम विकल्प भनेको जनताको शक्तिशाली संघर्षबाट अहिलेको प्रतिगमनलाई निस्तेज पार्ने भन्ने नै हो ।
 अन्त्यमा के भन्न चाहनुहुन्छ ?
अहिले देश अत्यन्तै संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । यो बेलामा आमक्रान्तिकारीहरू आमदेशभक्त नेपाली जनताहरू, आमपरिवर्तनकारी र प्रगतिशील जनताहरू सबै राष्ट्र र जनतालाई वर्तमान संकटबाट मुक्त गर्नको लागि एकताबद्ध हुनु जरुरी छ । जसबाट राष्ट्रिय स्वाधीनता पनि सम्भव छ, जसबाट नेपाली जनताको राजनीतिक स्वतन्त्रता पनि सम्भव छ र त्यसको सुनिश्चितता गर्ने संविधान पनि सम्भव छ । यसको निम्ति नेकपामाओवादी जुनसुकै मूल्य चुकाएर पनि नेतृत्व लिन तयार छ । माओवादीको यस कार्यमा सबै तह र तप्काले साथ र सहयोग दिउँ भनेर सबैलाई अपिल गर्दछु । ( राजेन्द्र चिमौरिया 

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates