नेपाल पत्रकार महासंघ यूएईले जनचेतना अभिबृद्धि गर्ने

त्रिलोचन कोइराला | २२ जुलाई, दुबई - नेपाल पत्रकार महासंघ यूएई शाखाले “यूएईका नेपाली संघ-सस्था , च्यारिटी र नेपाली” बिषयमा आगामी सेप्टम्बर २० तारेखका दिन अन्तरक्रिया गर्दै सातौ वार्षिकोत्सव मनाउने भएको छ ।
 
शाखाको जुलाई १९ गते बसेको बैठकले विभिन्न प्रस्तावहरूमाथि छलफल गर्दै यूएई शाखाको सातौ वार्षिकोत्सवमा अन्तरक्रिया गर्ने निर्णय गरेको शाखाले जनाएको छ । शाखाले यूएईमा नेपाली कामदारहरूको स्वास्थ्य र सुरक्षा समबन्धी आउने समस्याहरूलाई न्यूनीकरण गर्न अर्जुन दाहालको संयोजकत्वमा निमेष गिरी, हरी नेपाली, उत्तम अधिकारी र विनोद श्रेष्ठ रहेको एक जनजागरण समिति समेत बनाएको छ ।
 
समितिले वाताबरणले स्वास्थ्यमा आउने समस्या, यूएईको श्रम कानुन, सुरक्षा र यातायात सम्बन्धि नियमहरू आदी जनचेतना अभिबृद्धि गदै यहाँ हुने असामयिक निधन, खराब लत, बाटो काट्दादेखि लिएर अन्य बर्जित गरिएका कार्य गर्दा तिनुपर्ने जरिवाना आदीलाई विभिन्न माध्यमबाट जनचेतना जगाउँदै समस्या न्युनिकरण गर्न सहयोग गर्ने अध्यक्ष दाहालले बताएका छन ।
 
साथै सो बैठकले यूएईमा रहेका नेपाली पत्रकारहरूको र स्थानीय पत्रकारहरू बिचको समन्वयलाई दरिलो बनाउन अर्जुन दाहालको संयोजकत्वमा निमेष गिरी, गितामणी पाण्डे, लक्ष्मण खनाल, र उत्तम अधिकारी रहेको पत्रकार सेलको गठन गरेको छ । यूएईमा रहेका नेपाली संघसस्थाहरूले स्थानीय पत्रकारको आवश्यकता महशुस गरे, सेलले स्थानीय पत्रकारहरूसँग समन्वय गरी कार्यक्रममा सहभागी गराउन  पहल गर्ने सेलका संयोजक तथा शाखाका अध्यक्ष दाहालले जानकारी गराएका छन  ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates