मृगौला पिडित आशिष खनाललाई सहयोग
उत्तम अधिकारी , २२ जुलाई २०१३ – दुबै मृगौला खराब भइ युएईबाट नेपाल फर्की उपचारको क्रममा रहेका झापाका आशिष खनालले आफ्नी आमाको एक मृगौलाको सफल प्रत्यारोपण पश्चात नव जीवन प्राप्त गरेका छन् |
बिपन्न परिवारका खनाल आफ्नो उपचार खर्च जुटाउन असमर्थ भएपछी यहाँ कार्यरत रहँदाका साथीभाई तथा आफन्तहरुको प्रयासमा निजको उपचार सहयोगको निमित्त “आशिष उपचार सहयोग समिति” नै गठन गरि सहयोग जुटाउन सुरु गरिएको थियो | अन्ततः पत्रकार त्रिलोचन कोइरालाको संयोजकत्वमा गठित उक्त सहयोग समितिले संकलन गरेको ६ लाख २४ हजार ५ सय रुपैयाँले उनको उपचार सम्भव भएको हो |
गत शुक्रबार दुबईको मेट्रो पार्कमा “आशिष उपचार सहयोग समिति” ले एक कार्यक्रमको आयोजना गरि सहयोग संकलनका लागि भएका कार्यक्रमहरु र संकलित रकम सम्बन्धी सम्पूर्ण विवरण सार्बजनिक गर्यो | सो अवसरमा आशिषको मानब अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा सफल अप्रेसन भैसकेको र मृगौला दिने निजकी आमालाई अस्पताल बाट डिस्चार्ज गरिसकिएको जानकारी गराइयो |
समितिका संयोजक त्रिलोचन कोइरालाले यस अभियानका कारण पिडित खनालले नव जीवन प्राप्त गरेको बताए | बिगत तिन महिना देखि चलाएको सहयोग अभियानको अन्त्य गर्दै आशिष उपचार सहयोग समितिले उक्त अभियानमा सहयोग गर्ने दुइ दर्जन बढी बिभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई प्रसंसा पत्र प्रदान गर्दै अभियान समाप्त भएकाले उक्त समिति भंग भएको घोसणा गरेको छ |
सो अवसरमा समितिले पिडितको उपचारको लागि सहयोग पुर्याएकोमा पथरी युवा समाज यूएई, नेपाली प्रतिभा मंच युएई, प्रवासी अनलाइन रेडियो, गुल्मी समाज यूएई, प्रवासी नेपाली युवा संघ यूएई, तामांग समाज अबुधाबी, किराँत राई यायोख्या, नेपाली सेक्युरिटी सेवा समाज यूएई, काठमाडौँ नेपाली रेस्टुरेन्ट, डाँफे नेपाली रेस्टुरेन्ट, हिमालय नेपाली रेस्टुरेन्ट, ग्रीन लाइन ट्राभल, वोनु इन्टरनेसनल, मोहेवी, लेंण्डमार्क, रेडट्याग लगायतलाई प्रशंसा पत्रले सम्मान गरेको छ | साथै समितिलाई महत्वपुर्ण सहयोग गर्ने प्रकाश पौडेल , भेषराज ढकाल, बिकाश अधिकारी ,राजु गुरुङ लगायतलाई पनि प्रशंसा पत्र प्रदान गर्दै कृष्ण लुइँटेल, तेज मगर, अम्बिका भण्डारी, अल अहालिया काउन्टर मार्फत विभिन्न व्यक्तिहरुबाट पनि सहयोग रकम उठेको जानकारी गराइएको थियो |
0 comments