संस्मरण : जनयोद्धाको डायरी

दिपक घिमिरे
सर्वहारा वर्गमा परिवर्तनको सपना देख्दै हामी स्कूले जीवनबाटै जनयुद्धमा होमियांै समाजले गाली ¥यो बाआमा परिवार शोकमा डुबे तर, ममा गर्व लागेर आउँथ्यो. सितल भनेर परिचय दिँदा आफैले पढेको स्कूल बन्द गराउन जान्थ्यौं सानो तिनो तोरीलाहुरे भाषणमा बुर्जुवा शिक्षाको विरोध जनाउँथ्यांै सोही कारणले शैक्षिक संस्था बन्द गर्न भन्थ्यांैदिन तोकेरै यति दिनसम्मका लागि विचार मिलेर होइन डरले बन्द हुन्थे यो बन्दको एउटा उदाहरण मात्र थियो कुनै कार्यालय बाँकी थिएनन्जसलाई हामी बन्द नगरेका हौं, त्यो नि बारम्बार
लडियो, मारियो मरियो पनि सानो छँदा बगैचामा भगेरा मार्न डराउने हुनेखाने वर्ग यानेकी धनीहरुलाई सामन्ती शोसक अझ भनौं सर्वहारा वर्ग विरोधीको आरोप लगाएर कतिलाई चिरियो सायद् अहिले सम्झन सक्दिनँ स्कूल पढ्दा पत्थरको जवाफ फूलले दिनुपर्छ भनेर गुरुहरु सिकाउँथे तर, जनयुद्धमा हामीलाई पत्थरको जवाफ बारुदले दिनुपर्छ भनेर सिकाएर हाम्रा कमाण्डर कमरेडहरुले हामी पनि त्यही सिद्धान्तमै प्रेरित भयांै कम्युनिष्ट कोनजानेका मलगायतका हामीहरु बामपन्थी विचारका कमरेड भयांै अनि अरु सबै दक्षिणपन्थीहरु तर, हामीलाई बामपन्थी दक्षिणपन्थी के कस्ता हुन्छन्, थाहा थिएन गाउँका पुरेत बालाई रानी खोला बगरमा लगेर गाईको मासु खुवायांै विचरा पुरेतको धोती च्यातेर हाफ पाइन्ट दियांै जनै फाल्न लगायांै यो नि हाम्रो पार्टीको निर्देशनमा भयो मेरो परिवारलगायत मेरा छिमेकमा रहने गरीब परिवारलाई साँझ बिहानको छाक टार्न चामल दाल उधारो दिएर मुखमा गास पु¥याउने भएको बेला पँैसा माग्ने सहयोगी गल्लाबाले शर्माजीलाई पार्टी सञ्चालनका लागि भन्दै ठूलो रासीको चन्दा माग ¥यौ जो दिन नसक्ने भए पछि उनी व्यापार नै छोडेर सहर पसे परिवार विचरा यस्ता हुने खाने वर्गको हामी जनयुद्धमा वर्ग संघर्षको नामले कति लुट्यांै कति दिनेले दिन्थे नदिनेलाई वर्ग दुस्कर्मको बिल्ला लगाइदिएर अपहरण त्यसपछि रुखमा बाँधेर दश मिटर परबाट निसाना लगाउने खेल गोली बन्दुकको कमी थिएन तड्पाएर मार्नुमा मजा नै बेग्लै
आज जाजरकोटमा आक्रमण गथ्र्यांै भने रातारात गोरुको मासु टोक्दै पर्सिपल्ट अर्घाखाँची पुग्थ्यांै त्यता पनि माथ्र्याैं हामीलाई सेना प्रहरी हुनेखाने वर्ग मार्नु भनेको गुइय खोलामा भ्यागुता मार्नु जस्तै लाग्दथ्यो सानामा गुइय खोलामा भ्यागुता मारेर बगरमा लम्पसार सुताएर मैले यति मारँे भनेर देखाउँदा ठूलो युद्धमा दुस्मन मारे जस्तै बहादुरी हुन्थ्यो ठूलो काम गरे जस्तो हुन्थ्यो अहिले सेना प्रहरी मार्दा पनि यस्तै खुशीयाली छाउँछमनमा हिजोको लडाईको खबर आज विविसीमा सुन्छांै, खुशीले गद्गद् हुन्छांै मरेका साथीभाइ सहिदको नाम दिन्छांै, अनि दरो हातले अभिवादन गरेर अर्को ठाउँमा जम्मा हुन्छांै डिभिजन कमाण्डर कताबाट आइपुग्थे सबैलाई दरिलो हातले अभिवादन गर्थे अनि विजयको स्याबासी दिन्थे भएका सहिदहरुप्रति समवेदना प्रकट गर्थे हामी भने प्रथम विश्वयुद्धमा भिक्टोरियाक्रस पाएका गोर्खालीले छाती गर्वले फुलाएसरी फुलाउँथ्यांै सामान्य कार्यक्रममै हाम्रो पदोन्ती गरी दिन्थे ती डिभिजन कमाण्डरले फटाफट पदको कुनै कमी थिएन पार्टीभित्र कमाण्डर कमरेडले घरबाट लिएर दिने चिज पनि होइन त्यो जनमिलिसियाबाट प्रवेश गरेको मलाई यतिबेलासम्म आइपुग्दा सेक्सन कमाण्डर बनाइदिए यति खुसी भए त्यो पद पाउँदा कि पाँच छोरीको बाआमालाई छैठांै सन्तान छोरा पाउँदा कति खुसी लाग्दछ होला हो त्यति नै
स्कूल पढ्दा अनुशासित विद्यार्थीमा गनिएको थिएँ सरहरुको नजरमा कुनै गलत विद्यार्थीलाई सही बाटोमा ल्याउनका लागि उसलाई मेरो उदाहरण दिन्थे सरहरुले तर, जनयुद्धमा लागेदेखि मेरो नामले नै जिल्ला डराउँथ्यो .सितल भन्ने बित्तिकै सबै नुन खाएका भाले जस्ता हुन्थे उग्र थिए, तर मलाई उग्र बामपन्थी मन पर्दैनथ्यो कारण शोषक सामन्तीका लागि उग्र थिए तर, सर्वहारावर्गका लागि एकदमै नम्र जनयुद्धमा लागेदेखि दार्शनिक अध्ययनमा लागेको थिए समय मिलेसम्म सर्वहारावर्गका नेताहरुको भनाइबाट प्रेरित थिए पुरानो भत्काऊ अनि मात्र नयाँ बन्छभन्ने माओको भनाइलाई मलगायत पार्टीले नै आत्मसात गरेकै कारण जनयुद्धमा उग्र रुपले पेश हुन्थे अनुशासित गरिबीको रेखामा बाँधिएको ममा आएको परिवर्तन देखेर आफै अचम्ममा पर्थेँ तरकारी दूध बजारमा बेच्दा ग्राहकसँग पैसा माग्न नसक्ने कसरी पार्टीका लागि भनेर ठूलो रकमको चन्दा माग्दथँे साहु महाजनसँग कक्षा कोठामा सरले हाजिरी लिँदा उठेर उपस्थिति जनाउन लजाउने कसरी ¥यांै, जनताका सामु भाषण दिने भएँ आफैलाई परिवर्तन भएको पाएको छु सायद मभित्र प्रचण्डपथको नसा हावी थियो जानेरै कमरेड शितल भएको थिएँ या लहलहैमा लागेर कमरेड सितल भएको थियो त्यो मलाई थाहा थिएन तर, मभित्र जनयुद्धको उग्र सिपाहीको नसा चै रगत रगतमा पसिसकेको थियो या मर्छु या वर्ग दुश्मनलाई मार्छु भन्ने नसामा एकत्रित थिए
एवं रितले सक्रिय थिएँ जोसिलो थिए डर मनमा थिएन जनताका छोराछोरी हां हामीहरु त्यसैले जनताकै लागि गर्नुछ मर्नुछ हाम्रा जनता भनेका अल्पसंख्यक हुने खाने वर्ग होइनन् बहुसंख्यक गरीखाने सर्वहारा वर्ग नै हाम्रा जनता हुन्, ती हुने खाने वर्ग भनेका हाम्रा वर्ग दुश्मन हुन् त्यसैले यी हुनेखाने वर्गबाट खोसेर हामी सर्वहारामा बाँड्नुपर्छयसै भनेर जोसिलो भाषण गर्दै थिए केन्द्रीय कमिटीका कमरेडले यता हतियारसहित लामवद्ध भएर पार्टी प्रशिक्षणमा भाग लिएको मलाई गाउँघरकै जिम्दारको डाहा लागिरहेको थियो प्रशिक्षणमा भाषण सुनिरहँदा यस्तो लागिरहेको थियो कि जुरुक्क उठेर गएर हातमा भएको हतियारको एक राउण्ड गोली जिम्दार बाको कन्चटमा दिइहालूँ 


0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates