राजा नभएको देशमा राजावादी भन्नु हास्यास्पद : विप्लप
नेकपा–माओवादीका सचिव
नेत्रविक्रम चन्दले राजा नभएको मुलुकमा राजावादी भनेर बहस चलाउनु हास्यास्पद भएको
बताएका छन्।
बिहिबार निर्वाचनको बिरोधमा नेकपा–माओवादीले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै चन्दले राजा नभएको देशमा राजावादी कोही नभएको बताएका हुन् । केही दिन अघि राष्ट्रियताको सवालमा जो कोही सँग सहकार्य गर्न सकिने बताएका चन्दले आज निर्वाचनको विरोधमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने ‘राजा फिर्ता ल्याउने कसैको हैसियत छैन, जसलाई राजा फर्किने डर छ उसैले राजावादीको हल्ला चलाएको हो । हामी त्यस्तो बहसमा छैनौं ।’
चन्दले केही दिन अघि राष्ट्रवादीसँगको एकता हुने भन्दै पूर्व राजाज्ञानेन्द्रसँग सहकार्य हुनसक्ने बताएको भन्दै चर्को आलोचना भइरहेका बेला चन्दले आज यस्तो बताएका हुन् । चन्दले राष्ट्रवादी नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी र मधेसवादी जो कोहीभित्र पनि हुनसक्ने भएकाले त्यस्ता मानिससँगमात्र सहकार्य गर्ने बताएका हुन् ।
चन्दले राष्ट्रवादी भन्ने बित्तिकै राजामात्र नभएको समेत बताएका छन् । उनले राष्ट्रवादी शक्ति जो सुकै भए पनि छलफल हुन सक्ने बताएका छन् ।
चन्दले चुनावका नाममा चार दलले नाटक मञ्चन मात्र गरेर नौटङ्की देखाएको आरोप समेत लगाएका छन् ।

0 comments