नेकपा-माओवादीको श्रद्धाञ्जली बक्तव्य


श्रद्धाञ्जली वक्तव्य
यही श्रावण ९ गते २०७० मा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य तथा नेता कमरेड नरबहादुर कर्माचार्यको अप्रत्याशित रुपमा निधन भयो । वहाँले नेपाली कम्युनिस्ट आन्दोलन तथा जनवादी आन्दोलनको इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको थियो । वहाँको यस निधनबाट नेपाली क्रान्तिलाई ठूलो क्षति पुग्न गएको छ । हामी यस दुःखद घडीमा वहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै, हामी वहाँको शोक सन्तप्त परिवारजन एवम् शुभचिन्तकहरुप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।
१० श्रावण, २०७०
... ... ... ... ...
रामबहादुर थापा ‘बादल’
महासचिव
केन्द्रीय समिति, नेकपा–माओवादी

, ,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates