कथित निर्वाचन बहिष्कार किन ?


 नेकपा-माओवादीले संविधानसभाको दोस्रो कथित निर्वाचनको बहिष्कार गर्दैछ । यो बहिष्कार आखिर किन ?

1 विघटित संविधानसभा भित्रैका र आन्दोलनमा संलग्न राजनीतिक दलहरुलाई अवज्ञा गरी कतिपय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको गुरुयोजना तथा निर्देशनमा देशलाई पराधीन तुल्याउने र सिक्किमीकरणको प्रक्रियामा लैजाने उद्देश्यमा आधारित रहेकोले,
2
दलीय व्यवस्थामा दलहरुलाई निषेध गरी देशलाई पहिले निर्दलीयता र पछि क्रमशः फासीवादतर्फ लैजान खोजिएको र पुँजीवादी दृष्टिकोणअनुरुप नै पनि शक्ति पृथकीकरणको सिद्धान्त तथा स्वतन्त्र न्यायपालिकाको मान्यतालाई ध्वस्त पारिएकोले,
3
संविधानसभा मार्फत् जनताको संविधान निर्माणका लागि जनपक्षीय तथा जनप्रतिनिधित्व गर्ने सरकार हुनुपर्नेमा त्यसको ठीक विपरीत वैदेशिक शक्ति केन्द्रहरुको निर्देशन तथा तिनको दलाली गर्ने राजनैतिक शक्तिहरुको पहलमा चल्ने कठपुतली सरकारको नेतृत्वमा निर्वाचन गराउन लागिएकोले,
4
संविधानसभाको विघटनको कारकतत्व बनेका र विघटित संविधानसभामार्फत संविधान बनाउने काममा असफल साबित भइसकेका नेताहरुको सिण्डिकेटलाई राखी राजनीतिक संयन्त्र बनाइएकोले,
5
अवैधानिक तथा अलोकतान्त्रिक रुपमा अन्तरिम संविधानको संशोधन तथा उल्लंघन गरी चैत्र १ गतेको प्रतिगमनकारी आदेशमार्फत् हुन गइरहेको निर्वाचनद्वारा जनताको संविधान बन्न सक्ने कुनैपनि आधार तथा संभावना नदेखिएकोले,
6
चैत्र १ गतेको प्रतिगमनकारी आदेशको खारेजी, गोलमेचसभा मार्फत् दलीय सहमतिका आधारमा राष्ट्रिय संयुक्त सरकारको निर्माणलगायतका मागहरु राखी आन्दोलनमा संलग्न हाम्रो पार्टी लगायत विभिन्न राजनीतिक दलहरुद्वारा प्रस्तुत मागहरुको उपेक्षा गरिएकोले,
7 जनआन्दोलनका बीचबाट जनताको सहमति, इच्छा र भावनाअनुसार जनताको संविधान बनाउन आवश्यक एवम् अपरिहार्य देखिएकोले ।
संविधानसभाको दोस्रो कथित निर्वाचनको बहिष्कार अनिवार्य रुपमा आवश्यक बन्न गएको छ । यथास्थितिमा बहिष्कार आन्दोलनमा जानुको कुनै विकल्प छैन ।

 

, , ,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates