वैद माओवादीको चुनाव विरोधी अभियान सुरु
संविधानसभाको
निर्वाचनको विरोधमा उत्रिएको नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले
मतपेटिका फुटाएर चुनावको विरोध सुरु गरेका छन् ।
आफ्नो
पार्टीको मागलाई वेवस्था गर्दै सरकार र चार राजनीतिक शक्ति चुनावको तयारीमा
जुटेको प्रति आपत्ति जनाउँदै आज बादलले मत पेटिका फुटाएर विरोध जनाएका
हुन् । मोहन वैद्य नेतृत्वको माओवादीले आजबाट चुनाव विरोधी अभियानको
सुरुवात गरेको हो ।
राजधानीको
रत्नपार्क शान्तिबाटिकामा आयोजित बहिस्कार सभामा थापाले मत पेटिएका फुटाएर
अभियानको सुरुवात गरे । बादलले मतपेटिकालाई हम्बरले हानेर फुटाएका थिए ।
मतफेटिएका फुटाएपछि बादलले चार दलले निर्वाचनको बहानामा मुलुकलाई सिक्कीमिकरण गर्न लागेको आरोप लगाए ।
बादलले निर्वाचन बहिस्कार कार्यक्रमलाई सम्बोधन गर्दै भने ‘हामी बहिस्कार आन्दोलनको थालनी गर्दैछौं । यो सुगौली सन्धीदेखि यता हाम्रा अग्रजहरुले सुरुवात गरेको स्वाधिनता आन्दोलनको नयाँ सुरुवात हो ।’
0 comments