चितवनमा चुनाव बहिस्कार अभियान
चुनाव बहिस्कार आजदेखि सुरु केन्द्रिय कार्यक्रम अनुसार नेकपा माओवादी चितवनले आज देखि चुनाव बहिस्कार अभियान सुरु गरेको छ ।
यस
अभियान अन्तरगत भण्डाफोर, घरदैलो, कोण सभा तथा आम सभा र विभिन्न किसिमका
प्रचारात्मक कार्यक्रमहरु रहेको नेकपा माओबादी चितवनले जनाएको छ ।
अभियानको
उद्धघाटन गर्दै नेकपा माओवादिका केन्द्रिय सदस्य अमृता थापा मगरले
राष्ट्रका दलालहरुले निवार्चनको मिति घोषणा गरेको भन्दै निवार्चन हुनै
नसक्ने जिकिर गरे ।
विदेशीको
ईसारामा दलालहरुले निवार्चन गर्न लागेको भन्दै मंसिरमा हुने निवार्चनले
राष्ट्रिय स्वाधीनता प्रति प्रश्न चिन्ह उठेको भन्दै राष्ट्रिय स्वाधिनताका
लागि जनताहरु एक जुट भएर लाग्नु पर्ने समेत बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेता मगरले एकीकृत नेकपा माओवादी तर्फ लक्षित गर्दै
अबको निवार्चन पछि एकिकृत नेकपा माओवादी यदुबंशको तालले सकिने समेत बताए ।
नेकपा
माओवादीका जिल्ला इन्चार्ज गुणराज लोहनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा
नेकपा माओवादीका सल्लाहाकार भूमिश्वर कडेल, जिल्ला सेक्रटरी मधुर नेपाल
लगाएतले मन्तव्य व्यक्त गरेका थियो ।
0 comments