तमलोपा अध्यक्ष माओवादीमा प्रवेश

अहिलेको अवस्थामा राष्ट्रियता र गणतन्त्र नै प्रमुख भएको भन्दै तराई मधेश लोकतान्त्रिक पार्टी बर्दियाका अध्यक्ष दीपेन्द्र यादव नेकपा-माओवादीमा प्रबेश गरेका छन् ।

सरकारले घोषणा गरेको मंसिर ४ गतेको संविधानसभा चुनाव हुन नदिनका लागि माओवादीले उद्घाटन गरेको भण्डाफोर अभियानको उद्घाटन कार्यक्रममा यादव माओवादीमा प्रबेश गरेका हुन् ।
र्दियाको सदरमुकाम गुलरियामा आज गरेको भण्डाफोर अभियान उद्घाटन कार्यक्रममा युथ फोर्सका पूर्व उपाध्यक्ष तथा बर्दिया जिल्ला क्षेत्र नं ४ का अध्यक्ष हिरा पुन सहित २७ जना युथफोर्सका कार्यकर्ता पनि माओवादीमा प्रवेश गरेका छन् ।
माओवादीमा प्रवेश गरेका यादव र पुन लगायतका कार्यकर्तालाई माओवादीका केन्द्रीय सदस्य हरि ज्ञवाली ‘अखण्ड’ले अविर लगाएर स्वागत गरेका थिए । सो क्रममा उनले कुनै पनि हालतमा मंसिर ४ मा चुनाव हुन नदिने बताए ।
राजनीतिक दलको नेतृत्वमा सरकार बन्नु पर्ने, २५ बुँदे र ११ बुँदे सहमति खारेज हुनु पर्ने तथा मंसिर ४ को चुनाव सारिनु पर्ने जस्ता माग राख्दै आएको माओवादीले चुनाव विरुद्ध शान्तिपूर्ण भण्डाफोर अभियान मंसिर ४ गतेसम्म जारी राख्ने बताएको छ ।

यसैबीच नेकपा–माओवादीले मध्यपश्चिमका बाँके, सुर्खेत, दाङ लगायतका जिल्लाहरुमा पनि भण्डाफोर अभियान सुरु गरेको जनाएको छ ।

, , ,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates