नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको निधन प्रति नेपाली जनप्रगतिशील मोर्चा, युएईद्धारा जारी शोक बक्तव्य
२४ जुलाई २०१३
हार्दिक समबेदना
नेपाली कम्युनिस्ट आन्दोलनका शिखर ब्यक्तित्व तथा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य कमरेड नरबहादुर कर्मचार्यको आज बिहान ५ बजेर ६ मिनेट जाँदा ८९ बर्षको उमेरमा पित्त नलीमा क्यान्सर रोगका कारणले उपचारको क्रममा मोडेल अस्पतालमा निधन भएको छ । उहाँको निधनले नेपाली जनता र हाम्रो संगठनलाई स्तब्ध तुल्याएको छ । यस दु ःखद घडीमा सम्पूर्ण प्रबासी नेपालीहरुको तर्फबाट नेपाली जनप्रगतिशील मोर्चा, यूएई गहिरो दुःख प्रकट गर्दै स्व. नरबहादुर कर्माचार्य प्रति भाबपूर्ण श्रद्धाञ्जली एबं शोक सन्तप्त परिवारजन तथा वहाप्रति आस्था राख्ने सबै नेपालीहरुप्रति हार्दिक समबेदना प्रकट गर्दछ ।
क्रान्तिकारी अभिवादन सहित !
रमेश गिरी
अध्यक्ष
नेपालि जनप्रगतिशील मोर्चा युएई
केन्द्रिय समिति
0 comments