लालबकैया र बागमती नदीको बाढीले गौर डुवानमा
अबिरल बर्षाका कारण रौतहटको लालबकैया र बागमती नदीमा आएको बाढीले सदरमुकाम
गौर सहित डेढ दर्जन गाविस डुवानमा परेपछि स्थानिय त्रसित बनेका छन् ।
सदरमुकाम गौर नगरपालिकाको वडा नम्बर ६ टिकुलिया टोल नजिक लालबकैया नदीको बाध भत्किदा सदरमुकामका वडा नम्बर २, ४, ५, ६ र ७ का झण्डै ४ सय घर डुबानमा परेका छन् ।
यस्तै बागमती नदीमा आएको बाढीले सदरमुकाम गौरका ३, ८, ९, ११, १२ र १३ डुबानमा परेका छन् । यस्तै अरु डेढ दर्जन गाविस बाढीको चपेटामा परेका छन् ।
बर्षा नरोकीएकाले बाढीको सतह अझ बढ्दै गएपछि माईकिङ गरी स्थानियलाई सचेत रहन जिल्ला दैवीप्रकोप उद्धार समिति, जिल्ला प्रशासन र प्रहरीले आग्रह गरेको छ ।
डुबान प्रभावितलाई उद्धारका लागि तालिमप्राप्त ७५ जनाको प्रहरी टोली खटिएको छ ।

0 comments