मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमजान शुरु
मध्यपूर्वी लगायत अन्य मुलुकमा गएरातिदेखि नै व्रत सुरु भईसकेको भएपनि नेपालमा रहेका मुस्लिम समुदायमा भने विहिवारदेखि मात्रै निराहार व्रत बस्ने प्रचलन रहेको छ ।
गएराति पवित्र मस्जीदमा पुगी तरावी पढेका नेपालका मुस्लिम धर्मावलम्बीले आज बिहान सुर्य उदाउनु अघि खानेकुरा खाएर एक महिना सम्मका लागि ब्रत सुरु गरेका छन् । विहिवार विहानदेखि एक महिनासम्म उनीहरु निराहार उपवास बस्ने गर्छन् ।
यस पर्वमा दिनभर उपवास बसी रातीमात्र सेवैईको खीर,फल फूल, मिठाईलगायतका पारम्परिक परिकार खाने चलन छ । इदुलफित्र मनाएसगै रमाजान पर्व विधिवत रुपमा सकिने छ । यस पर्वमा मुस्लिम समुदायले दिनदुःखीलाई दान गरेर पूण्य आर्जन गर्ने गर्छन् । नर्वौ महिनाको रुपमा रहेको रमदानमा महिना भरि नै उनीहरु नित्य नवाज, कुरान तथा तरावी पढ्ने गर्छन् ।
0 comments