पुल भासिदा यातायात अवरुद्ध
पूर्वपश्चिम राजमार्ग अन्तरगत पथलैया–निचगढ सडकखण्डमा पर्ने दुधौरा पुल भासिएपछि सवारी आवागमन बन्द हुँदा जनजीवन कष्टकर भएको छ ।
अति ब्यस्त राजमार्गमा रहेको दुधौरा पुलको तीन वटा पिलर मध्ये एउटा पिलर करिब पाँच फिट जमिनमा भासिएपछि सवारी आवागमन बन्द हुदा सयौ यात्रु अलपत्र परेका छन् । बुधवारदेखि नै प्रहरीले डाईभर्सन गरेर यातायात सञ्चालन गर्ने प्रयास गरेपनि पानी नरोकिएसम्म सम्भव नभएको जनाएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद पोखरेलले पुल अत्यन्त जोखिम पुर्ण रहेकाले डाइभर्सन नबनेसम्म सवारी आवागमनमा रोक लगाउन र सतर्क रहन निदेर्शन दिनुभएको छ ।
अविरल बर्षाका कारण हिजो पुलको पिलर भासिएपछि पुगेका हेटौडास्थित सडक डिभिजन कार्यलयका प्रमुख चन्द्र राउतले पुलको पुनः मर्मतको सम्भावना नरहेको भन्दै विशेषज्ञको टोलीले निरिक्षण गरेपछि मात्रै ठोस निर्णय गरीने बताउनु भयो ।
सो पुलको अवधि ५० बर्षको भएपनि खोलाबाट अनियमित रुपमा ढुंगा ,बालुवा र रोडा झिक्ने गरेकाले ३० बर्ष नपुग्दै पिलर भासिएको अनुमान गरीएको छ ।

0 comments