चुनाव मंसिरमा होइन चैत्रमा हुन्छ: भोजराज
पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलले चुनाव मंसिरमा नभई चैत्रमा हुने ठोकुवा गरेका छन् ।
सरकारले
मंसिर ४ गते निर्वाचनको मिति तोके पनि आन्तरिक रुपमा राजनीतिक दलका
नेताहरुले चैत्रमा निर्वाचन गर्ने सहमति गरेको पोखरेलले दाबी गरे ।
सरकार र राजनीतिक दलका कारण आगामी मंसिर ४ गते हुने भनिएको संविधानसभा निर्वाचन असम्भव भएको उनले बताए ।
रिपोर्टर्स
क्लव नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्दै
पूर्व निर्वाचन आयुक्तले यस्तो ठोकुवा गरेका हुन् ।
पुराना पात्र, पुराना नियम र पुराना खेलाडीले नयाँ नीति नियम नबनाएसम्म कुनै हालतमा मंसिरमा चुनाव हुन्न उनले भने ।
'निर्वाचनको
खेलमा नयाँपन नआएसम्म चुनाव हुन्न' उनले भने, 'अहिले सम्मको राजनीतिक दलको
कार्यप्रकृति हेर्दा मंसिरमा चुनावको संभावना देखिदैन ।'
0 comments