खुर्सीदको भ्रमण निराशाजनक

परराष्ट मन्त्री माधव प्रसाद घिमिरे र भारतिय समकक्षि सलमान खुर्सिद वीच भेट्वाताई भइरहेको छ ।
परराष्ट मन्त्रालयमा जारी भेट्मा दुई समकक्षि वीच नेपाल र भारतको द्धिपक्षिय हितका विषयमा कुराकानी हुादै छ ।
नेपालको एक दिने औपचारीक भ्रमणका लागि काठमाडौ आइपुग्नु भएका भारतिय विदेशमन्त्री खुर्सिद र समकक्षि घिमिरेवीच कुनै सम्झौतामा हस्ताक्षरको संभावना भने नरहेको वताइएको छ ।
विहान ९ वजे ९ सदस्यीय प्रतिनीधिमण्डल का साथ विशेष विमानमा काठमाडौ आइपुग्नु भएका खुर्सिद आजै सााझ ६ वजे स्वदेश फर्कर्नु हुने छ ।
दुई दिने नेपाल भ्रमणको पुर्व निर्धारित कार्यतालिका एकाएक परिवर्तन भएपछि खुर्सिदको नेपाल वसाई नौ घण्टामा सिमित रहने भएको छ ।
भारतिय संलग्नतामा त्रिभुवन विमानस्थल स्थित अध्यागमन सुरक्षा चेकप्वाइन्ट स्तरोन्नती गर्ने एवं लुम्वीनी र पशुपति नगरमा भारतियकै अध्यागमन चेकपोष्ट स्थापना गर्ने नेपाल भारत गृह सचिव स्तरिय सहमति तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएपछि विदेशमन्त्री खुर्सिदको भ्रमण छोट्टीएको विश्लेषण गरिएको छ ।
खुर्सिद आज दिनभर व्यस्त रहने कार्यतालिका छ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates