सम्झौता वा विद्रोहमा एक रोज :विप्लव
नेकपा-माओवादीका
सचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरुसँग सम्झौता वा विद्रोह एक रोज्न
प्रमुख दलहरुलाई चेतावनी दिएका छन । कांग्रेस, एमाले माओवादी संविधानसभाको
चुनाव अघि नै सम्झौता गर्न तयार नभए विद्रोह हुने उनको भनाई छ ।
राजधानीमा
बिहीबार विभिन्न दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएपछि विप्लवले
भने 'यदि कांग्रेस एमालेहरुले भुल सच्याएनन् भने, माओवादीसँगको सहकार्यलाई
अर्को नयाँ उचाइमा पुर्याउन उनीहरु तयार भएनन् भने, चुनावअघि नै नेपाली
जनताले लेख्न चाहेको संविधानबारे माओवादीसँग सहमति गरेनन् भने उनीहरुले
नेपालमा एउटा विद्रोहको सामना गर्नुपर्ने छ ।’ सम्पूर्ण मानिसहरु, महिला,
जनजाति, मुस्लिम दलित सबै बिद्रोहको तयारीमा रहेको उनको दाबी छ ।
सचिव विप्लवले माओवादीलाई दमन गर्न खोजे अर्को जनयुद्ध गर्ने चेतावनी दिएका छन । ‘यदि प्रतिक्रियावादीहरुले माओवादीलाई दमन गर्ने सोचे भने, संशोधनवादीहरुले पुरानो सत्तालाई टिकाइराख्न खोजे भने, नेपालका जनतालाई दमन गर्दै अर्को हत्कण्डा मच्चाउँछौं भन्ने सोचे भने म चुनौती दिन चाहन्छु’ कि नेपाली जनता फेरि जर्याक जुरुक उठ्ने छन् । १० वर्षको जनयुद्धमा जनता जसरी उठेका थिए, त्यसरी नै उठ्ने छन् र जसले जनतालाई दमन गर्ने सपना देखेका छन्, तिनीहरुको अन्त्य हुनेछ ।’ माओवादी सचिव विप्लवले यथास्थितिमा कुनै हालतमा मंसिर ४ को चुनाव हुन नदिने चेतावनि दिएका छन ।
राजधानीमा विहीबार आयोजित कार्यक्रममा विभिन्न दलका झण्डै ५ दर्जन नेता कार्यकर्ता नेकपा-माओवादी प्रवेश गरेका छन् ।

0 comments