नेकपा-माओवादीद्वारा वार्ता टोली गठन

नेकपा-माओवादीले पार्टी अध्यक्ष मोहन बैद्यको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको गरेको छ ।
 
नेकपा माओवादीले सरकार र उच्चस्तरीय राजनीतिक संयन्त्रसँग बार्ता गर्न वार्ता टोलीको गठन गरेको हो ।

आज राजधानीमा पत्रकार सम्मेलन गरी नेकपा माओवादीले आफ्नो पार्टीको तर्फबाट वार्ताटोली घोषणा गरेको हो ।

आज गठन गरिएको पाँच सदस्यीय वार्ता टोलीमा अध्यक्ष मोहन वैद्य किरण, उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा बादल र सचिवद्वय नेत्रविक्रम चन्द र देव गुरुङ रहेका छन् ।

उच्चस्तरीय राजनीतिक संयन्त्रले गरेको अनुरोधका आधारमा बैद्य माओवादीले आज वार्ता टोली घोषणा गरेको हो ।


,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates