आन्दोलन र वार्ता सँगै लैजाने माओवादीको तयारी

cpn-maoist नेकपा–माओवादीले आन्दोलन र वार्तालाई सँगसँगै अगाडि बढाउने निति अख्तियार गरेको छ । माओवादीको शनिवार र आइतबार बसेको पोलिटब्युरो बैठकमा आफ्ना केही मागप्रति सरकार र प्रमुख दल सकारात्मक भए पनि अन्य माग पूरा गराउन वार्ता र आन्दोलनलाई सँगसँगै लैजानुपर्ने ठहर माओवादीले गरेको छ । सरकारले घोषणा गरेको निर्वाचनलाई असफल पार्नका लागि साउनको पहिलो सातादेखि प्रचारात्मक कार्यक्रम सुरु गर्ने बैठकले निर्णय गरेको छ ।
त्यस्तै गोलमेचसभा गर्नुपर्ने आफ्नो मागमा उच्चस्तरीय राजनीतिक समिति सकारात्मक भए पनि दलीय नेतृत्वमा सरकार गठन गनुपर्ने अर्को मागमा असहमति जनाएकाले त्यो मागको सुनुवाइ गर्न वार्तालाई जारी राख्ने निर्णय माओवादीले गरेको छ । गत असार १५ देखि १८ गतेसम्म पोखरामा बसेको माओवादी केन्द्रीय समितिको पूर्ण बैठकले यथास्थितिमा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको थियो ।
पोलिटब्युरो बैठकका निर्णय, आन्दोलनका कार्यक्रम, सरकार र दलसँगको वार्ता प्रक्रियालगायत विषयमा सोमबार माओवादीले पत्रकार सम्मेलन गर्ने प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates