निर्वाचन शंकाको घेरामा: महासचिब नेपाली


राष्ट्रिय जनमोर्चाका महासचिव सन्तबहादुर नेपालीले संविधानसभा निर्वाचन शंकाको घेरामा रहेको बताएका छन्। मुलुकलाई निकास दिन संविधानसभा निर्वाचनको विकल्प नभएपनि दलहरुको व्यवहारका कारण संविधानसभा निर्वाचन शंकाको घेरामा रहेको उनले बताए।

उनले संविधानसभा निर्वाचनको मिती नजिकिदै गएको अवस्थामा एमाओवादी, कांग्रेस, एमाले लगायतका दलले क्षेत्रनिर्धारण, समानुपातिक सीटसंख्या जस्ता विषयमा एकपछि अर्को गर्दै नयाँ–नयाँ मुद्दा अगाडी ल्याउने र वैद्य माओवादीलगायतका दलले निर्वाचन भाड्छौ भन्ने धम्कीका कारण निर्वाचन शंकाको घेरामा रहेको स्पष्ट पारे।

आईतबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै दलहरुको ढुलमुले व्यवहारका कारण संविधानसभाको पक्षमा रहेका जनता निरास बन्दै गएको महासचिव नेपालीले बताए। उनले ठुला दलहरुले संविधानसभा निर्वाचन भन्दा सत्तालाई प्रमुखता दिएको आरोप लगाउदै दलीय स्वार्थ र सत्तालाई त्यागेर मुलुकलाई निकास दिन इमान्दार भएर संविधानसभा निर्वाचनमा लाग्न आग्रह गरे।

, ,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates