मंसीर चारमै चुनाव गराए वार्तामा बस्नुको औचित्य के? : गुरुङ

नेकपा माओवादीका सचिव देव गुरुङले मंसीर चार गते नै चुनाव गराउने अडान राखे चार दलसँग वार्तामा बस्नुको औचित्य नहुने बताएका छन् ।

आज चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसगको कुराकानिमा उनले यथास्थितिमा नै चुनाव गराउन खोजे वार्तामा बस्नुको औचित्य नहुने वताए ।

एकातिर चुनावको तयारी गर्ने र अर्कोतिर वार्ता गर्ने चार दलको चरित्र बुझिनसक्नु भएको भन्दै उनले यथास्थितमा चुनाव गराएर देखाउन समेत चुनौति दिए ।

आफुहरु वार्तामा लचकताकासाथ प्रस्तुत भए पनि चार दलले आफ्ना मागलाई गम्भीरतापूर्वक नलिएको उनको भनाई थियो । सचिव गुरुङले चुनाव बहिष्कारको अभियान जारी राखिने पनि बताए ।

, ,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates