नेकपा-माओवादीका युवा नेता पक्राउ

नेकपा–माओवादी निकट राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रीय सचिवालय सदस्य बिजय केसी बिकल्प' पक्राउ परेका छन्।

चुरेभावर लोकतान्त्रिक पार्टीका अध्यक्ष भूमिराज निरौलामाथि कालोमोसो दल्ने प्रयास गरेको आरोपमा केसीलाई ललितपुरको धापाखेलबाट पक्राऊ गरिएको हो। केसी माओवादीले शान्ति प्रक्रियामा आएपछि निमार्ण गरेको 'लालसलाम' चलचित्रको नायक पनि हुन्।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रमेश भट्टराईका अनुसार निरौलाको घरमा जबरजस्ती प्रवेश गरी कालोमोसो दल्ने प्रयास गरेको आरोपमा केसीलाई समातिएको हो। उनलाई सार्वजानिक अपराध ऐनमा मुद्दा दायर गरिएको छ। केसीलाई जावालाखेलस्थित प्रहरी चौकीमा राखिएको छ।

, ,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates