निर्वाचनको विषयमा थाती राखेर सहमति हुँदैनः विप्लब


नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले आगामी निर्वाचनको विषयमा थाती राखेर अन्य विषयमा सहमति हुनै नसक्ने बताउनु भएको छ ।
शनिवार रेडियो मिर्मिरेको नियमित कार्यक्रम ‘जसको विचार उसको बोली’ मा कुरा गर्दै नेता चन्दले वार्ताको थालनीमा जिम्मेवार नेताहरुले नै विभिन्न टिकाटिप्पणी गर्नु गैरजिम्मेवारी भएको बताउनुभयो । उहाँले प्रमुख चार राजनीतिक दलका नेताहरु समस्या समाधानप्रति सकारात्मक नदेखिएको पनि आरोप लगाउनुभयो ।
जनताको आधारभूत एजेण्डाहरुमा सहमति भएमा आफूहरु निर्वाचनमा भाग लिने चन्दले बताउनुभयो । चुनावको विषयलाई रोकेर छलफल चलाउँदै जाने कुरामा आफूहरु सकारात्मक नै रहेको उहाले बताउनुभयो । दलहरुबीच सहमतिको विकल्प नभएको उल्लेख गर्दै उहाँले दलहरुबीच सहमति हुनेमा आफूहरु आशावादी रहेको बताउनुभयो ।
विगतमा भएका सहमति र समझदारीका सवाललाई उल्ट्याउन दलालहरु मात्रै निर्वाचनमा जान आतुर देखिएको नेता चन्दको आरोप थियो ।

, ,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates