देउवा र कोइरालापछि पौडेल पनि भारत हान्निए

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल आइतवार भारत गएका छन् । नेपाली कांग्रेसका सभापति सुशील कोइराला भारत भ्रमणबाट फर्किएको दुई दिनपछि नै पौडेल भारत गएका हुन् ।

  पौडेल विहान १० बजे एयर इण्डियाको उडानबाट भारत प्रस्थान गरेका हुन् । कोइरालाअघि नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालाई पनि भारतले औपचारिक रुपमा नै भारत निम्त्याएको थियो । पौडेल उपचारका लागि भारत जान लागेको बताइए पनि  भारतमा रहँदा महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने बताइएको छ ।

नेपालमा आगामी मंसिर ४ का लागि तय गरिएको संविधानसभाको निर्वाचन हुने नहुने अन्यौल भइरहँदा नेपालका प्रमुख दलका नेताहरु एकपछि अर्को गरी दिल्ली दौडाहामा रहेका छन्

,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates