चुनाव बहिष्कारको घोषणा–समय सापेक्ष कदम
- हस्तबहादुर के.सी.
भर्खरै सम्पन्न भएको नेकपा–माओवादीको केन्द्रीय समितिको बैठकले दलालहरूलाई गम्भीर धक्का पु¥याएको छ । यही असार १५ देखि १९ मा पोखरामा सम्पन्न नेकपा–माओवादीले कथित दोस्रो संविधानसभाका लागि भन्दै घोषणा गरिएको संविधानसभा निर्वाचनलाई सामान्य बहिष्कार मात्र होइन ध्वस्तै पार्ने संस्थागत निर्णय ग¥यो । यस बहिष्कारको निर्णयले विश्व साम्राज्यवाद र विस्तारवादीहरू तथा तिनका नेपाली दलालहरूलाई एकपटक नराम्ररी झुक्काइदियो र माओवादीका विरूद्ध एकजुट भएर स्यालको हुइँयामा हुइँया थप्दै कुर्लन बाध्य तुल्याइदियो । नेपाली दलालहरू माओवादीको चुनाव बहिष्कारको कार्यक्रमले अत्तालिएर नेपालका सुरक्षा क्षेत्रका प्रमुखहरूलाई बोलाएर आपतकालिन बैठक बस्न बाध्य भएका छन् । साम्राज्यवादी–विस्तारवादीहरूले माओवादीलाई पेलेरै भएपनि मंसिर ४ गते संविधानसभा निर्वाचन सम्पन्न गर्न सकिन्छ भन्न दलालहरूलाई निर्देशन दिए । उनीहरू अहिले बाहिर विभिन्न सञ्चारमाध्यमहरूमा छ्यापछ्याप्ती माओवादीका विरूद्ध कुर्लिरहेका छन् भने भित्र–भित्रै भने आतंकित बन्न पुगेका छन् । किनभने माओवादीलाई दबाएरै चुनाव सम्पन्न गर्न खोज्नु भन्नु उनीहरूका लागि मुर्खता पूृर्ण हुनेछ । उनीहरु अहिलेको हुन लागेको निर्वाचनमा जनतामाझ जान लायकका छैनन् त्यसैले अब उनीहरूलाई जनताले गाउँ–गाउँबाट लखट्नेछन् । हामीलाई थाहा छ– दसवर्षे जनयुद्धका अवधिमा यिनै दलालहरूले माओवादीलाई दबाएरै सिध्याउने योजनाका साथ विविध प्रकारका प्रहरी अपरेसनहरू सञ्चालन गरेका थिए । विभिन्न कोणबाट भिजिलान्तेहरू प्रयोग गरेर जनताको नरसंहार गरेका थिए । देशब्यापी रूपमा सेना परिचालन गरेर जनतामा आतंक मच्चाएका थिए । गाउँहरू पुरै ध्वस्त बनाएका थिए । १३ हजार नागरिकको हत्या गर्न लगाइयो भने हजारौंलाई बेपत्ता र घाइते बनाइयो त्यसैले पनि अब जनताले यिनीहरूलाई गाउँ जान नदिने पक्का भएको छ ।
दलालहरूलाई सजिलो छैन माओवादीलाई दबाउन र पेल्न । माओवादीलाई दबाउने र पेल्ने भनेको त नेपाली जनतालाई पेल्ने र दबाउने जस्तै हो । सायद काँग्रेस र एमालेहरूले त दस वर्षे जनयुद्धको बेला माओवादीहरूलाई पेलेको, नेपाली जनतालाई पेलेको बिर्सेको छैनन् होला । अहिले एमाओवादी पनि उनिहरूकै कित्तामा सामेल हुन पुगेको छ । अहिले एमाओवादी भनेको त नवसंशोधनवादी शक्ति हो । ऊ नेपाली क्रान्तिलाई धोको दिएको एक शक्ति हो । नेपाली क्रान्तिको झण्डालाई बीच बाटोमै फ्याँकेर साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूका सामु प्रसार परेर आत्मसर्मपण गरी सकेको पार्टी हो । राजनीतिमा आत्मसमर्पण गर्नु भनेको ज्यूँदो लाससरह भएर बाँच्नु हो । ज्यूँदा लासहरूका अगाडि नेपाली जनता उभिन सक्तैनन् । नेपाली जनता आत्मसमर्पणवादी र ज्यूँदो लासको पछि लाग्ने भएको भए डा. केशरजंग रायमाझी र एमालेकै पछि लाग्ने थिए । २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा नेपाली जनताले एमालेलाई दुईतिहाई मत दिएर जिताउने थिए । त्यस्तै नेपाली काँग्रेसलाई दुइतिहाई मत दिएर जिताउने थिए । एमाले र काँग्रेसको त्यस निर्वाचनमा के हविगत हुन् गएको थियो भन्ने कुराको इतिहास त्यति पुरानो र बिर्सन लायक बनिसकेको छैन । बरू त्यतिखेर १० वर्षसम्म जनयुद्ध लडेर आएको माओवादीलाई ठूलो दलका रूपमा, नेपाली जनताले संविधानसभाबाट बनाएको इतिहास पनि त्यति पुरानो भइसकेको छैन । चुनाव घोषणा गरेर सबै थोक भईहाल्ने भएको भए २०६२ सालमा तत्कालिन निरंकुश राजा ज्ञानेन्द्रले घोषणा गरेको नगरपालिकाको चुनावमा नेपाली जनताले सबै भोट उसलाई खन्याइदिने थिए । त्यसबेला ज्ञानेन्द्रले कुन हविगत भोगेका हुन् । अहिलेका दलालहरूलाई सम्झना छ कि छैन कुन्नी ?
अतः कथित दोस्रो संविधानसभा निर्वाचनको बहिष्कार त नेपाली जनताले गर्ने हुन् । यो काम त नेपाली जनताको हो । नेकपा–माओवादीले नेपाली जनताको नेतृत्व मात्र गर्ने हो । नेपाली जनताको भावना बमोजिम मात्र चुनाव बहिष्कारको घोषणा गरेको हो । पोखरामा पार्टीको दोस्रो पूर्ण बैठक बस्यो । त्यस बैठकमा वर्तमान राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा ब्यापक छलफल भयो । नेपाली क्रान्तिका लागि वस्तुगत र आत्मगत परिस्थितिका बारेमा ब्यापक छलफल भयो । बहस भयो र दलालहरूले घोषणा गरेको संविधानसभाको कुनै औचित्य नभएको एकमतका साथ ठहर ग¥यो र यो निर्वाचन देश र जनताको पक्षमा नभएकाले यस निर्वाचनलाई नेपाली जनताको भावना र चाहना विपरित गराउन खोजेमा भौतिक रूपले नै ध्वस्त पार्ने निर्णय पनि एकमतले गरेको छ ।
खिलराज सरकारले मंसिर ४ गतेको गर्ने भनिएको कथित निर्वाचनको दिनलाई टार्जेट गरेर पार्टीले सम्पूर्ण पार्टी शक्तिलाई संकेन्द्रीत गरेर अगाडि बढ्ने र एकातिर संघर्षका कार्यक्रमलाई घनिभूत रूपले अगाडि बढाउने र अर्कोतिर दलालहरूसित वार्ता र सम्वादको ढोकालाई पनि खुला राख्ने निर्णय गरेको छ र ३३ दलिय सहकार्यको यात्रालाई पनि बढि मजवुत बनाउँदै लैजाने तथा देशभक्त तथा जनवादी शक्तिहरू राष्ट्रियता र राष्ट्रिय स्वाधीनताका पक्षधर शक्तिहरू र आम प्रगतिशील तथा जनगणतन्त्रका पक्षधर शक्तिहरूसित संयुक्त मोर्चा बनाएर अगाडि बढ्ने नीतिलाई पनि पार्टीले अगाडि सारेको छ ।
जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा पार्टीले सातौं महाधिवेशनबाट पारित गरिसकेको छ र नेपाली क्रान्तिको वर्तमान कार्यदिशा जनयुद्धको जगमा जनविद्रोह नै हो । चुनाव बहिष्कारलाई केन्द्रविन्दु बनेर सम्पूर्ण पार्टी शक्ति र जनताको शक्तिलाई संकेन्द्रीत गर्नेतिर चुनाव बहिष्कारद्वारा साम्राज्यवादी तथा विस्तारवादीहरूका नेपाली दलालहरूलाई गम्भीर प्रकारको धक्का दिने निर्णय पार्टीले लिएको छ र जुन धक्काले झस्किएको प्रतिक्रियावादी राज्यसत्तालाई जनविद्रोह मार्फत् नेपाली क्रान्ति सम्पन्न गर्नका लागि चुनाव बहिष्कारलाई एउटा प्रमुख साधनका रूपमा प्रयोग गर्ने पार्टीको नीति रहेको छ । चुनाव बहिष्कारलाई नेपाली क्रान्तिकै एक भरपर्दो अंग र साधनको रूपमा लिएको छ र नेपाली क्रान्तिलाई सम्पन्न गर्ने यात्रामा दिर्घकालिन युद्धमा जानुपर्ने स्थिति पनि आउन सक्ने भएकाले त्यहाँसम्म पुग्ने पार्टीको रणनीतिक योजनालाई यस बैठक सचेततापूर्वक अगाडि बढाउने निर्णय गरेको छ ।
बैठकले देशी–बिदेशी प्रतिक्रियावादी शक्तिभित्र पनि गम्भीर प्रकारको संकट पैदा भएर संसदवादी दलहरूले आफैंले सत्ता चलाउन र चुनाव गराउन नसक्ने अवस्थामा पुगेपछि कर्मचारीतन्त्रीय निर्दलीय खिलराजलाई सरकार सुम्पन बाध्य भएका छन् । यसले पनि मुलुकमा क्रान्तिकारी संकट पैदा भएको प्रमाणित गरिदिएको छ र नेपाली क्रान्तिको मैदान खाली हुन् पुगेको छ । मुलुकको विद्यमान अवस्थामा जनविद्रोहमार्फत् नेपाली क्रान्ति सम्पन्न गर्ने नेपाली सर्वहारावर्गको मुख्य कार्यभार रहेको ठहर पनि पार्टीले गरेको छ र नेकपा–माओवादी नेपाली सर्वहारावर्गको उच्चस्तरको संगठित राजनीतिक अगुवा दस्ता भएका नाताले यो ऐतिहासिक जिम्मेवारी पुरा गर्ने सामथ्र्य राख्ने क्रान्तिकारी शक्ति रहेको ठहर पनि यस बैठकले गरेको छ ।
माओवादी पार्टीले अगाडि सार्दै आएको गोलमेचसभा, राष्ट्रिय सहमतिको दलिय सरकार लगायत दलालहरूले कायम गर्दै राष्ट्रघाती–जनघाती तथा असंवैधानिक कदमहरूलाई सच्याउन अस्विकार गर्दै पेलेरै चुनाव सम्पन्न गर्ने अडानमा दलालहरू अगाडि स्वतः आतंक सृजना गर्न पुगे भने द्वन्द्वमात्र चर्कने छैन कि मुलुक गम्भीर प्रकारको गृहयुद्धमा फस्न सक्ने सम्भावनाहरूलाई बैठकले वस्तुवादी ढंगले विश्लेषण गरेको छ र मुलुकको राष्ट्रिय स्वाधीनता, जनताको गाँस, वास र कपाससँग जोडिएको मुद्दाहरूको हल गर्ने एउटा प्रमुख साधनका रूपमा गृहयुद्ध पनि रहेकाले देशी–बिदेशी प्रतिक्रियावादीहरूले निम्ताउने घातक गृहयुद्धको सामना गर्ने शक्ति समेत निर्माण गर्ने र रणनीतिक दृष्टिले अहिले देखि नै तयारीका साथ अगाडि बढ्ने योजना पनि पार्टीको रहेको छ । दलालका निम्ति यो नै सबैभन्दा चुनौतिको विषय हो । दलालहरू जनदमनका साथ अगाडि बढ्न सक्छन् यसो गरे भने पनि कुनै नौलो हुने छैन ? तर, जनदमनमा उत्रिनु भन्दा पूर्व उनीहरूले चिनिया क्रान्ति, भियतनामी क्रान्ति, अक्टुवर समाजवादी क्रान्तिको जनताको वीरतापूर्ण इतिहासलाई पनि एकपटक हेर्नुपर्ने हुन्छ । नेपालकै राणा पञ्चे र ज्ञानेन्द्रको निरंकुश तथा फाँसिवादी सत्ताहरू कसरी ढलेका थिए । विश्वका यस्तै–यस्तै ऐतिहासिक राजनीतिक घट्नाक्रमलाई पनि दलालहरूले फर्केर हेर्न जरुरी छ ।

0 comments