नेपाली जनप्रगतिशील मोर्चा, मध्यपुर्व समन्वय समिति को प्रेस विज्ञप्ती

नेपाली जनप्रगतिशील मोर्चा मध्यपुर्व समन्वय समिति

मिति:०७ अगस्त २०१३
प्रेस विज्ञप्ती
विश्व मानचित्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल स्वतन्त्र देश  नेपाल संसारभर विभिन्न किसिमले चर्चित हुदै आएको छ ्र विश्व कै सर्वोच्च शिखर सगरमाथा, शान्ति नायक गौतम बुद्धको जन्मस्थल लगायत विभिन्न उपमाहरुबाट विभुषित हुदै आइरहेको छ । अपार प्राकृतिक तथा सांस्कृतिक स्रोत तथा
सम्पदाहरुको धनी देश भएर पनि २४० बर्ष सम्म चलेको जहानिया सामन्ती राजतन्त्रका कारण पिछडिएको त छदै थियो अझ पञ्चायत, बहुदल र लोकतन्त्रका विभिन्न आवरणमा देशको दुरावस्था झन् झन् बढ्दै गइराखेको छ । विज्ञान तथा प्रविधिको विकासका कारण विश्व साँघुरिदै जानुका साथै प्रगतिको धेरै खुड्किलाहरु पार गरिसकेको वर्तमान अवस्थामा हाम्रो देश नेपाल र हामी नेपालीहरु भने सामन्ती तथा दलाल राज्यसत्ताको उपज दास युग पनि विर्साउने गरि विदेशी श्रम बजारमा एकदम न्युन मुल्यमा आफ्नो श्रम बेच्न विवश छौ । त्यही माथि हामीले विदेश जानको लागि पासपोर्ट बनाउदादेखिको झेल्नुपर्ने ठगी, दलाली, दुःख तथा पीडाका चोटहरु त अनगिन्ती नै छन भने बैदेशिक रोजगारीका सिलसिलामा समस्याका अनगिन्ती भारीहरु बोकेर जादाँ पनि सम्बन्धित देशको दुतावास, वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय लगायत देशको बागडोर समातेर बसेको सरकाररुपी बुख्याँचाहरु समेत श्रमिकका समस्याहरुलाई नजरअन्दाज गरिरहेका छन् । बैदेशिक रोजगारबाट देशमा भित्रिने रेमिट्यान्सको बखान गरेर नथाक्ने सरकारी कर्मचारीहरु पनि वैदेशिक रोजगार अझ मध्यपुर्वमा श्रम बेच्न जाने नेपालीहरुलाई सौतेनी व्यवहार गर्न उद्यत देखिरहेका छन् ।
त्यसैले वैदेशिक रोजगारीमा भएको तमाम ठगी, दलाली र मानवतस्करीहरुलाई पुर्णत रोकेर, सुरक्षित र सम्मानजन रुपमा वैदेशिक रोजगारीलाई विकास गर्नको लागि सम्बन्धित निकाय देखि सम्पुर्ण क्षेत्रलाई झकझाउनको लागि तथा मजदुर हक हित र अधिकारका खातिर संघर्ष र समाधानको उपायहरुको खोजी गर्ने हेतु मध्यपुर्वका देशहरुमा श्रमिक हक र अधिकारको लागि संघर्षरत संगठन नेपाली जनप्रगतिशील मोर्चाका संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत, बहराइन तथा कतारमा समितिहरुवीच समन्वय गरि साझा रुपमा मध्यपुर्वका समस्याहरुको समाधान र खबरदारीका खातिर भएको छलफलबाट सामुहिक रुपमा जानुपर्ने निष्कर्ष सहित नेपाली जनप्रगतिशील मोर्चा, मध्यपुर्व समन्वय समिति गठन भएको कुरा सम्पुर्णमा जानकारी गराउन चाहन्छौ । साथै वैदेशिक रोजगारी सिलसिलामा मध्यपुर्वमा रहेका सम्पुर्ण श्रमजिवी नेपालीहरुलाई हातेमालो गर्दै मजदुरहरुमाथि हुनेगरेका अन्याय अत्याचारका बिरुद्ध सामुहिक संघर्ष गर्ने उद्धेश्यका साथ अघि बढ्न हार्दिक अनुरोध गर्दछौ ।
क्रान्तिकारी अभिवादन सहित !

          रमेश गिरी
  अध्यक्ष
  नेपाली जनप्रगतिशील मोर्चा

  मध्यपुर्व समन्वय समिति

, ,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates