जनप्रगतिशील मोर्चा युएईको बार्षिकोत्सव तथा दोरम्बा स्मृति दिवस सम्पन्न

युएई /नेपाली जनप्रगतिशिल मोर्चा युएईले आफ्नो स्थापनाको सातौ बार्षिकोत्सव तथा दोरम्बा स्मृति दिवस कार्यक्रम दुबईको सिन्ध पंजाव रेष्टुरेटको हलमा यही १६ अगष्ट २०१३ का दिन सम्पन्न गरेको छ ।
राष्ट्रिय स्वाधिनता तथा संघियताका लागि सिक्किमिकरणको सशक्त भण्डाफोर गरौ, राष्ट्रिय संयुक्त सरकार तथा जनसंविधानको लागि संविधान सभाको  निर्वाचनको सक्रिय बहिस्कार गरौ भन्ने मुल नाराका साथ मोर्चाका प्रमुख सल्लाहकार हरि नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा तत्कालिन शम्शेरगंज सशस्त्र प्रहरी गण नेपालगंजमा भएको विद्रोहका कमाण्डर तथा तत्कालिन सशस्त्र प्रहरी नायव निरिक्षक तेज बहादुर बलायरको समेत उपस्थिती रहेको थियो ।
न्यायपुर्ण युद्धका दौरानमा सहादत प्राप्त गर्ने सम्पुर्ण ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात सुरु भएको उक्त कार्यक्रमको सभापतित्व मोर्चाका अध्यक्ष रमेश गिरीले गरेका थिए भने संचालन महासचिव गोकर्ण ओझाको रहेको थियो । शहिद परिवारका तर्फबाट मनोज काउचा, उत्तम विक, सागर भुषाल, नारायण खनाल र बालकृष्ण काफ्लेलाई प्रमुअ अतिथीबाट खादा ओढाएर सम्मान गरिएको सो कार्यक्रममा केन्द्रिय सदस्य रामशरण कडरियाले स्वागत मन्तव्य राखेका थिए ।

नयाँबर्षको अवसरमा गरिएको हाजिरीजवाफ प्रतियोगिताका विजेता तथा सहभागीहरु एवं कलाकारहरुलाई प्रमाणपत्र वितरण गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै हरि नेपालीले नेपालमा जनसंविधान विरोधीहरुले  संविधानसभाको चुनावलाई संसदिय चुनाव जस्तै पञ्चबर्षिय योजना बनाएको भन्दै संविधानसभाको चुनावको नौटंकी गरेर संविधान नै बन्न नदिने बाटोमा चार दलहरु लागेकोले औचित्यहिन निर्वाचन बहिस्कार गर्नुपर्ने आवश्यकता रहेको कुरा व्यक्त गरेका थिए । वि.सं २०६० साउन ३१ गते रामेछापको दोरम्बामा भएको नरसंहारको स्मरण गर्दै उनले जेनेभा सन्धिको उल्लंघन गर्दै  शान्ति प्रक्रियामा रहेको बेला निशस्त्र माओवादीहरुलाई तल्कालिन शाहि सेनाका जल्लादहरुले हत्या गरेको भन्दै प्रतिक्रियावादीबाट सधै सजक हुनुपर्ने कुरा व्यक्त गरेका थिए ।
कार्यक्रममा इन्द्र सेन्चुरीले कविता वाचन गरेका थिए भने सुदीप गैरेले आफ्नो गीत प्रस्तुत गरेका थिए । मोर्चाले आफ्नो बार्षिक कार्यक्रमको समिक्षा सहित सांगठनिक तथा प्रगति प्रतिवेदन मोर्चाका सचिव प्रिथी छक बुढाले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष विचारी लामिछानेबाट प्रस्तुत भएको थियो ।
सोही अवसर पारेर मोर्चाले आफ्नो विभिन्न विभागहरु समेत निर्माण गरेको छ । जस अन्तर्गत मनोज काउचाका संयोजकत्वमा सांस्कृतिक विभागको घोषणा भएको हो जसको सदस्यहरुमा कमल पोखरेल, सिता शर्मा, सिमा लामिछाने, यज्ञप्रसाद भट्टराई, कमला मल्ल, रिमा मगर, कुमार विक, सुदिप गैरे बलराम लिम्बु र दिलमाया सुनार रहेका छन । त्यसैगरि मोर्चाले आफ्नो युवा विभाग अन्र्तगत काशी  काफ्लेको अध्यक्षतामा २३ सदस्सीय राष्ट्रिय युवा जनस्वयंसेवक, युएईको समेत गठन गरेको छ जसको उपाध्यक्षमा नारायण खनाल र रामु गौडेल सचिवमा इन्द्र सेन्चुरी, सहसचिवमा ज्ञान कर्मा कोषाध्यक्षमा नारायण बोहरा र सदस्यहरुमा क्रमशः पदम पाण्डे, शर्मीला थापा, मिलन लिम्बु, सुनिता माझी, दुर्गा माझी , बसन्ती क्षेत्री, रमेश महतारा, श्रवण खत्री, विष्णु महतारा, सागर भुषाल, भुल बहादुर थापा, गोकुल पन्त, अन्जु अधिकारी, विकास श्रेष्ठ र दिल बहादुर तमाङ रहेका छन ।
र्काक्रममा शुभकामना मन्तव्य राख्दै विभिन्न क्षेत्रका प्रतिनिधि तथा अतिथिहरुले नेपाली क्रान्ति पटक पटक धोकाघडीको विचबाट गुज्रदै आएकोले अब युवाहरु सजक र चनाखो हुनुपर्नेमा जोड दिएका थिए । उक्त कार्यक्रममा अबुधावी क्षेत्रिय समितिबाट गणेश लम्साल, अल ऐन क्षेत्रिय समितिबाट तेज बहादुर बलायर, दुवई क्षेत्रिय समितिबाट विर्ख लिम्बु, महिलाबाट शर्मिला थापा, साँस्कृतिक विभागबाट मनोच काउचा, युवाबाट काशी काफ्ले , शहीद परिवारबाट उत्तम वि.क. तथा नारायण खनाल, नेत्र कुमार लामा, विश्वास विक्रम चन्द, लक्ष्मण खनाल, प्रवक्ता शिवलाल सापकोटा, उपाध्यक्षद्धय साहस न्यौपाने र समर खत्री लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रमको समापन गर्दै मोर्चाका अध्यक्ष तथा बार्षिकोत्सव कार्यक्रमका सभापति रमेश गिरीले सातौ बार्षिक उत्सवको शुभकामना दिदै नेपाली क्रान्तिको कोटा चुक्ता गर्न आवश्यक परेमा स्वदेश फिर्ताहुन तयार रहन सम्पुर्ण सदस्यलाई आग्रह गरेका थिए साथै उनले  नवगठित विभागका पदाधिकारी तथा सदस्यलाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए

, ,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates