पाँच हजार ईपीएस पीडित नेकपा–माओवादीमा प्रवेश गर्दै
नेपालमा
रोजगारीको समस्याहरुको कारण सरकारले खोलिदिएको बौधानीक बाटो ईपीएस कोटा
मार्फत कोरिया जाने सपना सजाएर डामाडोल बनेका ईपीएस पीडितहरु साकारले आफ्ना
कुरा सुन्ने कुनै छाँट काँट नदेखीएपछि आज सार्वजनिक कार्यक्रम गरि
नेकपा–माओवादीमा प्रवेश गर्दै छन् ।
कोरियाको सपनामा पिल्सिएर भएको कामदाम
छोडेर पीडामा फस्नेहरुको आफ्नै किसिमको दुःखहरु रहेको छ । ईपिएस भाषा
परिक्षा पास गरेर कोरिया जान नपाएकाहरु आफ्ना समस्या लिएर श्रममन्त्रालय,
प्रधानमन्त्रीको कार्यलय देखी बाबुराम, प्रचण्ड सम्मलाई भेट्दा पनि आफ्नो
समस्याको समाधान तर्फ नलागे पछि आज नेकपा–माओवादीमा प्रवेश गर्न लागेका
हुन् ।
आज केहीबेरमा बागबजारको श्रेष्ठ टेलरिङ
सेन्टरमा हुने कार्यक्रम मार्फत आँफुहरु नेकपा–माओवादीमा प्रवेश गर्न
लागेको ईपीएस पीडित रमेश भुजेलले नेपाल सन्देशलाई जानकारी दिए । आफ्नो
मागप्रति सरकारले वेवास्ता गरेकोमा आक्रोशित हुदै उनले भने – “जेठो छोराको जन्मने अधिकार हुँदा हुँदै त्यसको भ्रुण हत्या गरेर सरकारले कान्छो छोरा जन्माउने सड्यन्त्र गर्दै छ ।”
भुजेलको अनुसार करिव ६ हजारको हाराहारीमा
रहेका ईपीएस पीडितहरु मध्य ५ हजार पीडितहरु सामुहीक रुपमा नेकपा–माओवादीमा
प्रवेश गर्न लागेका हुन् । त्यस मध्य बागबजारको श्रेष्ठ टेलरिङ सेन्टरमा
हुने कार्यक्रम मार्फत ४ सय ईपीएस पीडित नेकपा–माओवादी पार्टीमा प्रवेश
गर्ने छन् ।
0 comments