तेत्तीस दलीय मोर्चाले वार्ता र आन्दोलन सँगसँगै लैजाने
आन्दोलनरत तेत्तीस दलीय मोर्चाको बैठकले वार्ता प्रक्रिया र आन्दोलनलाई सँगसँगै लैजाने निर्णय गरेको छ ।
नेकपा–माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा आज बसेको मोर्चाको
बैठकले सरकारसँग हिजो वार्तामा सरकार नकारात्मकरुपमा प्रस्तुत भएको ठहर
गर्दै आन्दोलनलाई अगाडि बढाउने निर्णय गरेको सङ्घीय लिम्बुवान राज्य
परिषद्का महासचिव खगेन्द्र माखिमाले जानकारी दिए ।
आजको बैठकमा सरकार र उच्चस्तरीय राजनीतिक समितिसँगको वार्ताको क्रममा भएको प्रगति र छलफलबारे वार्तामा सहभागीले जानकारी गराएका थिए ।
बैठकमा आएको सुझावको आधारमा केही दिनमै ३३ दलीय मोर्चाको कार्यदलको बैठक
बसी आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरिएको महासचिव माखिमाले
जानकारी दिए ।
बैठकले सरकार र उच्चस्तरीय समितिसँगको वार्तालाई निरन्तरता दिने र मोर्चाको तर्फबाट एकतर्फीरुपमा वार्ता भङ्गको घोषणा नगर्ने ठहर गरेको छ ।
बैठकले सरकार र उच्चस्तरीय समितिसँगको वार्तालाई निरन्तरता दिने र मोर्चाको तर्फबाट एकतर्फीरुपमा वार्ता भङ्गको घोषणा नगर्ने ठहर गरेको छ ।
0 comments