दीपक मनाङगे जेल चलान

राजधानीका गुण्डा नाइके दीपक मनाङगे जेल चलान भएका छन् । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा मनाङ्गेसँग २ करोड ९० लाख धरौटी माग गरेपछि उनले नबुझाएपछि जेल चलान भएका हुन ।
उनलाई  डिल्लीबजार सदरखोर चलान गरिएको छ । बिशेष अदालतका अध्यक्ष केदारप्रसाद चालिसे तथा सदस्यद्वय मनोरमण भट्टराई र भूपेन्द्रप्रसाद राईको इजलासले उनीसँग धरौटी माग गरेको हो ।
१४ करोड ७३ लाख ३१ हजार ८०६ बराबरको सम्पति अवैधरूपले आर्जन गरेको अभियोगमा उनी सहित अन्य ५ जनालाईसम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत जेठ ३ गते मुद्दा दायर गरेको थियो ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates