३३ दलीय मोर्चाद्वारा आन्दोलनका कार्यक्रम घोषणा
असोज ९ र १० गते नेपाल बन्द
काठमाडौं, १२ भदौ – नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले संविधान सभा चुनावको उम्मेदवारी दर्तालाई लक्षित गरी बन्दलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।उम्मेदवारी दर्तालाई लक्षित गरी नेकपा माओवादी नेतृत्वको मोर्चाले असोज ९ र १० गते नेपाल बन्द घोषणा गरेको छ ।असोज १० गते प्रत्यक्ष तर्फका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । मोर्चाले भदौ १३ गते राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने, भदौ दोस्रो हप्ता नागरिक समाज र बुद्धिजीवीसँग अन्तर्क्र्रिया गर्ने, कार्यक्रम तय गरिएको छ ।त्यस्तै भदौ २७ देखि असोज १ गतेसम्म क्षेत्रीय स्तरमा बन्द गर्ने कार्यक्रम मोर्चाले सार्वजनिक गरेको छ । असोज २ गते जनकपुर र बुटवल, ३ गते चितवन र ईटहरी, ४ गते विराटनगर र धनगढी तथा ७ गते काठमाडौं र पोखरामा बहिस्कार सभा गर्ने मोर्चाले जनाएको छ ।
३३ दलीय मोर्चाको आन्दोलनको कार्यक्रम :
सर्वदलीय गोलमेचसभा मार्फत राष्ट्रिय सहमति कायम गरी संविधानसभाको निर्वाचनको आयोजना गरिनुपर्दछ भनी ३३ दलीय मोर्चाको तर्फबाट १८ बुँदे प्रस्ताव लिएर नेपाल सरकार र ४ दलीय संयन्त्रसँग वार्ताको प्रक्रिया शुरु गरिएको थियो । ४ दलसँगको वार्ताको क्रममा यही भदौ ६ गते दलहरुको बीचमा गोलमेचसभाको आयोजना गर्ने सैद्धान्तिक सहमति पनि भएको थियो । परन्तु, २ दिनपनि बित्न नपाउँदै भदौ ८ गतेको वार्तामा उक्त सहमतिलाई ४ दलका नेताहरुले उल्टाएर गोलमेच सभा गर्ने निर्णयलाई अस्वीकार गरे । साथै, चारदलका नेताहरु वार्तालाई निरन्तरता दिनसम्म पनि तयार भएनन् । यसप्रकार राजनीतिक दलहरुको बीचमा राष्ट्रिय सहमति हुन नदिनु दुःखद एवं खेदजनक परिघटना हो । यसको पछाडि बाह्य शक्ति केन्द्रहरुको गम्भीर षड्यन्त्र रहेको यथार्थता स्पष्ट छ । उक्त षड्यन्त्रको अगाडि ४ दलका नेताहरुले आत्मसमर्पण गरेर फेरि पनि राष्ट्रिय आत्मसमर्पणवादी चरित्रको प्रदर्शन गरेका छन् । यस परिघटनालाई सोही दिन बसेको ३३ दलीय मोर्चाको तर्फबाट विरोध एवं खेद प्रकट गर्दै उक्त निर्णयलाई पुनर्विचार गर्न ४ दलका नेताहरुसँग पुनः आग्रह गरियो । तर त्यसबारे आजसम्म ४ दलका नेताहरुबाट कुनैपनि प्रकारको पुनर्विचार गरिएको छैन । त्यसैले फेरि पनि गम्भीरतापूर्वक पुनर्विचार गरी वार्ताको पहल गरी राष्ट्रिय सहमति कायम गर्न जोडदार आग्रह गर्दछौं । अन्यथा, यथास्थितिको निर्वाचन विरुद्ध खडा हुनुको विकल्प रहँदैन र निर्वाचन बहिष्कार आन्दोलनका निम्न कार्यक्रमहरु सञ्चालन गर्न बाध्य हुनेछौं ।
१० दलहरुको बीचमा गोलमेचसभाको निम्ति राष्ट्रपतिबाट सहजकर्ताको भूमिकाको अपेक्षा सहित यही भदौ १३ गते राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र बुझाउने ।
२० यही भदौको दोस्रो हप्ता विभिन्न राजनीतिक दल, नागरिक समाज र सरोकारवाला बुद्धिजीवीहरुसँग ४ दलका नेताहरुले वार्ता भङ्ग गरेको विषयलाई लिएर काठमाडौंमा बृहत अन्तरक्रियात्मक गोष्ठी गर्ने ।
३० सबै जिल्लाहरुमा ३३ दलीय संयुक्त संयन्त्र अविलम्ब गठन गरी २४० वटा निर्वाचन क्षेत्रस्तरमा अभियान टोलीहरु बनाई प्रचार-प्रसार, चोकसभा, कोणसभा, घरदैलो, भित्तेलेखन लगायतका अभियानात्मक कार्यक्रमहरु सञ्चालन गर्ने ।
४० भदौ २६ गतेदेखि असोज १ गतेसम्म क्षेत्रगत बन्दका कार्यक्रमहरु सञ्चालन गर्ने । जसअनुसार,
भदौ २६ गते बुधबार – उपत्यका ९काठमाडौं, ललितपुर र भक्तपुर० बन्द गर्ने ।
भदौ २७ गते बिहीबार – पूर्वी क्षेत्र ९इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ र सुनसरी० ० बन्द गर्ने ।
भदौ २८ गते शुक्रबार – सुदुर पश्चिम क्षेत्र ९अछाम, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, सुर्खेत, जाजरकोट, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, दैलेख, कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ० बन्द गर्ने ।
भदौ ३० गते आइतबार – पूर्वी तराई ९सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट० बन्द गर्ने ।
भदौ ३१ गते सोमबार – मध्य पश्चिम ९रुकुम, सल्यान, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, बाग्लुङ, म्याग्दी, गोरखा, लम्जुङ, मनाङ, मुस्ताङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, कपिलवस्तु, रुपन्देही र नवलपरासी ० बन्द गर्ने ।
असोज १ गते मंगलबार – मध्य पहाड ९सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, रसुवा, धादिङ, चितवन र मकवानपुर० बन्द गर्ने ।
५० मुख्य-मुख्य शहरहरुमा बृहत जनसभाहरु आयोजना गर्ने ।
असोज २ गते बुधबार – जनकपुर र बुटवल
असोज ३ गते बिहीबार – चितवन र इटहरी
असोज ४ गते शुक्रबार – बिरगञ्ज र धनगढी
असोज ७ गते सोमबार – काठमाडौं र पोखरा
६० असोज ९ र १० गते नेपाल बन्द गर्ने । क्षेत्रगत बन्द तथा नेपाल बन्द गर्दा बजार, कलकारखाना, शिक्षणसंस्था र यातायात सम्पूर्ण रुपले बन्द हुनेछ ।
९बजारतर्फ औषधी पसलहरु भने खुला रहनेछ । यातायात तर्फ हस्पिटलका गाडी, एम्बुलेन्स, रेडक्रसका गाडी, शव वाहन, फोहोर बोक्ने गाडी, पानी बोक्ने गाडी, प्रेस र मानव अधिकारका गाडी र कूटनैतिक नियोगका गाडीहरु भने खुला रहनेछन् ।०
७० क्षेत्रगत बन्द तथा नेपाल बन्दको अघिल्लो दिन साझ सबै शहर तथा जिल्ला सदरमुकामहरुमा बन्दको लागि आह्वान गर्दै सिट्ठी जुलुश प्रदर्शन गर्ने ।
९नोट ः- असोज ११ देखि मंसिर ४ सम्मको थप कार्यक्रम पछि जारी हुनेछ ।०
आदरणीय जनसमुदायहरु,
सर्वदलीय गोलमेचसभाद्वारा राष्ट्रिय सहमति कायम गरेर मात्र संविधानसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता भएकोले आन्दोलनका उपरोक्त कार्यक्रमहरुलाई सफल पारिदिनुहुन मजदूर, किसान, यातायात व्यवसायी, उद्यमी-व्यापारी, विद्यार्थी, शिक्षक, पत्रकार, बुद्धिजीवी लगायतका सम्पूर्ण जनसमुदायहरुमा हार्दिक आग्रह गर्दछौं ।
0 comments