नवसंशोधनवादका विरुद्ध संघर्षको प्रश्न


समीर यात्री
प्रचण्ड–बाबुरामको वर्गीय तथा राष्ट्रिय आत्मसमर्पणवादी विचलनसंँगै एमाओवादी नवसंशोधनवादमा पतन हुन पुगेको छ । उनीहरुको यो विचलन नेपाली क्रान्तिप्रतिको, राष्ट्र र जनताप्रतिको गम्भीर धोका र गद्दारी हो । यो घोर अपराधलाई छोप्न उनीहरु विभिन्न कुतर्क, भ्रम, झुठ, षड्यन्त्र र जालझेलको सहारा लिइरहेका छन् । यसले नवसंशोधनवादको आधुनिक चरित्रलाई रामै्रसँंग उजागर गरेको छ ।
नवसंशोधनवादको आधुनिक चरित्र :
नवसंशोधनवाद देश, काल र परिस्थिति अनुसार भिन्न–भिन्न रुप र रंगमा प्रस्तुत हुने गर्दछ । यो एक प्रकारको छद्म संशोधनवाद हो । संशोधनवादले झैं यसले मालेमाका आधारभूत सैद्धान्तिक प्रस्तावनामाथि सोझो हमला गर्दैन, बरु त्यसको सिर्जनात्मक प्रयोग र विकासको नाममा भ्रष्टीकरण गर्दै मालेमाको क्रान्तिकारी आत्माको गुपचुप हत्या गर्दछ । मालेमाका क्रान्तिकारी सिद्धान्तको आवरणभित्र क्रान्तिकारी सिद्धान्तकै हत्या गर्नु नवसंशोधनवादको विशेषता हो ।
हाम्रो सन्दर्भमा एमाओवादीको नवसंशोधनवाद वर्गीय तथा राष्ट्रिय आत्मसमर्पणवादको रुपमा प्रकट भएको छ । राजनीतिक रुपमा आत्मसमर्पण र गद्दारी, सांगठनिक रुपले अराजकता र स्वेच्छाचारिता, वैचारिक–साँस्कृतिक रुपले तिव्र स्खलन, मूल्य विघटन र अनैतिकताको पराकाष्ठा र आर्थिक रुपले भ्रष्ट हुनु एमाओवादीका चरित्रगत विशेषता हुन् । यस्तो चरित्रमाथि पर्दा हाल्न उसले कुनै अनैतिक कार्य गर्न बाँकी राखेको छैन । संविधान निर्माण र शान्ति प्रक्रियासँंगै टुंग्याउनुपर्ने सेना समायोजनको विषयलाई अलपत्र छाडेर क्यान्टोनमेन्टलाई डलर थाप्ने भाँडोको रुमपा परिणत गरियो । परिणामतः न संविधान बन्यो, न सेना समायोजन भयो, न त शान्ति प्रक्रिया नै सार्थक निष्कर्षमा पुग्न सक्यो । प्रमाणिकरणमा पारिएका नामहरु भजाएर कयौं कमाण्डर र नेताहरु मालामाल बने । जो क्यान्टोनमेन्टमा थिएनन्, तिनीहरुको नाममा आएको रकम सबै झ्वाम्म पारे । जो जति त्यहाँ थिए, तिनको नाममा आएको रकमबाट पनि विभिन्न बहानामा कटौती गरेर खाए । वास्तविक रुपमा लडेका सेना, जो वाइसिएलका रुपमा बाहिर निकालिएका थिए, तिनका लागि भनेर शिविरभित्रका लडाकुहरुको नाममा आएको रकम कटौती गरियो । त्यो वाइसिएलले पाएनन् । पार्टीको लागि लेवी र जनविद्रोहको कोटा भनेर विभिन्न शिविरहरुबाट करोडौं रकम कटौती गरियो । त्यसको हिसाव कतै पनि छैन ।
त्यो हिसावको माग गर्दै सबै शिविरहरुमा आन्दोलन उठ्न थालेपछि प्रचण्ड–बाबुराम मण्डलीले रातारात सरकारी सेनाद्वारा सबै शिविरहरु कब्जा गराए । त्यो आन्दोलन चर्किन थालेपछि शिविरभित्रको भ्रष्टाचार बाहिर आउने डरले प्रचण्ड–बाबुराम मण्डलीले त्यस्तो कदम चालेको हो । शिविरमा भएको भ्रष्टाचारको मुद्दा अख्तियारमा परिसकेको हुनाले त्यो भ्रष्टाचार काण्डबाट जोगिन प्रचण्डले भ्रष्ट र विवादित छवि भएका लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउन धोती फुकालेर लागेको तथ्य सबैको अगाडि जग जाहेर छ । जुन निकायले लोकमानसिंह कार्कीलाई भ्रष्टाचारी ठहर गरी सरकारी सेवाको लागि अयोग्य घोषणा गरेको थियो त्यही निकायको प्रमुखमा उनैलाई नियुक्त गर्नको निमित्त प्रचण्डले प्रदर्शन गरेको निर्लज्जता अनैतिकताको एउटा पराकाष्ठा हो । उनले त्यसको निमित्त दिल्लीलाई समेत गुहारेका थिए । प्रचण्डकै हारगुहारमा दिल्लीको दवाब काँग्रेस–एमालेमाथि समेत परेको कुरा त्यतिखेरै सार्वजनिक भएको थियो ।
आफ्नो राजनीतिक जीवनको रक्षाका लागि प्रचण्डले जे अपराध गरेका छन्, वास्तवमै त्यो अक्षम्य छ । क्रान्तिको लागि घर भत्काउन सिकाए, घर भत्काएर दश वर्षसम्म युद्ध लडेकाहरुलाई आज प्रतिक्रियावादी सत्ताको सेनासँंग आत्मसमर्पण गराएर घरन घाटको पारे । हजारौंको बलिदानसंग साटिएका हतियार सजिलैसँंग केटाकेटीको खेल जस्तै गरी बुझाइयो । आफू अपराधबाट चोखिनका लागि प्रचण्डले अपराधीलाई चोख्याए र बैदेशिक प्रतिक्रियावादको वफादार गुलामका रुपमा पतित हुन पुगे । यो एमाओवादीको नवसंशोधनवादी चरित्रको नयाँ विशेषता हुन पुगेको छ ।
भ्रमको खेती गर्नु, झुठको सहारा लिनु, धोखाधडी र गद्दारी गर्नु र छलछामको राजनीति गर्नु नवसंशोधनवादको मुख्य चरित्र हो । यसको निमित्त बैचारिक दृष्टिकोण, राजनीतिक आदर्श, मूल्य–मान्यता र आचरणले कुनै अर्थ राख्दैन । जतिखेर जे गर्दा तत्काल फाइदा लुट्न सकिन्छ, त्यही नै नवसंशोधनवादको राजनीति बन्दछ । त्यसको दीर्घकालीन असर र त्यसले आफैलाई पु¥याउने क्षतिको समेत उसलाई हेक्का हँुदैन । केही उदाहरण हेरौं ।
प्रचण्ड चीनमा गएर आफैसँंग छुट्टिएको बैद्य पक्षबारे चाइनीज पक्षसँंग चुक्ली लगाएछन् । ‘उनीहरु त सर्वहारा साँस्कृतिक क्रान्तिलाई मान्नेवाला हुन्, अहिलेको चीनलाई संशोधनवादी भन्छन्’ भनेर । चाइनीज पक्षले सुझाव दिएछ, ‘हामीलाई कसले के भन्छ, त्यसको चिन्ता गर्नुभन्दा पहिले आफ्नै देशको चिन्ता गर्नुस् ।’ त्यसरी नै प्रचण्डले भारतीय पक्षसंग बैद्य समूह चीनको नजिक रहेको र भारतीय माओवादीसंग पनि सम्बन्ध रहेको कुरा बताएका थिए । केहीदिन अगाडि एमाओवादी कार्यकर्ताहरु जनसम्बन्ध सुदृढीकरण अभियानको नाममा आफ्नो अवस्था बुझ्न गाउँ पसे । गाउँमा कार्यकर्ता नभेटिएको र भेटिएकाले पनि सहयोग गर्न नमानेपछि उनीहरुको हालत खराव भयो । त्यसपछि उनीहरु विभिन्न तरिकाले मान्छे बटुलेर साना कार्यक्रम र ठूलो प्रचार गरे । त्यसमध्ये दाङको नारायणपुरमा मान्छे जुटाउन खानेपानी योजना सम्बन्धी छलफल गर्नुछ भनेर गाउँको महतवालाई बोलाएर उनीमार्फत् गाउँलेलाई जम्मा पारेर आफ्नो कार्यक्रम गरेका थिए । त्यसैगरी दाङकै सेवार वनगाउँ र धर्नामा सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने कार्यक्रम छ भनेर गाउँलेलाई जम्मा पारी कार्यक्रम गरेका थिए ।
यस क्रममा कतिपय स्थानीय कार्यकर्ता र जनताले समेत उनीहरुलाई ¥याख–¥याख्ती पारेका थिए । एमाओवादीको विचलन र पार्टी विभाजनप्रतिको असन्तुष्टिलाई थेग्न उनीहरुले धेरै ठाउँमा झुठकै सहारा लिए, ‘बैद्यपक्षसंग पार्टी एकता हुँदैछ’ भनेर । एमाओवादी कार्यकर्ताहरुलाई नेतृत्वले कतिसम्म वेवकुफ बनाएको रहेछ भने मोहन बैद्यलाई पार्टी चलाउन आर्थिक संकट परेकाले प्रचण्डसँंग पैसा माग्न पेरिसडाँडा पुगेको र प्रचण्डले ५० लाख दिई पठाएको भन्ने कुरा एमाओवादी कार्यकर्ताबाट सुनियो । उनीहरुले यस्तै प्रचार धेरै ठाउँमा गरेका छन् । यसरी झुठको सहारामा टिक्ने सोंच र छलछामको आत्मरतीमा रम्ने एमाओवादी चरित्रलाई नेपाली नवसंशोधनवादको आधुनिक चरित्रको रुपमा बुझ्न सकिन्छ ।
एमाओवादीको पतनको श्रृंखला :
एमाओवादी आज जहाँ पुगेको छ, त्यसको पतनको लामो श्रृंखला छ । प्रचण्ड–बाबुराम मण्डलीले एमाओवादीलाई लान खोजेको त्यही नै हो, तर त्यो एउटै छलाङ्गमा सम्भव थिएन । त्यसको निमित्त दश वर्षे जनयुद्धको आधारभूमि भत्काउन जरुरी थियो, ०६२÷०६३ को जनआन्दोलनको राप र ताप सेलाउन जरुरी थियो । जनमुक्ति सेनालाई घरन घाट पारेर अलपत्र पार्न जरुरी थियो । हतियारबाट उनीहरुलाई अलग गर्न जरुरी थियो । क्रान्तिकारीहरुको दिमाग भुत्ते पारेर कथित शान्तिको नाराद्वारा क्रान्तिको सपनालाई विस्तापित गर्न जरुरी थियो । र, सारमा क्रान्तिप्रति अनास्था र वितृष्णा पैदा गरेर वा यसलाई असम्भव देखाएर यथास्थितिको भुलभुलैयामा जीवनको भविष्य खोज्ने बाध्यात्मक परिवेश सिर्जना गर्न जरुरी थियो । प्रचण्ड–बाबुराम मण्डलीले चरणबद्ध रुपले यो कोर्ष पूरा ग¥यो । र, नाङ्गो रुपले प्रकट भयो ।
चुनवाङ बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यनीति अगाडि सार्दा त्यसलाई संक्रमणकालीन चरित्रको हुने बताएको थियो । भनेको के थियो, भने संक्रमणकालीन गणतन्त्रलाई संसदीय लोकतन्त्रमा सिमित गर्ने र जनगणतन्त्रमा बदल्ने शक्तिहरुबीच रस्साकस्सी चल्नेछ । त्यसबेला क्रान्तिकारीहरुले शान्ति र संविधानको नाराभित्र जनविद्रोहको तयारी गरेर जानुपर्छ । जहाँनेर जनताको पक्षमा संविधान बनाउने कुरामा अवरोध हुन्छ, त्यहीनेरबाट जनविद्रोह हुनेछ । यसो भनेर पार्टीको कार्यनीति ठीक छ है भन्ने सबैलाई प¥यो । तर, व्यवहारमा सधै शान्ति र संविधानको निरर्थक सुगा रटाई मात्र भयो । विद्रोहको गम्भीरतापूर्वक तयारी गर्ने कुरामा ध्यान कहिल्यै गएन । जनविद्रोहको तयारीको पक्षमा पार्टीभित्र दवाव सिर्जना भएको र प्रधानमन्त्रीको कुर्सीबाट हट्नुपरेको झोंकमा प्रचण्डले विनातयारी जनविद्रोह भनेर आन्दोलनमा होमिदिए । त्यो सफल भएन । त्यसबाट पछि हटेका प्रचण्डले जनविद्रोहको कुरा बैद्य पक्षलाई सन्तुलित राख्नका लागि पालुङटार बैठकसम्म ल्याए । त्यसपछि दिमागबाटै ‘डिलिट’ गरिदिए । त्यसको केही समयपछि बाबुरामको फेरो समाएर भारतसंग विग्रीएको भनिएको ‘सम्बन्ध सुधार’ गर्दै प्रचण्डले ‘यु टर्न’ गर्न पुगे ।
त्यसको केही समयपछि भृकुटीमण्डपमा सम्पन्न सातौ विस्तारित बैठकद्वारा एमाओवादीले नयाँ जनवादी क्रान्तिको राजनीतिक कार्यभार पूरा भइसकेको निष्कर्ष निकाल्दै संसदवादी कार्यदिशा अवलम्बन ग¥यो । आर्थिक क्रान्ति र विकासको लागि सहकारी आन्दोलन चलाउने भ्रामक धारणाभित्र लुकेको साम्राज्यवादी वित्तीय पूँजीप्रतिको चरम मोहले एमाओवादीलाई पराधीन सोंचमा पु¥यायो । हेटौडा महाधिवेशनसम्म पुग्दा प्रचण्ड–बाबुराम मण्डलीले आफ्नो चरित्र अनुसार पार्टीको कार्य दिशालाई अनुकुलित ग¥यो ।
भारतले त्यसअघि नै लामो गृहकार्य गरी तयार पारेको नेपाली राजनीतिको डिजाइन अनुसार हेटौडा महाधिवेशले कथित सहमतिको सुत्र अगाडि सा¥यो । वहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा निर्दलीय सरकार गठन गर्ने भारतको डिजाइनमा त्यस अघि नै गोप्य सहमति भइसकेको थियो । त्यसको निमित्त दिल्लीले राष्ट्रपतिलाई समेत मनाइसकेको थियो । एमाओवादीले महाधिवेशनबाट घोषणा गरिदिएपछि त्यसलाई स्विकार गर्न अप्ठेरो मानिरहेका कतिपय दलका नेताहरु पनि भारतको दवावपछि मान्न बाध्य भए । यसरी भारतीय विस्तारवादको सबैभन्दा वफादार दलालको रुपमा एमाओवादी पतन हुन पुग्यो । महाधिवेशनमा प्रचण्डले आफ्नो प्रतिवेदनमा प्रस्ताव गरेका राष्ट्रघाती बुँदाले प्रचण्डको असली चेहरा उदाङ्गो पारिदिएको छ । प्रतिवेदनमा भनिएको छ, “मधेशीहरुलाई यथास्थानमा नागरिकता प्रदान गरिनेछ, तर नेपालीहरुको हकमा प्रक्रिया पुरा गर्नुपर्नेछ ।” त्यसैगरी दुई देशको सीमाबारे भनिएको छ, “नेपाल र भारतबीचको सिमाना रहने वा नरहने भन्ने कुरा जनमत संग्रहद्वारा टुंग्याइनेछ ।” प्रचण्डको यो भनाइको आशय निक्कै खतरनाक छ । नेपालीहरुका लागि प्रक्रिया पु¥याउनु पर्ने नागरिकता वितरणको  मुद्दामा प्रक्रियाविना नै जहाँ भेटिन्छन्, त्यही नागरिकता बाँड्नुपर्ने नागरिकहरु को हुन् ? नेपाली नागरिकता नेपालीहरुले मात्रै पाउनुपर्नेमा ‘नेपाली’ शब्दभन्दा बाहिरका ‘मधेसी’ भनेर कसलाई दिन खोजिएको हो ? स्पष्ट छ, यसो भन्नुको अर्थ भारतीयहरुलाई नागरिकता दिने उद्देश्य राखिएको छ ।
सिमानाको विषय अझ गम्भीर छ । नेपाल र भारत बीचको सिमाना मेटाएमा नेपालको हालत के हुन्छ ? प्रचण्डको भनाइले नेपालको सार्वभौम अस्तित्वलाई ठाडै ईन्कार गरेको छ । सीमा रहने वा नरहने भन्ने विषयमा जनमत संग्रह गर्नुको सिधा अर्थ हुन्छ, नेपाललाई भारतमा गाम्भु । किनकी दुई देश बीचको सीमानाको विषयमा कुनै एउटा देशले मात्र फैसला गर्न सक्दैन । जनमत संग्रह गर्नु नै परे पनि दुवै देशमा गर्नुपर्छ । यसो गरियो भने फैसला कसको पक्षमा जान्छ ? यी सबै तथ्यले एमाओवादी इतिहासकै सबैभन्दा खतरनाक राष्ट्रघाति गद्दार र साम्राज्यवाद, विस्तारवादको वफादार नोकरका रुपमा पतन हुन पुगेको सच्चाइलाई पुष्टि गर्दछन् । यो स्थितिमा एमाओवादीको नवसंशोधनवादी चरित्रलाई नाङ्गेझार पार्नु, देश, जनता र क्रान्तिका विरुद्धको धोखा र गद्दारीलाई उदाङ्गो पार्नु र जनतालाई नवसंशोधनवादको भ्रमवाद मुक्त गर्दै क्रान्तिकारी आन्दोलनको विकासको निमित्त सचेत र कष्टसाध्य प्रयत्नमा सतत् संघर्षको बाटो चुन्नु आज क्रान्तिकारीहरुको अहम् दायित्व बन्न गएको छ ।
sameeryatry@gmail.com

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates