नेकपा–माओवादीको गर्दन काट्न खोज्नेहरुले पहिला आफ्नो गर्दन छाम्नु पर्छ

नेकपामाओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्द ((विप्लव)ले मङ्सिर ४ मा जवरजस्ती चुनाव गर्न खोजिए मुलुकमा रगतको खोलो बग्ने चेतावनी दिएका छन् ।   उनले बलजफत ४ राजनीतिक दलले चुनाव गर्न खोजे मङ्सिर ४ मा चुनाव नभई भिडन्त हुने र रक्तपात हुने समेत चेतावनी दिए । संविधानसभाको निर्वाचन बहिस्कार कार्यक्रम अन्तरगत आज झापाको बिर्तामोडमा नेकपामाओवादीले आयोजना गरेको मार्चपास पछिको कोणसभालाई सम्बोधन गर्दै चन्दले एमाले, काँग्रेस, एमाओवादी लगायतका प्रमुख दलले देशलाई अराजकताको खाडलमा हालेको आरोप लगाए । युवा परिचालन विभागका केन्द्रीय सदस्य समेत रहेको चन्दले मुख्य ४ दलले देशलाई अनिश्चित कालको युद्धको भूमरिमा जवरजस्ति होम्न खोजिएको आरोप लगाए । चुनावको नाममा षड्यन्त्र गर्न खोजिदै छ,’ चन्दले भने – ‘जनतालाई धोका दिएर संसदीय व्यवस्था लाद्न खोजे देश र ४ दलका लागि त्यो अविसाप हुनेछ ।
एमाओवादी, काँग्रेस र एमालेले गरिब जनताको पसिनाको मूल्य चुकाउनु पर्ने भन्दै चन्दले नेकपामाओवादीको गर्दन काट्न खोज्नेहरुले आफ्नो गर्दन छाम्न म चेतावनी दिन्छु ।। अहिलेको राजनीतिमा चारदलको तानासाही प्रवृती हाबी भएको भन्दै उनले यस्तो अवस्थामा गरिएको चुनाव जनपक्षिय नहुने भएकाले त्यो चुनावको माओवादीले डटेर प्रतिकार गर्ने बताए । चन्दले माओवादीले कुनै नयाँ माग अघि नसारेको र  जनयुद्धका क्रममा गरिएका सहमति कार्यान्वयन गर्नमात्र भनिएको थियो उनले भने आफ्नो पार्टी गोलमेच सम्मेलन गरी सहमति भएमा चुनावमा भाग लिन तयार हुदा हुँदै ठुला भनिएका दलले धोका दिएका कारण चुनाव हुन नदिने अभियानमा नेकपा माओवादी जुटेको प्रष्ट्याए । नेता चन्दले शान्ति प्रक्रिया सुरु हुनु अघि काँग्रेस र एमालेले रोल्पामा गरेका सम्झौता पालना नगरेसम्म जनताले तिनीहरूको हिसाब राखिराख्ने बताए । उनले प्रचण्ड र बाबुरामले पनि जनयुद्धको भावना बिर्सिएर विदेशीको इसारामा चल्दै गएकाले पाईपाई हिसाब किताब हुने चेतावनी दिए । एमाओवादी, काँग्रेस र एमाले शान्ति भनेर भाषण गर्ने तर, अर्काे दलको कुरालाई जहिले बेवास्ता गर्ने गरेकाले मुलुकमा फेरि युद्ध हुने खतरा बढ्दै गएको बताए । उनले अझै पनि माओवादी शान्तिपूर्ण वार्ता मार्फत सहमति खोजिरहेको तर एकलौटी सत्ता चलाउने आसमा ठुला भनिएका दल वार्ता देखि भागेको बताए । माओवादी कुनै स्वार्थका लागि राजनीतिमा नलागेको बताउदै जबसम्म किसान, मजदुर, गरिब, दलित, महिला लगायतको अधिकार सुनिश्चित गर्ने वातावरण हुदैन तबसम्म सघर्ष जारी रहने बताए । कोणसभा पछि चन्दले कार्यकर्ताहरूलाई प्रशिक्षण दिएका थिए । सो कार्यक्रममा झापा इन्चार्ज डिल्ली घिमिरे (हिक्मत), केन्द्रीयहरु सदस्य समर, कुशल लिम्बु, लगायतको उपस्थिति रहेको थियो । यसअघि निर्वाचन आचारसंहिता लागु हुने बित्तिकै पार्टीले जिल्लाका सातवटै निर्वाचन क्षेत्रमा आचारसंहिता जलाएर विरोध गरेको थियो । बिर्तामोड को अतिथि सदन बाट हातमा लाठी सहितको मार्चपासमा कार्यकर्ता र विद्यार्थीको समेत गरी कम्तीमा २ हजारको उपस्थिति रहेको थियो । मार्चपासले बिर्तामोड मुक्तिचौक परिक्रमा गरेको थियो । 

,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates