दुई रंगमा प्रतिविम्वित दुई विचार
- सार्थक घिमिरे
राजधानीमा शुक्रवार केही समयको अन्तरालमा दुई रंगका टी सर्ट लगाएकाको अलगअलग जुलुस निस्कियो । एउटा सेतो र अर्काे रातो । युवाहरुको वाहुल्य रहेको जुलुश किन र केका लागि भएको होला ? राजधानीको केन्द्रभागका जनतामा प्रारम्भमा जिज्ञासा रह्यो । तर, त्यो लामो समयसम्म रहेन । किनभने जुलुसको नेतृत्व गर्नेहरु चिरपरिचित अनुहार थिए । सेतो टी सर्ट लगाएर एकातिर पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले जुलुसको नेतृत्व गरेका थिए भने रातो टी सर्ट लगाएर प्रचण्डका एक समयका ‘लगौटिया साथी’ रामबहादुर थापा ‘वादल’ले अर्कातिर गरेका थिए । अहिले यी दुई नेताहरु अलगअलग पार्टीको नेतृत्वदायी भूमिकामा छन् । दुई रंगको कपडाले दुई नेताको दुई विचारको समेत प्रतिविम्व गछ्र ।
एकीकृत पार्टी रहँदै माओवादीले छ दिने आमहडताल ग¥यो । जनता र राष्ट्रको अजेण्डालाई कार्यान्वयन गराउन तत्काल राष्ट्रको नेतृत्व गर्न आफू तयार रहेको भन्दै जनतालाई आव्हान गरेको थियो त्यो बेलामा । त्यसको विपक्षमा सेतो कपडा लगाएर संसद्वादीहरुको पहलमा जुलुस निस्कियो । अहिले एमाओवादीमा रहेका धेरै नेता तथा कार्यकर्ताहरुले सेतो रंग लगाएर जुलुस निकाल्नेहरुलाई प्रतिक्रान्तिकारी भने । तिनलाई ठाउँठाउँमा खेदे । सेतो कपडा लगाएर जुलुसमा जाँदै र फर्कदै गरेकाहरुले आन्दोलनकारीबाट बच्न कपडा फाले । कसैले लुकाएर झोलामा हाले । प्रचण्डसहितको एउटा हिस्सा यतिवेला सेतो रंगमा सजिन मन पराउँछ । त्यो पक्ष यतिवेला संसदवादी कित्ताको अग्रमोर्चामा उभिएर राता मान्छेहरुका विरुद्ध लड्न तम्सिएको छ । केही वर्षअघिसम्म राता मान्छेहरुको मुख्य नेतृत्व गर्ने नेता यतिवेला आफ्ना विचार र प्रतिबद्धताका विरुद्ध लड्नेको लाममा उभिए ।
माओवादीलाई अझै रातो रंगको मोह छ । क्रान्तिप्रति प्रतिबद्धता छ । जनयुद्धको तयारी र प्रारम्भमा प्रचण्ड र वादल पहिलो र दोश्रो वरियताका नेता थिए । प्रचण्डले पार्टीको र वादलले सेनाको जिम्मेवारी लिएका थिए । क्रान्ति पूरा गर्ने विश्वास दुवैमा थियो । प्रचण्डले केही वर्षअघि नै क्रान्ति त्यागे । सेतोतिर लागे । तर, वादलले आफ्नो विचार, प्रतिबद्धता र आदर्श कायम राखिरहेका छन् । रातोको पक्षमा छन् ।
विचार, संगठन र योजनाको पाटोमा माओवादीका अन्य शीर्ष नेताभन्दा प्रचण्ड पहिलेदेखि नै कमजोर थिए । क्रान्तिकारी विचारमा मोहन वैद्य ‘किरण’ अगाडि थिए । संगठन, संघर्ष, योजनाको पाटोमा वादल अगाडि थिए । बाबुराम भट्टराई वाहिर स्थापित नेता थिए । प्रचण्डलाई यस कुराले कुण्ठा थियो । यसैले उनले नेतृत्व केन्द्रीकरणको कुरा ल्याएका थिए । जनयुद्ध प्रारम्भ पूर्व गोरखा वैठकमा प्रचण्डले यो प्रस्ताव ल्याउँदा सबैको विरोध भएपछि प्रस्ताव फिर्ता लिए । बाबुराम भट्टराईले त्यो वैठकमा वैचारिक रुपमा किरण र संगठन र संघर्षमा वादल अघि देखियो तर प्रचण्ड कसरी प्रमुख नेता भए बुझ्न सकिएन भनेको कुरा निकै चर्चित छ । अन्तरविरोधको सिर्जना गर्न, त्यसको व्यवस्थापन गर्न प्रचण्ड सिपालु थिए, छन् । उनी जनतामा वा फिल्डमा भन्दा नेता तथा कार्यकर्ताहरुबीचमै रहन्थे । जसरी पनि परिस्थितिलाई आफ्नो अनुकूल पार्न लागि पर्थे । त्यसको विपरीत वादल जनता र कार्यकर्ताहरुका बीचमा रमाउँथे । संगठन सुदृढ गर्थे । योजना विकास गर्थे । जनयुद्धपूर्व नै रोल्पा र रुकुममा वर्गसंघर्षको उठान गरे । रुकुम र रोल्पाको हिमाल–पहाडको नाम सिस्ने र जलजलाको नाममा ‘सिज’ अभियान चलाए । ‘सिज’को सिको गर्दै देशैभरि नयाँ अभियान चल्यो । यो प्रकृतिको अभियानले जनयुद्धपूर्व र प्रारम्भपछि गुणात्मक रुप लियो । वादल पार्टी र जनतामा निकै स्थापित भए । जनयुद्धपूर्व पार्टी र वाहिर स्थापित किरण र सीपी गजुरेललाई जसरी खुट्टा तान्ने काम प्रचण्डले गरे, त्यो भन्दा बढी वादललाई गरे । सामान्य मानवीय कमजोरीलाई आधार बनाएर प्रचण्डले वादलमाथि ‘लिन प्याओ’ को गम्भीर आरोप समेत लगाए । नेतृत्व हत्याउन षडयन्त्र गरेको भने । चुनवाङ वैठकमा त्यस आरोपलाई प्रचण्डले आत्मालोचना गर्दै फिर्ता लिए ।

पश्चिम, पूर्व, उपत्यका जहाँ संकट छ, त्यहीं वादललाई खटाइन्थ्यो । वादल जहाँ पुग्थे, त्यहाँ वर्गसंघर्ष उठ्थ्यो । खासगरी वादल जनता र कार्यकर्ताहरुमा भर पर्थे । युद्धकालभरि अधिकांश समय प्रचण्ड, बाबुराम भट्टराई भारतमै बसे । वर्गसंघर्षमा उनीहरुले भौतिक र मानसिक रुपमा पनि धेरै अप्ठ्यारोको सामना गरेनन् । यसैले उनीहरुले शक्तिको श्रोत जनताभन्दा पनि वाहिरी शक्ति र पुराना दल, पुरानो राज्य संरचनालाई माने । भौतिक परिवेशले चेतनाको निर्धारण गर्नु स्वाभाविक नै हो । उनीहरु यतिवेला यति टाढा पुगे कि आफ्नै विचार र प्रतिबद्धताको मलामी बने । रातोको विरुद्ध सेतो पंक्तिमा उभिए । अर्थात् प्रतिक्रन्तिकारीको कित्तामा उभिए । तर, किरण–वादल जनता र कार्यकर्ताहरुको आधारमा टेकेर क्रान्तिको अभियानमा निरन्तर लागिरहेका छन् । शुक्रवार राजधानीका जनताले जो देखे ।
Source: Jhilko
0 comments