लोकमानसिंहको घरमा बम विस्फोट

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको पुरानो बानेश्वरस्थित निजी निवासमा शनिबार साँझ बम विस्फोट भएको छ । थोत्रे मोटरसाइकल चढेर आएका दुई व्यक्तिले पुरानो बानेश्वरहाइटमा अवस्थित कार्कीको घरको कम्पाउण्डभित्र बम फालेर भागेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
बेलुका साढे ६ बजेतिर भएको घटनामा कुनै क्षति नभएको प्रहरीले बताएको छ । तर्साउनका लागि मात्रै फालिएको बम पटका जसरी फाल्दाफाल्दै आकाशमै पड्किएको स्थानीयवासीले बनाए ।
बानेश्वर हाइटमा अख्तियार प्रमुख कार्कीको ठूलो कम्पाउण्ड सहितको घर छ । सो घरमा तीनतिर तीनवटा ठूला गेटहरु रहेका छन् । कार्कीको निवासअगाडि रहेको ठूलो चौरीलाई ४ गते मतदान स्थल तोकिएको छ ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates