हार्दिक बधाई ज्ञापन !!

मिती ८ नोभेम्बर २०१३ का दिन खुल्ला हाजिरि जवाफ प्रतियोगिता २०७० युएई को आयोजना नेपाल विश्व सहयोग संघ युएई र सामाजिक हृदय समुह नेपाल युएईले संयुक्त रुप मा आयोजना गरेका थिए। सस्थागत रुप मा पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगितामा ९ वटा सस्थाले उपस्थितीको जनाउ दिए पनि अन्तिम चरणमा फिल्डमा ४ वटा तिम मात्र सामेल भए। १ नेपाली जनप्रगतिशिल मोर्चा युएई २ गैर आबासिय नेपाली संघ युएई ३ नेपाली समाज युएई र ४ बाग्लुङ समाज युएई। २३५ वटा प्रश्न भित्र बाट आफुले छानेर प्रश्न लिन पाइने ब्यबस्था अनुसार एउटा टिमलाई जम्मा २० वटा प्रश्न शोधिने ब्यबस्था गरिएको थियो। क्रायक्रमका प्रमुख अतिथिमा गैर आबासिय नेपाली संघ मध्यपुर्ब सम्योजक चन्द्र रोकाह हुनु हुन्थियो भने सभापतित्व नेपाल विश्व सहयोग संघ मध्यपुर्ब समयोजक महा प्रशाद धिताल जी ले गर्नु भएको थियो। पत्रकार त्रिलोचन कोइराला द्वारा सन्चालित उक्त कार्यक्रमको निर्णयक मन्डलमा चन्द्र रोकाह, महा प्रशाद धिताल र मधु सुदन आचार्य रहनु भएको थियो। निर्णयक मन्डल को निर्णय अनुसार कडा प्रतिश्प्राधाको बिचबाट नतिजा घोषणा गरिएको छ। 

१ नेपाली जनप्रगतिशिल मोर्चा युएई १३ अंक लिएर प्रथम भएको छ। 
२ गैर आबासिय नेपाली संघ युएई १२ अंक लिएर दित्तीय भएको छ।
३ नेपाली समाज युएईले ९ अंक लिएर त्रितिय भएको छ। 

मोर्चको तर्फबाट सचिब प्रिथि छक बुढाको नेत्रित्वमा सहभागि टिममा मोर्चाका केन्द्रिय सदस्य उत्तम विश्वकर्मा र केन्द्रिय सदस्य चित्र थापा सहभागि हुनु भएको थियो। प्रतियोगीलाई हौसला दिनको लागि मोर्चाका केन्द्रिय कोशाध्यक्ष बिचारि लामिछाने र राष्ट्रिय युबा जनस्वयम सेबक युएई केन्द्रिय सदस्य दुर्गा माझी लगाएत अन्य साथीहरु उपस्थित रहनु भएको थियो। धेरै नै मेहनेत गरी आफ्नो छबी देखाउन सफल नेपाली जनप्रगतिशिल मोर्चाको टिमलाई हार्दिक बधाई ज्ञापन गरिन्छ। 
रमेश गिरी 
अध्यक्ष 
नेपाली जनप्रगतिशिल मोर्चा युएई

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates