अर्थ र औचित्यहीन कम्युनिष्ट एकताका कुरा


– हुकुमबहादुर सिंह
अहिले फेरि एक पटक नेपालका कम्युनिष्टहरूबीच एकताबारे चर्चा परिचर्चा भएका छन् । नेपाली जनता चाहन्छन् नेपालको उन्नती, प्रगति र विकासका लागि नेपालका सबै कम्युनिष्टहरू मिलेर अगाडि बढून् । पहिलो संविधानसभाका लागि यो सम्भावनाभित्रको कुरा थियो । तर अहिलेको संविधानसभामा नेपालका कम्युनिष्टहरू विभाजित भएका छन् । नेपालका कम्युनिष्टहरूलाई अहिले दुइ भागमा बाँड्न सकिन्छ- दोस्रो संविधानसभाको निर्वाचनमा भागलिएका र त्यसको सशक्त बहिष्कार गरेकाहरू ।
दोस्रो संविधानसभाको निर्वाचनमा भागलिएका विभिन्न कम्युनिष्ट पार्टीमध्ये एमाले र एमाओवादी मुख्य हुन भने त्यसको सशक्त बहिष्कारवालाहरूको केन्द्र नेकपा-माओवादी हो । हुनत संविधानसभाको निर्वाचनमा भागलिएका कम्युनिष्टहरूमध्ये एमाले, एमाओवादी, नेकपामाले, नेमकिपा, मसाल, संयुक्त आदिका बीचमा पनि सरकार बनाउने सवाल र संविधान लेख्ने सवालमा काफी मतभेदहरू छन् । नेपाली का“ग्रेसका शुसील कोइरालालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने नौ दलमा पाँच प्रमुख दलत आफूलाई कम्युनिष्ट भन्ने दलहरू नै छन् । यसरी संविधानसभाभित्रै सरकार बनाउनेमा एमालेको नेतृत्वको कम्युनिष्टहरूको बलियो र्समर्थन छ भने सरकारबाहिर रहेका दलको नेतृत्वको किल्ला पनि अर्को कम्युनिष्ट पार्टीीमाओवादीको छ । तर संविधानसभाभित्रका सबै कम्युनिष्टहरूलाई एमाओवादीले ती मध्ये कसैलाई समेट्न सकेको छैन् । यसरी संविधानसभामा एमाओवादी कम्युनिष्टमध्ये एक्लो प्रतिपक्षमा छ भने बा“की एमाले, नेकपामाले, नेमकिपा, मसाल, संयुक्तआदि सरकारको र्समर्थनमा छन् । तर ती सबैका मुखमा पनि वामपन्थी एकताको नारा झुण्डिएको छ ।
दोस्रो संविधानसभाको बहिष्कार गर्ने दलहरूको नेतृत्व नेकपा-माओवादीको रहेको छ र यसमा संविधानसभा बाहिरका अन्य कम्युनिष्ट तथा प्रगतिशील र देशभक्त शक्तिहरू समावेश छन् । यसरी हेदा नेपालमा कम्युनिष्टहरू वर्तमान संविधानसभामा पनि पहिलो शक्तिमा छन् र सडकमा पनि उनीहरूको वर्चश्व स्पष्ट देखिएको छ । तर समग्र नेपालको राज्यसत्तामा भने कम्युनिष्ट तथा प्रगतिशील र देशभक्त शक्तिहरू सधै पछाडि छन् र त्यहा“ एकाधिकार दलाल तथा नोकरशाही पु“जीवादीहरूको नै त्यसमा सधैँ बोलवाला छ । नेपालको राजनीतिमा एकाधिकार दलाल तथा नोकरशाही पु“जीवादीहरूको नेतृत्व सधैभरी नेपाली का“ग्रेसले गर्दै आएको छ । नेपालको सत्ता-सेना, अदालत, प्रहरी र प्रशासनतन्त्रआदिमा एकाधिकार दलाल तथा नोकरशाही पु“जीवादीहरूको वर्चश्व भएकाले नेपाली का“ग्रेस सरकारमा भए पनि वा नभए पनि उसको हातमा सत्ता कायम रहिरहन्छ । पछिल्ला वर्षरू, खासगरी २०४७ सालपछि नेकपा एमालेको नेतृत्व तहमा -यद्यपि उसले आफूलाई कम्युनिष्ट भन्न छाडेको छैन्) एकाधिकार दलाल तथा नोकरशाही पु“जीवादीहरूको वर्चश्व बढदै गएकाले, अब उसलाई स्वीकार गर्न नेपालको सत्तालाई कुनै समस्या नपर्ने देखिएको छ । नेपालको सत्ता राजनीतिको यो समग्र गोलचक्करभित्र पस्न लालायित देखिएका एमाओवादीका केही नेताहरू र नेपालका स्वघोषित केही मार्क्सवादी बुद्धिजीवीहरूले नवउदारवादतर्फआफूलाई आकषिर्त गर्दै छन् । तर उनीहरूले एमालेलेजस्तै मार्क्सवादको खोललाई पनि संगै लैजान चाहन्छन् । यो सही हो कि नेपालको वर्तमान सर्न्दर्भमा नवउदारवाद भनेको एकाधिकार दलाल तथा नोकरशाही पु“जीवादीहरूको सत्ताभित्रकै पक्ष हो । यसरी नेपालका कम्युनिष्टहरूमध्ये एउटा पक्ष क्रमसः एकाधिकार दलाल तथा नोकरशाही पु“जीवादीहरूको सत्ताभित्र रमाउन चाहन्छ । र त्यसले आफूलाई कम्युनिष्ट भने पनि अब त्यसको आवश्यकता उनीहरूले देखेका छैनन् । किनभने उनीहरूका लागि अब यहि शासनसत्ता र राज्यसत्ता भरपर्दो र मनपर्दो बन्दै गएको छ । त्यसैले उनीहरूले अदालतका प्रधानन्याधिसको अध्यक्षतामा दोस्रो संविधानसभाको निर्वाचन गराउनका लागि वैदेशिक शक्तिको आदेशलाई शिरोधार्य मानेर सरकार बनाएर निर्वाचनमा गए । परिणाम एकाधिकार दलाल तथा नोकरशाही पु“जीवादीहरूको सत्ता झन बलियो बन्यो । वर्तमान संविधानसभामा यिनै एकाधिकार दलाल तथा नोकरशाही पु“जीवादीहरूको हाली मूहाली देखिएको छ ।
नेकपा-माओवादी नेतृत्वको तेत्तिस दलीय मोर्चाले नेपालको विदमान सत्ता-सेना, अदालत, प्रहरी र प्रशासनतन्त्रआदिमा एकाधिकार दलाल तथा नोकरशाही पु“जीवादीहरूको वर्चश्व भएकाले त्यसका विरूद्ध क्रान्तिको नेतृत्व गर्दै, त्यसलाई ध्वस्त पार्न चाहन्छ । र्सवहारवर्गीय मुक्तिका लागि त्यो सुखद पक्ष हो तर पनि त्यो पक्ष अझै स्पष्ट योजना र कार्यक्रम सहित जनताको बिचमा आउन सकिरहेको छैन्, अलमलमा देखिन्छ । कहिले काही उसका अभिव्यक्ति र कार्यक्रमहरूले उ पनि कतै क्रान्ति र व्रि्रोहका कुरा गर्दागर्दै त्यही एकाधिकार दलाल तथा नोकरशाही पु“जीवादीहरूको सत्ताभित्रकै पक्ष बन्ने त होइन् भन्ने शंका भने जीवीतै देखिन्छ । पु“जीपति वर्गीय सत्ता सधैभरी-सक्रिय राजतन्त्रको समयमा बाहेक) नेपाली कांग्रेसको हातमा रह“दै आएको छ । त्यसकारण नेपालका कम्युनिष्टहरू, जो र्सवहारा क्रान्तिका कुरा गर्दछन् उनीहरूको पहिलो काम नेपालको राज्यसत्ता-सेना, अदालत, प्रहरी र कर्मचारीतन्त्रलाई कसरी देश र जनताको पक्षमा रूपान्तरण गर्ने भन्ने सवालले महत्व राख्दछ । यो उनीहरूका लागि अहम् प्रश्न हुनु पर्ने हो, जो कहिल्यै भएन्, भए पनि त्यो क्षणीक मात्रै भयो । एक जमानामा नेपाली का“ग्रेससंग कार्यगत एकताको प्रस्ताव गर्ने पुष्पलाललाई नेका“को पुच्छर र गद्दार भन्ने मोहन विक्रम सिंह अहिले एक कदम झन अगाडि बढेर नेका“को सरकारको स्वयम पुच्छर बनेका छन् भने र्सवहारावर्गको मुक्तिका लागि हजारौ शहीद बनाएका बाबुरामको सैद्धान्तिक र वैचारिक स्खलनले उनलाई कहा“ पुर्याउने हो, हेन अझै केही समय पर्खर्न पर्ने छ । उनले अब आफ्नो कार्यालय एमाले र नेका“ कार्यालयको बीचमा स्थानान्तरण गर्दै छन् ँनवउदारवाद र मार्क्सवादको फयुजन्द्धारा बन्ने नया“ शक्तिको नेतृत्व गरेर ।
पहिलो संविधानसभाका दौरान नेपाली जनताले प्रचण्डको अनेकौ गैरराजनीतिक नौटङकी देखे, परिणाम दोस्रो संविधानसभामा उनले नेतृत्व गरेको पार्टेे नराम्रो हारले अब उनले विगतको हैसियत र पहिचान गुमाएका छन् । जसलाई एमाओवादी केन्द्रीय समितिमा स्वयम् प्रचण्ड र बाबुरामले व्यक्त गरेका अभिव्यक्तिहरूबाट नै उनीहरू पार्टी त एउटा क्रान्तिकारी पार्टीीहन सक्यो नत संसद्वादी पार्टी रूपमा जनताले विश्वास गरे । त्यसैले बाबुरामले त स्पष्टै भने ‘अब हामीले कित एमालेसँग एकीकरण गर्नेतर्फलाग्ने कि त वैद्यसँग टासिने’ । यसले नै के स्पष्ट पार्दछ भने एमाओवादीको दक्षिणपन्थी लाइनतर्फो पतनको मार्ग अझै फराकिलो बन्दै जाने सम्भावना बलियो देखिन्छ र त्यो भनेको एमालेको नया“ संस्करण हो ।
आफै विघटनको मार्गतर्फअग्रसर भएको प्रचण्ड नेतृत्वको एमाओवादीले कसरी अन्य कम्युनिष्टलाई गोलबन्द गर्न सक्छ- एउटै आशा तथा भरोसा भएको नेकपा-माओवादीले पनि त्यो महान् जिम्मेवारी बहन गर्न सक्छ भन्नेमा अझै दरिलो आधार बन्न सकेको छैन् । यद्धपि उसले क्रान्तितर्फो मार्गलाई बलियो, धारीलो बनाउन मार्क्सवादका तीन जादुगरी हतियारः पार्टीसेना र संयुक्त मोर्चाबारे पार्टीीत्र र बाहिर बहस चलाएको छ र त्यसका लागि नभइनहुने मार्क्सवादी-लेनिनवादी संगनतात्मक प्रणाली र कार्यशैलीमा काफी सुधार गर्ने पाइलाहरू चालेको छ ।
यो सही हो कि नेकपा-माओवादी र्सवहारावर्गको पार्टो, त्यसैले उसले नेपालका उत्पीडित जाती, जनजाती, महिला तथा अन्य अल्पसंख्यक समुदायका क्रान्तिकारीहरूको पार्टी भर्ति गर्ने अभियानलाई अघि बढाउन गरेका केही निर्ण्र्ाारू उत्साहजनक छन् । र त्यसैगरी सङ्र्घष् बारे पनि कतिपय महत्वपूण् निर्ण्र्ारु लिइएका छन् । यस सर्न्दर्भमा र्सवपक्षीय राजनीतिक सभाको माग, सङ्घीय जनतान्त्रिक संविधान निर्माण, राष्ट्रिय स्वाधीनता, राष्ट्रघाती र जनघाती अध्यादेशहरु -सङ्गठित अपराध, सुपुदगी, सम्पत्ति शुद्धीकरण र पारस्परिक कानूनी सहायता) को विरोध, माथिल्लो कर्णाली, अरुण तेस्रो र उच्च कोशी बाँध लगायतका राष्ट्रघाती सम्झौताहरुको खारेजी आदि र जनतामाथिका महङ्गी, अभाव, लोडसेडिङ, भ्रष्टाचार, माफियातन्त्र, बेरोजगारी विषयहरुलाई लिएर प्रचारात्मक कार्यक्रमहरुका साथै सडक सङ्र्घष्ाका कार्यक्रमहरुको घोषणाका साथ सडकमा उत्रिएको छ । जब नेपाली कम्युनिष्टहरूमध्ये एउटा पक्ष सत्ताका लागि जे पनि स्वीकार गर्ने, आवश्यक परे नेपाली काङ्ग्रेसको वैशाखीमा सत्तामा जाने,एकाधिकार दलाल तथा नोकरशाही पु“जीवादीहरूको पुच्छर बन्नमा रमाउने र अर्को पक्ष र्सवहारावर्गको वास्तविक मुक्तिका लागि बलिदानीपूण् मार्गतर्फअगाडि बढन चाहन्छ भने त्यसबेला पहिलो वर्गका कम्युनिष्टहरूले साम्राज्यवादी र विस्तारवादी शक्तिहरूको इशारामा आफ्नो का“धमा बन्द¬क राखेर अन्य क्रान्तिकारी वामपन्थी दलहरू र देशभक्तहरूमाथि पड्काउन पछि पर्दैनन् ।
त्यसैले नेपाली जनताले आफै र्सार्वभौम बन्ने चाहना केवल नेपालका सच्चा वामपन्थी, प्रगतिशील तथा देशभक्तहरूको एकतामा नेपाली किसान, मजद¬र, र्सवहारा वर्ग, राष्ट्रिय प¬“जीपती वर्गको पक्षमा नया“ सत्ताको विकल्प छैन् । त्यसका लागि नेपालमा वामपन्थी एकताको निम्ति तत्कालनि आधारबारे बहस र सहमतिको आवश्यकता छ । जसमा मार्क्सवाद लेनिनवाद माओवादलाई क्रान्तिको मार्गदर्शक सिद्धान्त मान्ने, साम्राज्यवाद तथा विस्तारवादको विरोध गर्ने, नया“ जनवादी क्रान्तिको आवश्यकता र महत्व स्वीकार गर्ने र यसको निम्ति सिद्धान्ततः दर्ीघकालीन सशस्त्र सङ्र्घष्ालाई स्वीकार गर्ने क¬राहरू पर्दछन् । । यी यस्ता आधारहरू ह¬न् जसलाइ वामपन्थी एकता चाहने जोकोहीले विरोध गर्न सक्दैन् ।
वर्तमानमा नेपालमा उल्लेखित आधारहरू पूरागर्ने चरित्रका धेरै मार्क्सवादी, लेनिनवादी पार्टीेन्द्रहरू विद्यमान भएको अवस्थामा नेकपा-माओवादीले त्यसको अग¬वाई गनर्¬ आवश्यक र वस्त¬परक क¬रा बन्न गएको छ । र, दर्शन, सिद्धान्त, राजनीति र विचारमा समानता नै सवै चीजको केन्द्रविन्दु हो भन्ने मार्क्सवादी-लेनीनवादी-माओवादी अवधारणलाई बलियो गरी नपक्डीकन गरिने एकताले क्रान्तिको लागि फाइदा भन्दा वेफाइदा बढता हुन्छ भन्ने इतिहासले सिकाएको गम्भीर पाठ हो, जसलाई भूलेर गरिने एकताको खासै अर्थ र औचित्यता छैन् ।
Source: janakhabar

,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates