दुइ माओबादी बीचको एकताको हल्ला ,आवश्यकता वा नियोजित षड्यन्त्र ?
– सन्तोष बुढा मगर
आज भोली मिडियाहरूमा दुइ माओबादी बीचको एकताको हल्ला फैलाईएको छ । पार्टी आन्तरिक पंक्तिमा, जनतामा, राजनैतिक दलहरूमा, शुभचिन्तक, र्समर्थक सबैमा एकताको हल्लाले निकै आशंका जिज्ञासाहरू जगाई दिएको छ । यता नेकपा-माओबादीको आन्तरिक पंक्तिमा एमाओबादीसंगको एकताको हल्लाले निकै आशंकित र सशंकित बनाएको छ । र्समर्थक र शुभचिन्तक तथा सामान्य जनतामा जिज्ञासा र आशा पलाएको छ । एमाओबादी पंक्तिमा पनि यसले आशाबादी र अलमल बनाएको छ । बाहिय जगतले यसलाई गंभीरतापूबक हेरिरहेको अवस्था छ । यसैको सेरोफेरोमा नेपाली राजनीति पनि रुमलिएको छ ।
आज भन्दा देड बर्षअघि बिभाजन भएको माओबादी आजभोली क्यास र ड्यास माओबादी भनेर दुइ भिन्दा भिन्दै नामले परिचित छन् जनतामा । गएको २०७० मंसीर ४ मा बैदेशिक डिजाइन भएको कथित दोस्रो संबिधानसभाको निर्बाचनमा ड्यास माओबादीले यो निर्बाचन नभएर षड्यन्त्र भएको र यो निर्बाचन राष्ट्रघाती र जनभाबना बिरोधी थप द्वन्द निम्त्याउने षड्यन्त्र भएको भन्दै भाग लिएन, बहिस्कार गर्यो । यसले राष्ट्रबादी देशभक्त पंक्तिको नेतृत्व समेत गर्यो । क्यास माओबादीले उक्त निर्बाचनमा भाग मात्र लिएन यसको असली अमल्दार र मतियार भई पुराना दलालहरूलाई समेत उछिनेर नयाँ जोगीले सबभन्दा खरानी घसे झैं बहिस्कारका बिरुद्धमा एक नम्बरमा प्रतिकार गर्दै देशब्यापी मेची-महाकाली अभियान नै संचालन गर्यो । यसरी दुइ माओबादी ठीक बिपरित धारमा उभिएर दुइ बर्ग, दुइ बिचार, दुइ धारको नेतृत्व गरे । यो नै यी दुइ माओबादी बीच बिचारमा, सिद्वान्तमा, राजनीतिमा आएको फरकपना हो । यो कुरा निर्बाचनबाट राम्ररी पुष्टि भयो ।
गएको २०६९ पौष र माघमा दुबै माओबादीले छुट्टा छुट्टै महाधिबेशन सम्पन्न गरे । ड्यासले पौष महिनामा काठमाण्डौंको कमलादीमा सातौं महाधिबेशन सम्पन्न गरे । क्यासले माघ महिनामा हेटौंडामा एकता महाधिबेशन सम्पन्न गरे । ड्यासले जनयुद्धको जगमा जनब्रि्रोहको लाईन पास गर्यो । गोलमेच सभाबाट सहमति खोज्ने र संबिधानको अन्तरबस्तुमा सहमति गरेर जाने, संभव नभए ब्रि्रोहलाई यसको अन्तिम बिकल्पको रूपमा लिए र यो लाइन पास गरे । क्यासले सशस्त्र संर्घष्ाको बाटो असफल र असंभव भएको भन्दै शान्ति र संबिधानको लाईन पास गर्यो र छिटो भन्दा छिटो चुनाव सम्पन्न गर्ने र दुइ तिहाई बहुमत लिएर संसदबाट नै सत्ता कब्जा गर्ने नयाँ रणनीति अख्तियार गरे जो इन्डोनेशिया, चिली र नेपालमा एमालेले पहिले नै अवलम्बन गरिसकेको असफल नवसंशोधनबादी लाइन थियो । त्यहि पनि बैदेशिक डिजाइन भएको यो निर्बाचन त झन दुबै माओबादी र समग्र स्वाभिमानी नेपालीहरू कै निम्ति घातक थियो । यो डिजाइनको परिणाम एमाओबादीले नराम्रोसंग हार बेहोर्नु पर्यो । परिणाम १८० शीट ल्याउने घोषणा गरेको क्यासको हालत २६ शीटमा सिमित भयो र बिदेशी डिजाइनरहरूको साक्षी बस्न बाध्य भए र समीक्षा गर्न बाध्य भए कि अव ड्यास अलग भए पछि के हालत बेहोर्नु पर्यो ?
निर्बाचन पछि क्यास भित्र एक थरी साथीहरू एकताको लागि नेतृत्वलाई दबाव दिन थाले । अर्का थरीले लाइन नै गलत भएकोले पराजय भोग्न परेकोले लाइन सच्याउनु पर्ने नत्र ब्रि्रोह गर्ने वा ड्याससंग एकता गर्ने कुरामा दबाव दिन थाले पछि प्रचण्डले एकतालाई चलाखी पूण् तरिकाले उठाउन थाले । उनले यो एकतालाई दुइ धारे नीतिको रूपमा प्रयोग गर्न थाले । पहिलो आन्तरिक पंक्तिलाई तह लगाउने र दोस्रो बाहिय शक्तिसंगको सत्ताको भागबन्डामा बार्गेनिङ । आन्तरिक पंक्तिलाई तह लगाउने भन्नुको अर्थ एकतामा जोड दिने पंक्तिलाई कुरा चलिरहेको छ भन्दै थामथुम पार्ने, ब्रि्रोह गर्न खोज्नेलाई कुरा चलिरहेको छ, पोजिटिभ छ भन्दै जाने भए संगै जाउँला भनेर अल्झाउने र थुमथुम्याउने । अनि आखिरमा संभब नहुने भए पछि उनीहरूले मानेन् भनेर खराव उनी नै हुन्, मैले त प्रयास गरेको हुँ भनेर ढाँटने, आक्रोसित पार्ने र नकारात्मक भावना जगाईदिने । यो क्यास नेतृत्वले उठाएको नकारात्मक मनसाय हो । दोस्रो ड्याससंगको एकताको हल्ला गरेर मालिकसंग सत्ताको भागबन्डकामा बार्गेनिङ हो । यदि भाग दिएनौ भने म ड्याससंग मिलेर ब्रि्रोह गर्छुनेर धम्की दिने । यसरी प्रचण्डले फिजाएको एकताको दुइ धारे नीतिको पछाडि यहि षड्यन्त्र लुकेको छ । यस्तै प्रतिक्रियाबादीहरूले ड्यासको नाडी छाम्नको लागि पनि सुनियोजित रूपमा यसलाई तीलको ताड बनाएका हुन् भन्ने कुरा बुझन जरुरी छ ।
जहाँसम्म पार्टी एकताको कुरा छ, यस बारेमा कम्युनिष्टहरू के मा भ्रम पर्नु हुँदैन भने एकता र फुट आवश्यकताका सूचक हुन् । कुन बेला एकता र कुन बेला फुट यो आवश्यकताको द्वन्दबादका सूचक हुन् । एकता र फुट निरपेक्ष हुँदैन । के कुरा बिर्सनु हुँदैन भने कम्युनिष्टहरू बर्गनिष्ठ सिद्धान्त र बर्ग बिचारमा एक भएका हुन्छन् । उनीहरूको एकताको मुख्य आधार भनेको बिचार र कार्यदिशा हो । बिचार र कार्यदिशामा समानता भए एकता टाडाको बिषय होइन । तर बिचार कार्यदिशा मिलेन भने उनीहरू जतिखेर पनि फुटन वा अलग हुन सक्छन् । यो त कम्युनिष्टको कखरा जानेका जो कसैलाई पनि थाहा छ । यति कुरा बिर्सेेएकता भन्ने बितिकै आतंकित र सशंकित वा उत्साहित हुनु पर्ने केही छैन । कसैले फुटे पछि क्रान्ति हुँदैन जुटे पछि वा एकता गरे पछि मात्र क्रान्ति हुन्छ भन्ने भ्रम पालेर बसेको भए त्यो पनि भ्रम मात्र हो । हाम्रै इतिहास साक्षी छ कि २०५२ सालमा पार्टीुटेर होइन फुटेर मात्र क्रान्ति याने जनयुद्धको कदम उठाउन संभव भएको हो, खैर प्रचण्डको गद्दारीले गर्दा बिजयको सन्नीकट पुगेको क्रान्तिले प्रतिक्रान्तिको धक्का बेहोर्नु पर्यो । एकताले क्रान्ति हुने भए नारायणकाजीहरूसंगको एकताले भइहाल्थ्यो । तत्कालिन माले मार्क्सबादी एकताबाट बनेको एमालेले उहिल्यै गरिसक्थ्यो होला । यसको अर्थ यो होइन कि एकता गरेर क्रान्ति हुँदैन बरु एकता गरेर पार्टी मान्छे मात्र थुपारेर क्रान्ति हुने होइन । सहि क्रान्तिकारी बिचार र कार्यदिशाको आधारमा भएको जुझारु क्रान्तिकारीहरूको एकताबाट मात्र क्रान्ति संभव हुन्छ । मेरो अर्थ यो पनि होइन कि एमाओबादीसंग कुनै पनि हालतमा एकता हुन सक्दैन । निरपेक्ष एकता वा निरपेक्ष फुट गलत हो । एमाओबादीभित्र ठूलो संख्यामा क्रान्तिकारीहरू छन् तर ती सब प्रचण्ड बाबुरामको गलत बिचार र कार्यदिशाको भुलभुलैयामा छन् । तिनको पछि लागेर क्रान्तिको आशा गर्नु अब खस्ला र खाउँला बाहेक अरु हुनै सक्तैन । प्रचण्ड कहिल्यै नसच्चिने गरी फसिसकेका छन् । बाबुराम आफ्नै दृष्टिकोण सहित माओबादी पार्टी आएको मान्छे हुन् । उनलाई सच्चिनै पर्दैन । नारायणकाजी कस्तो चिन्तन, प्रबृत्ति बोकेको मान्छे हुन् भन्ने सबैले राम्ररी चिनेकाछन् । अन्तमा यो दक्षिणपन्थी र बिचलनकारी समुहहरूको गठजोडले माओबादी पार्टीत्रका क्रान्तिकारीहरूलाई कसरी धोखा दिए र कसरी दश बर्षो जनयुद्धलाई निर्मममतापूबक कुल्चे – कसरी ३५ हजार जनमुक्तिसेनाको अबसान गराए – कसरी जनताबाट निर्बाचित संबिधानसभाको दुःखद बिघटन वा अबसान गराए – कसरी १५ औं हजार शहिद, बेपत्ता र घाइते अपाङ्गहरूको आत्मा माथि घात गरियो – कसरी लाखौं कार्यकर्ता र करोडौं न्यायप्रेमी मुक्तिकामी जनताहरूको आस्था र बिश्वास माथि कुठाराघात गरे – यी घटनाक्रमहरू इतिहासका कहिल्यै नमेटिने र बिर्सनै नसकिने घटना हुन् ।
यी राष्ट्रघाती, जनघाती र बिश्वासघाती कदम प्रति पश्चाताप मात्र होइन, यसले क्रान्तिकारी आन्दोलनमा शदीयौं सम्मका लागि पारेको नकारात्मक प्रभाव प्रति उनीहरू देश र दुनियाँलाई कसरी बयान दिन्छन् – यी अक्षम्य गल्तीहरू प्रति समीक्षा नै नगरी कसरी पार्टी एकताको कुरा गर्छन् – यसको एक मात्र मकसद माथि भनिएको आन्तरिक रूपमा आफ्नोभित्रका क्रान्तिकारीहरूको ब्रि्रोह दबाउने र क्रान्तिलाई अझ पछि धकेल्ने र बाहिय रूपमा मालिकहरू र सहयात्री संसदबादी मित्रहरूसंग पद र सत्ताको भागबन्डामा बार्गेनिङ गर्ने नै हो । यो एमाओबादीभित्रका ‘इमान्दार क्रान्तिकारी’ पंक्तिले राम्ररी बुझनु पर्दछ ।
जहाँसम्म ड्यास पार्टीीत्रको प्रश्न हो, ड्यासमा अहिले मान्छेको खाँचो होइन, क्रान्तिकारी बिचार र कार्यदिशाको आधारमा एकताको आबश्यकता हो । प्रचण्ड एण्ड कम्पनी बारे पनि लामो समय दुइ लाइन संर्घषा गर्दै संगसगै सहकार्य पनि गर्दै आएको हुनाले उनीहरू प्रति कुनै भ्रम छैन त्यसैले नै कतै प्रचण्ड चिहानबाट एकताको नाममा भूत बनेर आउँदै त छैन भनी इमान्दार क्रान्तिकारीहरू सशंकित र आतंकित हुनुलाई पनि अन्यथा ठान्नु हुँदैन । किन कि यो स्थितिको सिर्जना गर्ने पनि प्रचण्ड नै हुन् । एकताको नाममा कोही नारायणकाजी बन्न, बनाउनलाई एकता हो भने त्यो पनि जरुरी छैन । यहाँ नारायणकाजीको भूत पनि कहिलेकाही सवार हुन्छ । तर एउटा क्रान्तिकारी पार्टी क्रान्तिकारीहरूको निम्ति भने सधैंलाई ढोका खुल्ला रहन्छ। यसमा संकीण् हुनु हुँदैन । प्रचण्ड इतिहासको असफल नेता साबित भैसकेको पात्र हुन् । उनको नेतृत्व अव कसैलाई स्वीकार्य हुने छैन । उनको अहिलेको लाइन पनि नव एमालेपन्थी लाइन भएको हुनाले जस्ताको तस्तै उसैको नेतृत्वमा एकताको कल्पना पनि गर्न सकिदैन । तर क्यास भित्रका इमान्दार क्रान्तिकारीहरूको धु्रबीकरणको आबश्यकता छ । यस प्रति संकीण् हुन जरुरी छैन । यसै सर्न्दर्भमा नेपाल कम्युनिष्ट पार्टीएकिकृत) संग चलिरहेको पार्टी एकता को कुराले ग्रामीण क्षेत्र जहाँ एकिकृत भन्ने बितिकै एमाओबादी -क्यास) लाई बुझने गरिन्छ, यसले पनि केही भ्रम पैदा भएको छ । क्यास माओबादीसंगको पार्टीएकता बारे पारिएको भ्रम र अल्मल तथा पार्टी एकता यति बेला को संग, कसरी भैरहेको छ र अहिलेको आबश्यकता के हो भन्ने बारे ड्यास माओबादीको नेतृत्वबाट ग्रामीण क्षेत्रका जनता र कार्यकर्ताले बुझने गरी स्पष्ट पारिनु पर्दछ ।
अन्तमा नेकपा-माओबादीले नेकपा -एकिकृत र क्रान्तिकारी कम्युनिष्ट पार्टीमणि थापा) संग चलिरहेको एकताको प्रक्रिया र एमाओबादीसंगको एकताको हल्ला बीच भिन्नता छ । एमाओबादीसंगको हल्ला अहिले हल्ला मात्रै हो । यसको पछाडि नियोजित षड्यन्त्र छ । यद्यपि त्यस भित्रका ‘इमान्दार पंक्ति’ ले उठाएका एकताको आवाजको कदर र स्वागत गर्नु पर्दछ । क्रान्किारीहरूको मिल्नुको बिकल्प छैन तर दुइ तिहाई बहुमत लिन नियोजित डिजाइनमा भैरहेको पार्टी एकता गर्ने संसदबादी चिन्तन प्रबृतिको हल्लाप्रति र्सतर्क र सजग रहँदै क्रान्तिकारी धुबीकरणलाई प्रोत्साहित गदै निशर्त एकता गर्ने क. चित्रबहादुर आले र चिरन पुन लगायतका कमरेडहरूले अगाडि बढाउनुभएको क्रान्तिकारी ध्रुबीकरणको स्प्रीटलाई सबैले स्वागत गरौं ।
Source: www.janakhabar.com
Source: www.janakhabar.com
0 comments