नेपाली जनप्रगतिशील मोर्चा मध्येपूर्व समन्वय समितिको उत्पति, बिकाश र जनतामा समर्पण !
- रमेश गिरी
नेकपा–माओबादीले देश भित्र भैरहेको बेथितिको मुल्यांकन गरि राज्य सत्ता परिवर्तन नगरी र सम्पूर्ण जनताको मन मस्तिकमा परिवर्तन नल्याई कुनै किसिमको फेरबदल हुन नसक्ने र राज्य सत्तामा सर्बहारा वर्गको पनि अधिपत्य नभए सम्म निमुखा जनताले गास बास कपास र पहिचान सहित आत्मा सम्मान प्राप्त गर्न नसक्ने निष्कर्स सहित २०५२ साल फागुन १ गते रातिबाट जनयुद्धको संखघोस गर्यो/ जसले २४० बर्से राजतन्त्रको जग हल्लाउने काम गर्यो भने "देशबाट राजा हटाउने सपना देख्नु भनेको नेपालबाट हिडेर अमेरिका जाने सपना देखे सरह हो" भन्दै हिड्ने केपी ओली, प्रधानमन्त्री बन्न पाउ भन्दै राजा कै पाउमा दाम चढाउने माकुने र राजा बिना देश बच्न नसक्ने निष्कर्स सहित कहिले शेरेमोनियल किंग त कहिले बेबी किंग भन्दै हिड्ने गिरिजा प्रसाद कोइरालाको मनमा परिवर्तन ल्याउन सफल रह्यो/ दश बर्से जनयुद्धले जनताको मनमा ल्याएको भरपुर उत्साहलाइ प्रयोग गर्दै तत्कालिन सात राजनीतिक दल र युद्धरत पार्टी नेकपा-माओबादीको बिचमा बाह्र बुदे समझदारी पत्रमा हस्ताक्षर भएको इतिहास पनि जग जाहेर नै छ / जसबाट देशले जनताको छोरा नै रास्ट्रपति बन्न पाउने अधिकार प्राप्त गर्यो /
यद्यपि कांग्रेसर एमाले भित्र रहेका पुरातन पन्थिहरु, सिंगो दरबार वरिपरी रहेका यथा स्थितिबादीहरु र नेपालको कर्मचारी तन्त्रले देशलाइ फोड्को मार्नबाट पछी धकेल्दै नेताहरुलाइ नै दोष दिने र आफु पानी माथिको ओभानो बन्ने प्रवृतिको हाबी गरि पहिलो चरणमा संबिधान बन्न नदिएको उदाहरण पनि जग जाहेर नै छ/ जनयुद्धले बिकाश गरेको चेतना र युबाहरुमा ल्याएको उत्साहलाइ मत्थर पार्नको लागि यथा स्थितिबादी तत्वहरुले देश भित्रबाट युबाहरुलाई पलायन गराउने र आफ्नो पुरानो राज्य सत्तालाइ कायमै राख्ने नियतका साथ बैदेशिक रोजगारको नीति अगाडी ल्याए पछी धेरै युवाहरु विदेश पलायन हुने क्रम बढ्यो/ फलस्वरूप नेकपा-माओबादी द्वारा स्थापित जनसेना पनि करिब बिस्थापित हुने मोडमा प्रचण्ड द्वारा पुर्याइयो/ शान्ति र संबिधानको नारा दिएर अगाडी बढेका बाबुरामको जनसरकार भंग गर्न, भू-माफियाहरुको जमिन फिर्ता गरी सुकुम्बासीहरुलाई पुरानै स्थानमा पुर्याउन र जनसेना समायोजनको नाममा भंग गरी जनसंबिधान नबन्नको लागि प्रसस्त मार्ग खोल्नेमा प्रमुख भुमिका नै रहयो/ यो मामिलामा प्रचण्ड एक पात्र मात्र हुन्/
यसरी देशभित्र हुन लागेको परिवर्तनबाट केहि आशा बोकेका युवाहरुले पुरानै अवस्था पुनः व्यहोर्नु पर्ने स्थिति फेरी फर्किन लागेको देखेपछि विदेश पलायन हुने क्रम बढ्यो/ नेपालमा स्वतन्त्र रुपमा राजनीतिमा होमिएका, जनसेवामा समर्पित भएका र राजनीतिक रुपले प्रशिक्षित भएका युबाहरु बाहिर गएर पनि त्यतिकै बस्न सक्ने अवस्था थिएन/ उदेश्य देश भित्रको शासन पद्दतिमा वर्ग परिवर्तनको रहेकोले एउटा क्रान्तिकारी विश्वको जुनसुकै कुनामा गए पनि आफ्नो विचारलाइ मार्न सक्ने कुरा भएन/ त्यसैले सन् २००७ को अन्त्य तिर नेपाली जनप्रगतिशील मंच युएईको स्थापना गोरखाका कमरेड दिपक बोहराको नेतृत्वमा र दिल्ली सिवाकोटी, रमेश बेलबासे, राजु भुसाल, केशर मान बिक, समर बहादुर खत्री, जगत परियार, टिकाराम भट्ट, उत्तम अधिकारी, दान बहादुर मगर, हेमन्त पौडेल, तारानाथ न्यौपाने, दुर्गा दत्त पोख्रेल आदि कमरेडहरुको सक्रियतामा भएको थियो/
नेपालबाट कालो धन्दा फस्टाउने सम्भावना कम्ति देखेपछी मानव तस्कारमा लागेका गिरोहका केहि नाइके हरुको अबैधानिक मानव तस्करी अन्तर्गत इराक पाठाउने र प्रसस्त धन असुल्ने गरेका नारायण लम्साल, प्रेम सिंह धामी लगायत नामुद भिसा ब्यापारीलाइ युएइमा पक्राउ गरि दुताबासको जिम्मा लागाएको इतिहास जग जाहेर नै छ/ बिशेष गरि तत्कालिन अध्यक्ष कमरेड दिपक बोहराको सक्रियतामा यी मानव तस्कारहरुलाइ बाहिर ल्याउन सफल भएको थियो / पार्टीले बिस्तारै विद्रोहको लाइनबाट युटर्न गरि बाबुराम कै लाइन अनुसार शान्ति र संबिधानको नारा दिएर अगाडी बढे पछी पार्टीले व्यहोर्दै आएको क्षेतीको असर युएइको मंचमा पनि परेको थियो/ जसमा बैचारिक लडाई बिदेशमा पहिलो पटक युएईबाट शुरु भएको थियो/ पार्टीको मूल्य मान्यता र सिद्दान्त अनुसार चल्दै जनयुद्धले सिकाएका सस्कारहरुको पालना गर्दै अगाडी बढेका युवाहरुको अगाडी नवप्रवेशी र जनयुद्धले दिएको शिक्षा भन्दा पनि आफु नै शिक्षित र धेरै धन कमाउने व्यक्तिको रुपमा परिभाषित गरि संस्थाको नेतृत्व हत्याउने र पुरै गोलमटोल गराई क्रान्तिकारी लाइनलाइ निस्तेज पार्ने गरि अगाडी बढेर नेपालको सबै भन्दा ठुलो पार्टीको भात्री संगठन युएईमा छैन कि भन्ने अबस्था समेत ल्याउने काम गरियो/
जसरि नेपालमा पार्टीको आन्तरिक लडाई तिब्र हुदै अन्तिम चरण २०६९ असारमा महाबौद्ध भेला गरि पार्टी अलग भएको घोसणा गर्न बाध्य भयो त्यसरी नै विदेशमा पनि पहिलो पटक मंचबाट बोद्रोह गर्दै मंचका सक्रिय कार्यकर्ताहरु रमेश गिरी, समर खत्री, हरि नेपाली, साहस न्यौपाने, गोकर्ण ओझा, पृथी छक बुढा, मनोज काउचा, बिचारी लामिछाने, बिन्दु गिरी, तारा पौडेल, सुजन ढकाल, उत्तम बिश्वकर्मा, मनिराम योगी, लक्ष्मण खनाल, प्रकाश बुढाथोकी, खड्ग खनाल, माधव पौडेल, प्रकाश लिंग्देल लगायत धेरै साथीहरुको संलग्नतामा शुरुमा नै १७ सदसीय केन्द्रीय समिति सहित नेपाली जनप्रगतिशील मोर्चा युएईको निर्माण रमेश गिरीको अध्यक्षतामा गरियो भने जसको आधिकारिक घोसणा १७ अगस्त २०१२ मा गरियो/ मोर्चा निर्माण भएको लगत्तै पछी नेपालको दशबर्से जनयुद्धमा प्रतक्ष संलग्न पुराना कार्यकर्ताहरु राजु भुसाल, रामशरण कडरिया, काशी काफ्ले, याम बहादुर सारु, गणेश लम्साल, नारायण खनाल, राजन न्यौपाने लगाएत धेरै कमरेडहरु पार्टीको राजनीतिक लाइन अनुसार सक्रिय भएर आउनु भएको थियो/ जसबाट फेरी आफुलाई जनसेवामा समर्पित गर्ने कसम खाइ मोर्चा मार्फत युएइमा जनसेवामा सक्रिय रहदै आउनु भएकोछ/ त्यसै गरि नया प्रवेश गरि राजनीतिक लाइन अनुसार नै आफुलाई अगाडी बढाई जनासेवामै समर्पित रहनु हुने बिर्ख लिम्बु, चित्र बहादुर थापा, इन्द्र सेन्चुरी, राम प्रसाद गौडेल लगायत अरु साथीहरु रहनु भएकोछ/
यसरि राजनीतिक रुपले राम्रो प्रशिक्षित साथीहरुले नेतृत्व गर्दै संगठन अगाडी बढे पछी संगठनमा संलग्न साथीहरुको क्षमता अनुसार सास्कृतिक बिभाग, युवा बिभाग, महिला बिभाग, जातीय बिभाग, खेलकुद बिभाग र यातायात बिभाग निर्माण गरि आ-आफ्नै तरिकाले विभागीय जिम्मेवारी सम्हाल्दै अगाडी बढेपछी मोर्चाले जनसेवाको गरी बिभिन्न पिडामा परेका व्यक्तिहरुको उद्वारको लागि सर्बप्रथम नेपाली दुताबासलाइ घच्घचाउने, आफ्नो तर्फबाट चन्दा संकलन गरि घर फर्काउने, मृत लासहरुलाइ छिटो छरितो रुपमा घर पठाउनको लागि पहल कदमी लिने, मुद्दाको प्रकृति अनुसार चन्दा संकलन गरि घर पठाउने र नेपाल भित्र रहेका मृगौला पिडितको लागि समेत रकम संकलन गरि मद्दत गर्ने काम गरेकोछ/ अहिले मोर्चाले बिदेशमा रहेर काम गरिरहेका नेपालीहरुको लागि स्वास्थ्य बिमा नीति ल्याई युएइमा रहेका सम्पूर्ण संघ संस्थाहरुसंग छलफल चलाउदै नेपालमा समेत बुझ्न पठाउने काम गरेको थियो/ तर नेपालमा काम बिना सरकारी सम्पत्ति धुत्न पल्केका बिमा संस्थानका कर्मचारीले युएईबाट आएका प्रतिनिधि हरुलाई नकरात्मक उत्तर दिदै आफ्नै कर्मचारीलाइ त पुर्याउन सकिएको छैन अब विदेश जानेलाइ कहाँ बाट पुर्याउन सकिन्छ भनि खिल्ली उडाएको घटना ताजा नै रहेकोछ/
तर केहि समय पछी खिलराज सरकारले आफ्नो बजेट भाषणमा समेटेको थियो/ जुन कुरा लागु गराउन सरकारले अहिले सम्म शुरुवात समेत गर्न सकेको छैन/ तर पनि देश विदेशमा बढ्दो रुपमा भैरहेको मृगौला पिडितको संख्याले एक एक व्यक्ति द्वारा चन्दा उठाएर उपचार गर्ने सम्भावना रहदैन/ समग्र राज्यको स्वास्थ्य बिमा नीति र त्यसलाई लागु गराउने दृढ प्रतिबद्दता भए पछि मात्र जनताले केहि राहत पाउने सम्भावना रहन्छ/ मोर्चाले हाल सम्म निरन्तर संघर्सरत रही सिंगो खाडी मुलुकलाइ समेटेर अगाडी बढेको अबस्थाछ/ युएई, बहराइन, कतार, साउदी, र कुबेतमा सक्रिय रुपमा खटेका मोर्चाका सदस्यहरुले आफुसक्दो जनसेवालाइ नै प्राथमिकता दिदै रोजीरोटीको बाटोलाइ बचाउ मात्र गरेर हिडेको देखिएकोछ/
यदि देश भित्र परिवर्तनको खाका आउछ, बिकाश निर्माणका खाका आउछन र सुरक्षाको प्रत्याभूति हुन्छ भने म र मेरो होइन हामी र हाम्रो भावनाको बिकाश गरी पूर्व एसिया युरोप र पश्चिम एसियाका युबाहरु पूर्ण लगानीका साथ स्वदेश भित्र फर्कन आतुर रहेका छन्/ राज्य सत्ताको सधै वरिपरी घुम्दै पहिले आफु बन्नु पर्ने अनि मात्र देश बन्न सक्ने तर्क राख्ने लम्पट पुजीबादी जमातले अहिले देश खाइरहेकोछ / बीस वर्ष भित्र अनिवार्य अवकाश लिनु पर्नेमा काम गर्न पनि नसक्ने र पद पनि छोड्न नसक्ने जमातले पदको दुरुपयोग गर्दै कमिशनको खेलमा लागेको हुदा नै देश जहाको तही रहन पुगेको हो/ धेरै युबाहरु बेरोजगार भै विदेश पलायन हुनु परेकोछ / देशको उर्जा शिल जनशक्ति बिदेशका महल बनाउनमा प्रयोग भैरहेकोछ/ त्यो पनि अत्यधिक कम्ति श्रम शुल्कमा काम गर्नु परेको अबस्थाछ / यसर्थ हाम्रा अग्रज नेताहरुले गरेर देखाउन सक्छौ गर, अन्यथा नया युबा जमातलाइ छोडी दिदा नै उपयुक्त हुनेछ/ जसको सम्पूर्ण जिम्मेवारी लिन युवा जमात तयार रहकोछ /
अन्तमा मोर्चाको बिकाश हुदै सम्पूर्ण खाडी मुलुकलाइ समेट्ने गरि २०१३ अगस्त ७ मा मोर्चाको मध्यपुर्ब समन्वय समिति गठन गरिएको थियो/ जसले खाडी मुलुकमा रहेका नेपालीहरु गैर आबासिय नेपाली हुन सक्दैन भन्ने निष्कर्ष निकालेको थियो/ अहिले पनि नेपालको राज्य सत्ता परिवर्तनमा मुख्य भूमिका खेल्दै सामाजिक कामहरुमा मोर्चा समर्पित रहेकोछ/
अध्यक्ष
मध्यपुर्ब समन्वय समिति
0 comments