नयाँ जनवादी राज्यसत्ताका लागि आन्दोलन थाल्छौं : वैद्य


काठमाडौं, कार्तिक १२ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आफ्नो पार्टीले अब नयाँ जनवादी राज्यसत्ताका लागि आन्दोलन थाल्ने दाबी गरेका छन् ।

पार्टी निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चाले बुधबार ललितपुरमा नेपाल सम्वतको अवसरमा गरेको चियापान कार्यक्रममा वैद्यले संविधानसभा र संविधानका विषयमा जारी आन्दोलन छाडेर नयाँ जनवादी राज्यसत्तातर्फआन्दोलन मोडिने जिकिर गरे ।

वैद्यले राजनीतिक दलका नेताहरुले सहमतिको नाममा नौटंकी मात्रै गरिरहेको आरोप पनि लगाए ।

Source: http://imagekhabar.com

, ,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates