क्रान्ति सम्भव छ : मोहन वैद्य ‘किरण’
यतिवेला संविधान निर्माणको बहस तीब्र
बनेको छ । रिसोर्टदेखि संविधानसभा र सडकसम्म संविधानकोृ अन्तरवस्तुका बारेमा बहस र
संघर्ष भइरहेको छ । संविधानसभा वहिस्कार गरेको माओवादीले अहिलेको बहस र
प्रक्रियालाई कसरी हेरिरेहको छ त ? माओवादीका अध्यक्ष किरणको अन्तर्वार्ताः
वर्तमान राष्ट्यि राजनीतिक
परिस्थितिलाई नेकपा–माओवादीले कसरी विश्लेषण गरेको छ र?

हामीले अधिकार सम्पन्न सर्वपक्षीय
राजनीिितक सभा र त्यसको सम्मेलनको पक्षमा भन्दै आएका हौं । हामीलाई के लाग्छ भने
जनताको संविधान कुनै पनि हालतमा बन्दैन । जनताको संविधान कस्तो बन्नुपर्छ भनेर
हामीले आफ्नै ढंगले सशक्त रुपमा उठाउँदैछौ । यो चाहिं हाम्रो संविधानसँग सम्बन्धित
मूल विषय हो ।
दोस्रो एजेण्डा भनेको राष्ट्यि
स्वाधीनताको रक्षाको कुरा हो । खासगरी अहिले ऊर्जा व्यापार सम्झौता ९पीटीए० र
ऊर्जा विकास सम्झौता ९पीडीए० का बारेमा उनीहरुले सम्झौता गरेका छन् । हामीले
त्यसको विरोध गरेका छौं । महंगी, भ्रष्टाचार लगायत
विषयमा पनि हामीले विरोध गर्दै आएका छौं । अहिले राष्ट्यि परिस्थितिको कुरा गर्दा
भारतीय विस्तारवाद, साम्राज्यवादीपरस्तहरु देशलाई
यथास्थितिमा राखिरहन चाहन्छन र जनसमुदाय तीब्र रुपान्तरण चाहन्छन, अहिले यही तीब्र अन्तरविरोध छ ।
माओवादीले उठाएका एजेण्डा सर्वपक्षीय
सम्मेलन सम्भव देखिएन । त्यसोभए संविधानसभाबाट संविधान प्राप्त गर्ने आशा गर्न
सकिन्छ र?
संविधानसभामा यथास्थितिवादी, पश्चगामी शक्तिहरु र सरकारमा पनि त्यही शक्ति रहिरहेका
अवस्थामा जनताको संविधान बन्ने आशा गर्नै सकिदैंन । जनताको संविधान निर्माण गर्न
नयाँ प्रकारको संघर्ष आवश्यक छ ।
नेकपा–माओवादी शान्ति प्रक्रियाको महत्पूर्ण शक्ति विनाको बन्ने संविधानले
मुलुकले लिने दिशा कस्तो होला रु
ठीकै प्रश्न उठाउनु भयो । हाम्रो
पार्टी शान्ति प्रक्रियाको महत्वपूर्ण अंग हो । संविधान निर्माण गर्ने कुरा पनि
शान्ति प्रक्रियाको अभिन्न अंग हो । महान् जनयुद्धको पनि एउटा महत्वपूर्ण हिस्सा र
शान्ति प्रक्रियाको पनि एउटा हिस्सा नेकपा–माओवादीलाई
पाखा लगाएर संविधान निर्माण गर्ने तथा शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने तथा द्वन्द्व समाधान गर्ने काम कदापी संभव छैन् । जसले
त्यसो गर्न खोजेका छन्, उनीहरुले विनम्रतापूर्वक सोंच्नुपर्छ–
हामे पार्टीलाई पाखा लगाएर शान्ति प्रक्रिया अगाडि बढ्न
सक्तैन, द्वन्द्व समाधान हुन पनि सक्तैन ।
अब सहमतिबाट मुलुक बढ्ने कुनै
सम्भावना छ र?
हामीले कोशिश ग¥यौं, राष्ट्यि सहमतिमा
मुलुकलाई लैजान । संविधानसभा र सरकारमा रहेका दलहरुले यसबारेमा गम्भीरतापूर्वक
सोंच्नुपर्छ । उनीहरुले त्यसो गरिरहेका छैनन् । यो स्थितिमा राष्ट्यि सहमति भएर
अगाडि बढ्ला जस्तो लाग्दैन ।
नेपाली जनता लामो युद्धको
प्रक्रियाबाट थकित देखिन्छन । शान्तिसहित आर्थिक समृद्धि सबैको चाहना छ तर फेरि
पनि नेकपा–माओवादीले कठिन योजना अगाडि सार्दैछ,
यो प्रक्रिया कसरी अगाडि बढ्ला र?
साँचो अर्थमा नेपाली जनता युद्धबाट,
संघर्षबाट केही थकित त निश्चय नै भएका छन्, तर पनि के हो भने जनताको समस्या समाधान हुन सकिरहेको छैन् ।
अहिले जुन संविधान उनीहरुले बनाउँदै छन्, अब
त्यसबाट पनि मजदुर,किसान, दलित,महिला, जनजाति, मधेसी, मुसलमान कसैको पनि हक, अधिकार स्थापित
हुने वाला छैन् । यो अवस्थामा जनता स्वयम्ले फेरि संघर्षमा जनाुपर्छ भन्ने कुरा
निश्चित रुपमा महसुस गर्दछन् । राष्ट्यि स्वाधीनताको रक्षाको प्रश्न पनि गम्भीर
बन्दै गएको अवस्था र देशका तथा विदेशी दलाल तत्वहरुले सरकार, संविधानसभामा हालीमुहाली गर्दै आएको अवस्थामा यसका विरुद्ध
जनता सडकमा उत्रन्छन् । यसका लागि हामीले लामो प्रक्रियामा जानुपर्छ । हामीले
तयारी गर्दै गएपछि जनताले बुझ्दै जान्छन् । नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न
नगरे नेपाली जनताको समस्या समाधान हुन सक्तैन, संघर्ष गर्नैपर्छ । यस प्रक्रियामा हामीलाई जनताको साथ रहन्छ ।
माओवादीले सोंचेको क्रान्तिको मोडेल
कस्तो हो र?
नेपालमा नयाँ जनवादी क्रान्ति
गर्नुपर्छ । किनभने नेपाल अर्ध सामन्ती र अर्ध उपनिवेश छ । अझ नवऔपनिवेशिकताबाट
मुक्त गर्न गर्नका लागि राजनीतिक रुपमा भन्नुपर्दा नयाँ जनवादी क्रान्ति नै हो,
अझ त्यसलाई सामरिक रुपमा भन्नुपर्दा मुख्यतः जनविद्रोहको
प्रक्रियाबाट र त्यसको तयारीबाट अगाडि बढ्नुपर्छ ।
पार्टीभित्रको कार्यदिशाको बहस के हो
रु सबैले बुझ्ने गरी बताइदिनुस न ।
एउटा क्रान्तिकारी पार्टीमा
कार्यदिशाको बहस हुन्छ । हामीले त्यसलाई स्वाभाविक रुपमा लिएका छौं । त्यसलाई
सत्यतथ्य पत्ता लगाउने अनुसन्धान विधिको रुपमा लिएका छौं । मैत्रीपूर्ण र स्वस्थ
रुपमा हामीले बहसलाई अगाडि बढाउनु पर्छ । हामीले अपेक्षा गरे अनुरुपको क्रान्तिकारी
रुपान्तरणको प्रक्रियामा हामी जानुपर्छ र पार्टीलाई पनि क्रान्तिकारी बनाउनु पर्छ
। हाम्रो कार्यदिशालाई समृद्ध गर्न प्रक्रियामा क्रान्तिकारी बनाएर लैजानुपर्छ ।
कार्यदिशाको बहसलाई सही ढंगले संचालन गरेर सही निश्कर्षमा पुग्नुपर्छ ।
पार्टी एकताको आवश्यकता वदलिएको
परिस्थितिमा बढेर गएको हो र?
यो कुरा एकदम ठीक हो । सर्वहारालाई
अगाडि बढ्न नदिनका लागि सबैखाले प्रतिक्रियावादीहरु र मुख्यतःसाम्राज्यवादी
शक्तिहरु तथा अवसरवादी र संशोधनवादी शक्तिहरुले घेराबन्दी गर्ने निश्चित छ । देशमा
हाम्रो पार्टी क्रान्तिकारी भएका कारण यसलाई घेराबन्दी भइररहेको छ । जहिलेसम्म
साम्राज्यवाद युग रहिरहन्छ कहिले अलि बढी कस्सिने र कहिले अलि खुकुलो रुपमा चल्दै
जान्छन ।
ती घेराबन्दीहरुलाई हामीले
दृढतापूर्वक सामना गर्दै जानुपर्छ र यो कुरा आम पार्टीमा प्रशिक्षित गर्दै
जानुपर्छ । पार्टीमा संशोधनवाद किन जन्मन्छ भने संशोधनवादको उत्पत्तिको महत्वपूर्ण
कारण साम्राज्यवादको घेराबन्दी नै हो र यो बारेमा हाम्रो पार्टी पंक्तिलाई राम्रो
तरिकाले प्रशिक्षित गर्दै जानुपर्छ । पार्टी फुटको मूल कारण पनि साम्राज्यवाद नै
हो । यी गहन षडयन्त्र हुँदाहुँदै पनि हामीले पार्टीलाई एकताबद्ध बनाएर लैजान
प्रयत्न गर्नुपर्छ । घोर चुनौती र जटिलता निश्चय नै छन्, ती चुनौती र जटिलता हुँदाहुँदै पनि हामीले हाम्रो पार्टीका नेता तथा
कार्यकर्ताहरुलाई सतर्क बनाउँदै पार्टीलाई कसरी रुपान्तरण गर्ने र एकताबद्ध
तुल्याउने भन्नेबारेमा सबैलाई होम्न जरुरी छ र त्यो सकिन्छ र सक्नुपर्छ ।
पार्टीमा द्वन्द्वात्मक विधि के हो
रु कम्युनिस्टहरु सधैं एकता, संघर्ष र
रुपान्तरण नभई फुटमा परिणत भएका छन् । त्यसो भएको हुँदा कम्युनिस्ट पार्टीको
संचालनको द्वन्द्ववादी मान्यता बताइदिनुस न र?
एउटा कम्युनिस्ट पार्टीमा के बुझ्नुपर्छ
भने विचार संघर्ष वा दुइृ लाइन संघर्ष अन्तरसंघर्ष हुन्छ र हुनुपर्छ । यसलाई
स्वाभाविक अर्थमा लिनुपर्छ । पहिलो कुरा यसलाई वर्गदुश्मन र अवसरवादीले फुटतिर
लैजान खोज्छन । यसबाट हामी सतर्क हुनुपर्छ ।
पार्टी सञ्चालन गर्ने दुई वटा विधि
छन् । एउटा दार्शनिक विधि– दार्शनिक विधि
भनेको एकता, संघर्ष र रुपान्तरण हो । पार्टीमा
सही र गलत विचारका बीचमा, सही प्रवृत्ति र
गलत प्रवृत्तिका बीचमा संघर्ष निरन्तर रुपमा हुन्छ । गलत प्रवृत्तिहरुलाई
सच्याउँदै र बदल्दै वा रुपान्तरित हुँदै जानुपर्छ । हामीले चीनको इतिहासमा देखेका
छौं । शुद्धीकरण आन्दोलनलाई सशक्त बनाउनु पर्छ । पार्टीभित्रका तमाम गलत चीजहरुका
विरुद्ध एउटा शुद्धीकरण आन्दोलनको जरुरत पर्छ । व्यवस्थित रुपमा अहिले नै
शुद्धीकरण सम्भव होला जस्तो लाग्दैन । तर, आम रुपमा
हामीले शुद्धीकरण अभियान चलाउनु पर्छ । रुपान्तरण गर्ने विधि एकता, संघर्ष र रुपान्तरणको विधि हो । एउटा शुद्धीकरण अभियानका
बीचबाट नै यसलाई अगाडि लैजान सकिन्छ । यो दार्शनिक पक्ष हो । अर्को विधि जनवादी
केन्द्रीयताअनुसार चल्नुपर्छ । जनवादको पनि प्रचुर अभ्यास हुनुपर्छ ।
केन्द्रीयताको पनि यहाँ अभ्यास हुनुपर्छ । जनवादी केन्द्रीयताको नियमलाई
द्वन्द्वत्मक तरिकाले अगाडि लैजानुपर्छ । अर्कातिर अनुशासन र केन्द्रीयतालाई पनि
ग्यारेण्टी नगरी हुँदैन । जनवाद केन्द्रीयताद्वारा निर्देशित भएको हुनुप¥यो,अनि मात्र ठीक ढंगले अगाडि बढेर
जान्छ । केन्द्रीयता फेरि जनवादको जगमा खडा भएको हुनुपर्छ । जनवादी केनद्रीयताको
द्वन्द्वात्म सम्बन्धबाट नै पार्टीका समस्याहरु हल गर्दै हामी अगाडि बढ्न सक्छौं ।
त्यसैले एकता, संघर्ष र रुपानतरणको दार्शनिक विधि र
जनवादी केन्द्रीयताको सामूहिक विधि यी दुई वटा विधिलाई दृढतापूर्वक अवलम्बन गरेर
नै पार्टीलाई हामी रुपानतरण गर्नसक्छौं ।
दश वर्ष जनयुद्ध र माओवादीबाट ठूलो
अपेक्षा गरेका जनता, कार्यकर्तामा यतिवेला चरम निराशा र
वितृष्णा छ । यस्तो जटिल स्थितिमा आन्दोलन कसरी संगठित हुन्छ होला ?
अब यो प्रश्न पनि निकै महत्वपूर्ण छ
। जनताको एउटा पंक्तिमा निराशा निश्चित रुपमा छ । कार्यकर्ताको पंक्तिमा पनि छ ।
पार्टीमा पनि एउटाखालको निराशा छ । किनभने दश वर्षको महान जनयुद्धबाट नेपालमा
जनवादी राज्यसत्ता स्थापना हुने, समाजवाद र
साम्यवादको दिशामा अगाडि बढ्ने जुन अपेक्षा थियो, त्यो पूरा हुन सकेको छैन् । नेतृत्वको एक तहले एक प्रकारले धोका दियो ।
जनयुद्धले धक्का खाएको छ । यो अवस्थामा निराशा हुनु एक प्रकारले स्वाभाविक नै हो ।
अहिले निराशा मुख्य हो कि आशा रु
निश्चय नै आशा नै छ । निराशा मुख्य प्रवृत्ति होइन । क्रान्तिकारी आशावाद मुख्य हो
। क्रान्तिमा हारजीत भई नै रहन्छ । कम्युनिस्टहरु निरन्तर लडिरहने सिपाही हुन ।
अहिले नै जित्नुपर्छ भन्ने त हुँदैन नि । हारजीतको शृंखलाको बारेमा लेनिनले
भन्नुभएको छ, हारेका सिपाहीहरु अझ राम्ररी
सिक्दछन् ।
हामीले विगतका हारबाट सिकेर अगाडि
बढ्नुपर्छ । असफलता नै सफलताको आमा भनिन्छ । तातै खाउँ र जल्दी मरौं र उपयोगितावाद
प्रवृत्ति, तुरुन्त क्रान्तिको फल चाख्नुपर्छ
भन्ने प्रवृत्ति गलत छ । जिन्दगीभरि त्याग गर्नुपर्छ । पहाड पल्टाउने मूर्ख बूढो
मान्छेको चिनियाँ कथा पढ्नै भएको छ । क्रान्तिमा पनि निरन्तर दृढतापूर्वक अगाडि
बढ्नुपर्छ । तातै खाउँ जल्दी मरौं भन्ने कुराले ठीक ठाउँमा लैजादैंन । त्यसैले
विगतका हारबाट राम्ररी पाठ सिक्नुपर्छ । हारियो भनेर निराशा र पलायन हुने
प्रवृत्तिका विरुद्ध दृढतापूर्वक संघर्ष गर्नुपर्छ । शीघ्र विजयको कुरा गर्नु पनि
गलत हुन्छ । द्वन्द्वान्त्मक भौतिकवाद, र
ऐतिहासिक भौतिकवादलाई ठीक ढंगले अवलम्बन गर्दै जनताको बीचमा हामी पुगेर झाँगिएर
फेरि राम्रो तरिकाले क्रान्ति गर्नसक्छौं । तयारी गर्नुपर्छ, नेपालमा क्रान्ति आवश्यक छ । संभव पनि छ । विगतमा धोका
दिएकाले हामीले धोका दिन्छौ कि भनेर कुरा उठ्ला । त्यो एक दुईले ग्यारेण्टी गर्ने
कुरा होइन । पार्टी भनेका सामूहिकताका आधारमा जाने हो । पुरानोबाट शिक्षा लिएर
जानुपर्छ । अन्तरविरोधहरु छन् । समस्या छन् । त्यसखालका समस्या समाधानका निम्ति
क्रान्ति आवश्यक छ । जनताले पनि साथ दिन्छन भन्ने क्रान्तिकारी आशावादले समृद्ध
भएर अगाडि बढ्नुपर्छ ।
पार्टीमा आत्मगत स्थिति कमजोर
देखिएको छ । यस्तो परिवेशमा विद्रोहात्मक ढंगले क्रान्ति गर्ने कुरा सम्भव छ र?
हाम्रो आत्मगत अवस्था कमजोर नै छ ।
हामीभित्र केही कमजोरी छन् । कमीकमजोरीमाथि विजय प्राप्त गर्दै जाने र पार्टीलाई
अनुशासित बनाउँदै जाने हो भने आत्मगत स्थितिलाई माथि उठाउन सक्छौं । विद्रोह अहिले
हुनुपर्छ भन्ने होइन । विद्रोह आफ्नो तरिकाले हुन्छ । विद्रोह, क्रान्ति भन्ने कुरा हाम्रो इच्छाले मात्र हुने होइन । हाम्रो
इच्छा त समाजवाद, साम्यवाद स्थापना गर्ने हो । हामी त
अहिले पुँजीवादी क्रान्ति गरिहरहेका छौं । इतिहासका नियमहरु, इतिहासका अवस्थाहरु, उत्पादक
शक्ति, उत्पादन सम्बन्धका कुराहरु यो सबैलाइृ तोडेर
एकै छिनमा अहिल्यै नै भन्ने हुन्न, तयारी गर्नुपर्छ
। राम्रोसँग तयारी गरेपछि यो सम्भव छ, हुन्छ ।
त्यसैले अहिले नै चाहियो भन्ने कुरा हुँदैन । क्रान्ति अहिले चाहियो भनेर त्यो
सम्भव छैन । तयारी गर्नुपर्छ, सम्भव छ । तिफदी
Source:Jhilko.com
0 comments