क्रान्तिकारी रुपान्तरण सहितको माओवादी एकताले मात्र विजयको इतिहास दोहोर्याउन सक्छ – साहस न्यौपाने


सिधा अर्थमा भन्ने हो भने १२ बुँदे समझदारी र अन्तरिम संबिधानको मर्म भनेको १० बर्षे जनयुद्ध र दोस्रो जनआन्दोलनले उठाएका आम शोषित पीडित जनताका मुद्धाहरुलाई संबिधान सभा मार्फत संविधानका रुपमा स्थापित गर्नु नै हो । परिवर्तनका पक्षधर शक्तिहरुको नेतृत्वमा स्थापित पहिलो संबिधान सभाको बिघटन सँगसँगै दश बर्षीय जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मुद्धाहरुलाई कानुनीकरण तथा लिपीवद्ध गर्ने संभावना लगभग समाप्त भैसकेको थियो । परिवर्तनकारी शक्तिहरुलाई पन्छाएर जनयुद्ध र जनआन्दोलनले अघि सारेका मुद्धाहरुलाई किनारा लगाउने षड्यन्त्रलाई नजिकबाट बुझेको नेकपामाओबादीले कथित संविधान सभा भाग २ को निर्बाचन बहिस्कार गरेर आफ्नो राजनैतिक दुरदर्शिता त्यतिबेला नै पुष्टी गरिसकेकोमा कसैको दुइमत नहोला ।
ठुलो भिड र हल्लाखल्लाको पछि दौडिन पाउदा आफु शक्तिशाली भएको ठान्ने एमाओबादीले हिजो संगै जनयुद्ध लडेको शक्ति (नेकपामाओवादी) लाई माइनस गरेर हेलिकप्टरमा चढ्दै आकाशमा रमाउनुको नतिजा अहिले भोग्दै छ । संबिधान सभाको दोस्रो निर्बाचन ताका सडकमा ठुला ठुला भिड जम्मा पारेर आकासबाट आफ्नै सहयोद्धाहरुलाई समेत चरो मुसो बराबर ठान्ने÷देख्ने एमाओबादीको दम्भले अहिले परिबर्तन विरोधी, यथास्थितीवादी एवं प्रतिगामी शक्तिहरुलाई बल पुगिराखेको छ । प्रचण्डबाबुरामले गम्भीर आत्मसमीक्षा गर्दै इतिहासबाट पाठ सिकेर फेरी एकचोटी जनताको बीचमा जाने हिम्मत राख्ने हो भने माओबादी आन्दोलनलाई सुदृढ र एकताबद्ध बनाउने सम्भावना अझै पनि ज्युँदो छ । यदि त्यस्तो होइन र  विभिन्न जालझेल गरेर ठुलो शक्ति बन्ने अनि कालो कोट लगाएर उही संसद किनबेचको घृणित खेलमा लाग्ने मनसाय नै हो भने अब उनीहरुले माओबादी आन्दोलनमा कुनै स्थान नपाउने लगभग निश्चित छ । एकीकृत माओबादीले पार्टीको हेटौडा अधिबेशनबाट लिएको नयाँ एमालेकरणको यात्रा पूर्णत खारेज गरेर साँच्चैको माओबादी पार्टी बनाउन तयार हुने हो भने सबै माओबादी पार्टीहरु एकताबद्ध हुने सम्भाबना अझै पनि कायम नै छ ।
माओबाद मान्ने शक्तिहरु आफैमा विभाजित हुदा नेपाली राजनितिमा परिवर्तन बिरोधी तथा प्रतिगामी शक्तिहरु क्रान्तिकारी तप्का एवं परिवर्तनकामी शक्तिहरुमाथि हाबी भएको यथार्थलाई आत्मसात गरेर सबै माओबादी पार्टीहरु एकता, संघर्ष र रुपान्तरणको प्रक्रियालाई मनन गर्दै पार्टी शुद्धिकरण र सुदृढिकरण तर्फ अग्रसर नहुने हो भने परिबर्तन बिरोधी शक्तिहरु नेपाली राजनितिमा अझै हाबी हुदै जाने र बहुसंख्यक शोषित पीडित जनताहरुमाथि अझ उत्पीडन मच्चाइरहने निश्चित प्रायः छ । यदि त्यसो भयो भने सबै प्रकारका माओबादी पार्टीहरु इतिहासको पानामा सिमित हुने दिन नआउला भन्न सकिदैन । माओबादी पार्टीका नेता तथा कार्यकर्ताहरुले यो तथ्यलाई अस्वीकार गरेर सैद्धान्तिक तर्कको हतियार प्रयोग गरि एकले अर्कालाइ पखाल्न र पछार्न तिर लागि आफ्नै आङ कन्याएर छारो उडाउनमा मात्रै केन्द्रीत हुनु भनेको सर्वहारा वर्ग प्रतिको गद्धारी नै हो । एकता, संघर्ष र रुपान्तरण सहितको माओबादी एकताले नै हिजोको जस्तै ठुला ठुला बिजयको स्वर्णिम इतिहासको रचना गर्न सक्छ भन्ने कुरा हामी सवैले आत्मसात गर्न जरुरी छ ।

एमाओबादीका नेता तथा कार्यकर्ताहरुले उनीहरुले नै घोक्ने गरेको सही कुराको सही बिश्लेषण लाई व्यवहारमा लागु गर्न सक्ने हो या चाहने हो भने नेकपामाओबादीले अघि सारेको जालझेल पूर्ण ढंगले गठन गरिएको संबिधान सभा २ बिघटन गरी बृहत राजनितिक सम्मेलन मार्फत अग्रगामी नयाँ संबिधान बनाउने प्रस्तावमा सहमत हुदै प्रतिगामी शक्तिहरुको मतियार बनेको कथित संबिधान सभाबाट बाहिर निस्कएर जनताको बीचमा राष्ट्रियता तथा जनजीविकका सवालहरुलाई समेटी संघर्षका कार्यक्रमहरु लिएर जान सक्नुपर्छ । एकातिर भत्ता पनि पचाइरहने र अर्कातिर सडकमा पनि निस्किएर देला र खाउलाको भावमा रोइकराई गरिरहनुको कुनै औचित्य छैन ।

, ,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates