जनप्रगतिशील मोर्चा, युएईले विप्लवलाई समर्थन गरेको छैन (विज्ञप्तीसहित)

नेपाली जनप्रगतिशील मोर्चा, युएई
केन्द्रिय समिति
प्रेस विज्ञप्ती
मितिः ३० जनवरी २०१५

देश यतिखेर संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको छ । दश बर्षसम्म चलेको भीषण र एकतावद्ध जनसंघर्ष एवं जनयुद्ध विभिन्न समयमा भएको टुटफुट तथा गुट उपगुटहरुका कारण थिलोथिलो हुने अवस्थामा पुगेको छ । शोषित पीडित एवं थिचोमिचोमा परेका आम उत्पीडित बर्गका हक अधिकारका मुद्धाहरु वेवारिसे अवस्थामा छन् भने जनवादी क्रान्ति पुरा गर्ने कार्यभारलाई असरल्ल छोडेर मात्र नेता बन्न तँछाड र मछाड गरिरहेका छन् । यसैक्रममा केही समय पहिले नेकपा–माओवादीमा देखिएको दुइ लाइन संघर्षका कारण नेत्रविक्रम चन्दले पार्टी फुटाई आफ्नै नेतृत्वमा अर्कै पार्टी गठन गरिसकेपछि नेकपा–माओवादीको जनवर्गीय संगठनको रुपमा नेपाली जनप्रगतिशील मोर्चा, युएईमा पनि समस्या देखिदै आएकोमा आज मिति ३० जनवरी २०१५ का दिन केही फुटवादी व्यक्तिहरुले छापामार शैलीमा गरेको गुटको जमघटलाई केन्द्रिय समितिको हवाला दिदै कार्यवाहक अध्यक्ष रामशरण कडरियाको नामबाट  नेपाली जनप्रगतिशील मोर्चा युएईको लेटर प्याड प्रयोग गरि प्रकाशित विज्ञप्तीप्रति नेपाली जनप्रगतिशील मोर्चा, युएई केन्द्रिय समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
तथाकथित विज्ञप्तीमा भनिए झै नेपाली जनप्रगतिशील मोर्चा युएईले नेत्रविक्रम चन्दद्धारा नेतृत्व गरिएको नेकपा माओवादीलाई समर्थन गरेको भन्ने कुरा सरासर निराधार, कपोलकल्पित र झुठो हो । केही अराजक व्यक्तिहरुले सनकको भरमा यसरी संगठनको नाम प्रयोग गरि चालिएको घृणित र दुस्साहस पुर्ण कुकृत्यको नेपाली जनप्रगतिशील मोर्चा, युएई घोर भत्र्सना गर्दछ । साथै नेपाली जनप्रगतिशील मोर्चा, युएई मोहन वैद्य (क. किरण) अध्यक्ष रहेको नेकपा–माओवादीको मात्र जनवर्गीय संगठन रहेको र  नेकपा–माओवादीकै समर्थनमा रहेको जानकारी गराउदै सम्पुर्ण सदस्यहरु, समर्थक तथा शुभेच्छुकहरुलाई अनावश्यक भ्रममा नपरी एकताबद्ध भएर अघि बढ्न हार्दिक अनुरोध गर्दछौ ।
क्रान्तिकारी अभिवादन सहित !


काशी काफ्ले
(अध्यक्ष)
नेपाली जनप्रगतिशील मोर्चा, युएई
केन्द्रिय समिति

,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates