वैद्य–विप्लव फूटे, शहिद गाउँ फूटेन

- नवीन लोचनमगर
रोल्पा, पुस २८–माओवादी जनयुद्धको उद्गमस्थल रोल्पामा अहिले वैद्य माओवादी र विप्लव माओवादीमा कसले धेरै कार्यकर्तालाई आफ्नो पक्षमा पार्ने भन्ने दौडधुप चलेको छ ।

शीर्षस्थ नेताहरु गाउँस्तरसम्म पुग्ने र आफ्नो पक्षमा कार्यकर्ताहरुलाई फकाउने क्रम चलिरहेकै बेला शहिद गाउँको रुपमा परिचित रोल्पाको जेल्बाङका वैद्य निकट कार्यकर्ताहरुले भने फूटपछि पनि आफूहरु वैद्यमै रहेको एक विज्ञप्ती मार्फत् सार्वजनिक गरेका छन् ।
शिर्षस्त नेताहरु गाउँस्तरसम्म पुग्ने र आफ्नो पक्षमा कार्यकर्ताहरुलाई फकाउने क्रम चलिरहेकै बेला शहिद गाउँको रुपमा परिचित रोल्पाको जेल्बाङका वैद्य निकट कार्यकर्ताहरुले भने फूटपछि पनि आफूहरु वैद्यमै रहेको एक विज्ञप्ती मार्फत् सार्वजनिक गरेका छन् ।
माओवादी आन्दोलनमा सबैभन्दा धेरै ६३ जनाले ज्यान गुमाएका जेल्बाङका वैद्य माओवादी कार्यकर्ताहरुले आफूहरु घरमै रहेको जनाएका हुन् । स्थानीय इलाका इन्चार्ज टीकाबहादुर बुढामगर र सेक्रेटरी साङ्ले पुनमगरले संयुक्त रुपमा विज्ञप्ती जारी गरी मोहन वैद्य किरणले नै क्रान्तिको बाँकी कार्यभार पुरा खगर्ने ठोकुवा समेत गरेका छन् ।
वैद्य नेतृत्वको माओवादी जिल्ला कमिटी विप्लवमा मिसिएको भनिए पनि तत्कालिन जिल्ला सेक्रेटरी आशबहादुर पुन र कपिलबस्तुका सहसेक्रेटरी धनबहादुर पुनको सहभागितामा गाउँ कमिटीको बैठक बसी यस्तो निर्णय सार्वजनिक गरेको इन्चार्ज टीकाबहादुर बुढाले जानकारी दिए ।
विज्ञप्तीमा विप्लवको नेतृत्वमा भएको पार्टी विभाजन नितान्त असान्दर्भिक र औचित्यहिन भएको बताइएको छ । साथै विप्लव माओवादी वाम रुपको दक्षिणपन्थी अवसरवादी प्रवृतिबाट प्रेरित रहेकोले गम्भिर दुर्घटना मात्र होइन सिंगो नेपाली कम्युनिष्ट आन्दोलनलाई धरापमा पार्ने भन्दै त्यसको सशक्त विरोध गरिने विज्ञप्तीमा उल्लेख छ ।
किरणले लिएको जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा नै सही भएको भन्दै एकजुट हुने समयमा फुटतिर जाँदा माओवादी आन्दोलन धरापमा पर्दै गइरहेको बताइएको छ ।
साथै ६३ जना शहिदका परिवार, वेपत्ता, घाइते, अपांगलगायत सबैको सपना पुरा गर्न आफूहरु ज्यान दिएर लाग्ने समेत नेतृत्वलाई वचन दिएका छन् ।
source:ratopati.com

,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates