जनप्रगतिशील मोर्चाले दुबई क्षेत्रिय समितिको पुर्नगठन सहित २० औ जनयुद्ध दिवस मनायो (भिडियो सहित)

उत्तम वि.क.
दुबई÷नेपाली जनप्रगतिशिल मोर्चा युएईले २०औ जनयुद्ध दिबस युएईको बरदुबई स्थित सिन्ध पन्जाब रेष्टुरेन्टमा यही २० फेब्रुअरी २०१५ शुक्रबारका दिन भब्यताका साथ सम्पन्न गरेको छ ।

मोर्चाका अध्यक्ष काशी काफ्लेको सभापतित्वमा संचालित उक्त कार्यक्रमको प्रमुख आतिथित्यता मोर्चाका प्रमुख सल्लाहाकार हरि नेपालीले गरेका थिए भने सल्लाहकार साहस न्यौपाने विशेष अतिथी रहेका थिए । देश र जनताको लागि जीवनोत्सर्ग गर्ने ज्ञातअज्ञात शहिदहरु प्रति १ मिनेट मौन धारण गर्दै शुरु भएको कार्यक्रमको सञ्चालन मोर्चाका महासचिब उत्तम बिकले गरेका थिए । १० बर्षे जनयुद्धका क्रममा सहादत भएका जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेल लगायतका शहिदहरुको तस्बिरमा माल्र्यापण गर्दै शुरु गरिएको कार्यक्रममा सभापति र प्रमुख अतिथीले २० ओटा मैनबत्ती जलाएर कार्यक्रमको औपचारिक उदघाटन गरेका थिए । १० बर्षे जनयुद्धमा प्रत्यक्ष सहभागी हुदै जनमुक्ति सेनामा लामो समयसम्म काम गरेका पुर्व जनमुक्ति सेनाका कमाण्डर तथा नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष अर्जुन सुबेदीको स्वागत मन्तब्य बाट अगाडी बढेको कार्यक्रममा मोर्चाकै अर्का केन्द्रिय सदस्य तथा पुर्व जनमुक्ति सेनाका कमान्डर मिलन तिरुवाले नेतृत्व तहबाट भएको गद्धारीको कारण अहिले महान जनयुद्धको उपलब्धिहरु एक पछि अर्काे गर्दै गुम्ने अबस्थामा पुगेकोले त्यसको खबरदारी गर्दै अगाडी बढ्नुको बिकल्प नरहेको र फुट तथा दक्षिणपन्थी अबसरबादको भण्डाफोर गर्नु पर्ने बताएका थिए । मन्तब्यकै क्रममा मोर्चाका सदस्य राम प्रसाद गौडेलले सच्चा क्रान्तिकारी पार्टी नेकपामाओबादी मात्र भएकोले सबै परिबर्तनकारी बामपन्थी शक्तिहरु एक हुनु पर्नेमा जोड दिएका थिए । मोर्चाका केन्द्रिय सचिव नारायण पाठकले पार्टी फुटको कारणले गर्दा महान जनयुद्धको मुख्यमुख्य बिषयहरु गुम्दै गएको र त्यसको प्रत्यक्ष फाईदा अबसरवादी नेपाली काग्रेस, एमालेलाई पुगेको हँुदा सम्पुर्ण माओबादी शक्तिले बेलैमा सोच्नु पर्ने बताएका थिए ।

मोर्चाले आयोजना गरेको उक्त कार्यक्रममा जनयुद्धकालदेखि हालसम्म निरन्तर जिम्मेवारीमा रहेर काम गर्दै आएका मोर्चाका अर्का केन्द्रिय उपाध्यक्ष यम सारु मगरले नेतृत्वले सहि भिजन लिन नसक्नु, पार्टीमा अन्तरसंघर्षको समाधानको सट्टा बिभाजन हुनु जस्ता कारणले गर्दा अराजक तत्वलाई फाईदा र पार्टीलाई पतनको सँघारमा पु¥याउने बताएका थिए । यसै क्रममा कार्यक्रमका बिशेष अतिथी साहस न्यौपानेले ६ बुँदे अबधारणालाई मानेर आएमा एमाओबादीसँग सहकार्य गर्न सकिने तथा बैचारिक, सैद्धान्तिक आधार विना सम्बन्धबिच्छेद गरेका बिप्लब पक्षधर माओबादीले भने झै रातारात क्रान्ति सफल हुन नसक्ने बताएका थिए ।
नेपाली जनप्रगतिशील मोर्चाले उक्त कार्यक्रमका वीच दुबई क्षेत्रिय समितिको समेत पुर्नगठन गरेको छ । राम प्रसाद गौडेलको अध्यक्षतामा गठन गरिएको २१ सदस्सीय समितिमा एक जना पछि थप्ने जनाइएको छ । जसको उपाध्यक्षमा बिकास श्रेष्ठ, सचिबमा श्रवण खत्री, सहसचिबमा कपिल काफ्ले, कोषाध्यक्षमा जय गदाल रहेका छन भने सदस्यहरुमा दिपक पाण्डे, दिनेश न्यौपाने, लक्ष्मी खाती, जितमान थापा, कृष्ण ढकाल, रमेश महतारा, कपिल माझी, सन्तोष श्रेष्ठ, राजेन्द्र बिक, किरण गुरुङ, सन्देश बिक, प्रभात भुषाल, रमेश महतारा, राजु खत्री, बिराज धामी रहेका छन् । यसरी जनयुद्ध दिबसको अबसर पारेर आयोजना कार्यक्रममा प्रमुख अतिथि हरि नेपालीले १४ हजार भन्दा बढी नेपाली आमाका छोराछोरीको बलिदानीको कदर गर्दै विं संं.२०५२ साल देखि शुरु भएको महान जनयुद्धले १९औ बसन्त पार गर्दै २० औ बर्षसम्म आईपुग्दा जे जती उपलब्धीहरु हासिल भए त्यसको रक्षा गर्दै आगामी दिनहरुमा फुटबादको भण्डाफोर गर्दै शहिदको अधुरा सपना पुरा गर्ने अठोटका साथ अघि बढ्नु पर्ने बताएका थिए । कार्यक्रमको समापन गर्दै मोर्चा अध्यक्ष एवं कार्यक्रमका सभापति काशी काफ्लेले नेपालको तत्कालिन राजनैतिक अबस्थाका बारेमा प्रकाश पार्दै एमाओबादीले दोश्रो संम्बिधान सभाको औचित्य समाप्त भएको घोषणा गर्दै नेकपामाओबादी सँग सहकार्य गरी अघि बढ्नुमा नै हितकर हुने बताउदै कार्यक्रममा उपस्थित भई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए ।

, ,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates