आज वासु स्मृति दिवस देशभर मनाईदै, को हुन् वासु ?

काठमाडौं, भदौं २३ । आज वासु स्मृति दिवश । महान् सहिद सुरेश वाग्ले ‘वासु’को आज स्मृति दिवस देशभर मनाईँदै छ । २०५६ साल भदौ २३ गते गोरखाको गाँखु गाविसमा वाग्लेको हत्या भएको थियो । उहाँलाई प्रहरीले नियन्त्रणमा लिई गोली हानी हत्या गरेको थियो । जनयुद्धको क्रममा उच्च शहादत प्राप्त एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीका तत्कालिन वैकल्पिक पोलिटब्युरो सदस्य क। सुरेश वाग्ले ९वासु० को जन्म गोरखाको आँपपिपल गा.वि.स. -५ स्थित रातडाँडा भन्ने गाउँमा वि.सं. २०१० साल भाद्र २४ गते बुधबारका दिनमा स्वर्गीय पिता भोजराज वाग्लेका जेष्ठ सुपुत्रका रुपमा स्वर्गीय माता दुर्गादेवी वाग्लेको कोखवाट भएको थियो ।
गरिव किसान परिवारमा जन्मिएका क। सुरेश बाल्यावस्थामा भौतिक रुपमा अत्यन्तै कमजोर तर कुशाग्रबुद्धिका हुनुहुन्थ्यो । ६ वर्षको उमेरमा संस्कृत शिक्षा पढ्नका लागि मावली घर गोरखाकै बक्राङ गएका क। वासुले त्यही मामा घरमै वसेर साहिला हजुरवा श्री गणेशप्रसाद अर्याल ९काना गुरु०सँग कक्षा ७ बराबरको औपचारिक शिक्षारम्भ हाँसिल गरेका गर्नुभएको थियो । पछि वि। सं। २०२४ सालमा काठमाडौंमा आएर रानीपोखरी स्थित भानु मा।वि। बाट कक्षा ८ मा मध्यमा द्धितिय श्रेणीमा उत्तिर्ण गरे । 
त्यसैगरि रानीपोखरी संस्कृत छात्रवासमा बसेर वि। सं। २०२८ सालमा वाल्मीकी क्याम्पसवाट उत्तर मध्यमा र वि। सं। २०३० सालमा शास्त्री सम्मको अध्ययन पनि नियमित रुपमा पूरा गर्नुभएको थियो । त्यसैक्रममा वि। सं। २०२७ सालबाटै उनी नेपाल र नेपालीको मुक्तिको लागि र देशीय सामन्तवादी, संशोधनवादी पूजिवादी शासकहरु, स्वतन्त्र राष्ट्रको सार्वभौमसत्तामाथि नाङ्गो हस्तक्षेप गर्ने भारतीय विस्तारवादी शासकवर्ग र अमेरिकी साम्राज्यवादका विरुद्ध लड्ने एकमात्र क्रान्तिकारी पार्टी नेपाल कम्युनिष्ट पार्टी प्रति आकर्षित पुग्नुभएको थियो । 
त्यतिबेलै उनले द्धन्द्धात्मक ऐतिहासिक भौतिकवाद, कम्युनिष्ट घोषणा पत्र, माक्र्सवादी शिक्षा र लेनिनका क्रान्तिकारी ग्रन्थहरुको अध्ययन गर्नुका साथै माओका संकलित रचनाहरुको समेत अध्ययन गरेर आफूलाई पनि समाज परिवर्तनको महान् क्रान्तिकारी बाटोमा दौडाइ सक्नुभएको थियो । सृजनशील क्षमता र सहि विश्लेषण गर्न सक्ने तागत भएका क। वाग्ले विद्यार्थी अवस्था देखि क्रान्तिकारी संगठन ९गण्डकी विद्यार्थी परिषद्० मा आवद्ध भई त्यसको सचिव समेत हुनुभएको थियो ।
 उहाँले त्यसबेला गण्डकी विद्यार्थी संगठनको मुखपत्र लालुपातेमा म्याक्सिम गोर्कीको बारेमा संश्लेषणात्मक लेख समेत छपाउनुभएको थियो । वि। सं। २०३१ सालमा आफ्नै गृह जिल्ला गोरखा फर्किएर वि। सं। २०३२ मा आफ्नै गाउँ आँपपीपलको जनता मा। वि। मा शिक्षण पेशामा आवद्ध भएतापनि क। वाग्ले तत्कालिन ने।क।पा। मसालमा आवद्ध भई सकेका थिए । उनी नै आँपपिपल क्षेत्रमा कम्युनिष्टहरुको बिजारोपण गर्ने पहिलो व्यक्ति पनि हुनुहुन्छ ।
 वि। सं। २०३४ सालमा नेकपा चौमको पार्टी सदस्यता लिएका वाग्ले तत्कालिन शिक्षकहरुको छाता संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन तदर्थ समिति गोरखाको सचिव पदमा वि। सं। २०३६ सालमा उनी लगभग गोरखामा क्रान्तिकारी शिक्षकको नेता बनिसक्नुभएको थियो । वि। सं। २०३५र३६ साल तिर गोरखाको हंसपुर गाविसको ज्ञान ज्योति मा।वि। मा सरुवा भएका क। सुरेश वाग्लेसँग त्यहाँ टुक नाथ अधिकारी, तुलसी खनाल , विन्देश्री यादव, ऋषि अधिकारी आदि सरहरु कार्यरत थिए ।
दिउँसो उनीहरु विद्यालयको शिक्षणलाई अनुशासित ढंगले अगाडी बढाउदै विहान र बेलुका स्थानिय जनताहरुलाई अन्याय र अत्याचारको विरुद्ध गोलबन्द गराउदै गरिव र निमुखाको राज्य ल्याउने माक्र्सवादी शिक्षाले प्रशिक्षीत र संगठीत गर्दै लान्थे । उनीहरुका यस्ता क्रान्तिकारी गतिविधिहरुलाई पंचायतका भरौटेहरुले देखि सहेनन् । अनेक बाहना बनाएर यी संगठित शिक्षकहरुलाई पंचका भरौटेबाट षड्यन्त्रमुलक ढंगले तितरवितर बनाइयो । क। वाग्ले पुनस् जनता मा। वि। आँपपीपलमै सरुवा हुनुभयो ।
त्यसपछि विद्यार्थीका कलिला दिमागमा ज्ञानको ज्योतिको सट्टा दमन, पक्षपात, पिडा र यातना दिइयो । कांग्रेसको भर्तीकेन्द्र बनेर विरोधी ९ अखिल० विद्यार्थीहरुलाई झुट्टा आरोप लगाउने, यातना दिने, २(३ वर्ष नियोजित ढंगले फेल गरिदिने गुण्डा लगाएर पिटाउने, खेद्ने जस्ता अत्यन्तै बर्बर दमन गरियो । पिडा सहेर ज्ञान ज्योतिमा अखिलका विद्यार्थीहरुले आफ्नो अध्ययनलाई अगाडी बढाए ।
 धेरै प्रतिकार गरेमा आफ्नो भविष्य नै खत्तम हुने डरले धेरै विद्यार्थीहरु त्राहीत्राहीमा पढ्न विवश भए । वि। सं। २०३७ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठन गोरखाको पहिलो जिल्ला अधिवेशनमा सचिव पदमा क। वाग्ले निर्वाचित हुनपुग्नुभयो ।त्यसपछि उनी ने।रा।शि।संगठन गोरखाबाट केन्द्रीय प्रतिनिधि बन्नुभयो ।ने।रा।शि।संगठनको प्रत्येक बैठकमा क। वाग्ले पार्टीको लाइन लिएर जानु हुन्थ्यो र प्रस्तावित त्यो लाइनको सही विश्लेषण गरी बैठकमा पास गराउने अग्रिम रोल खेल्नु हुन्थ्यो ।यसरी यस क्षेत्रमा कम्युनिष्टको नेतृत्व गरेकै कारणले तत्कालिन पञ्चे सरकारले क। वाग्लेलाई अस्थायी शिक्षकको रुपमा रहन बाध्य पारिरह्यो । स्थायी हुनै दिएन । 
आफ्नो घरायसी र व्यक्तिगत समस्यालाई उहाँ शिक्षक संगठन र कम्युनिष्ट पार्टीको समस्याको तुलनामा जहिले पनि गौण ठान्नुहुन्थ्यो । पार्टी र संगठनको समस्यालाई प्रधान समस्याको रुपमा लिन्थे । वि। सं। २०४१ सालमा गोरखा जिल्लाका तत्कालिन पञ्चेका दुतहरुले उनलाई “ने।रा।शि। संगठनबाट राजीनामा दिए मा।वि। स्थायी शिक्षक बनाईदिन्छौं, बरु स्थायी भएपछि तपाई पुनः ने।रा।शि। संगठनको जिम्मेवार सदस्य भएपनि त्यसमा हामीलाई कुनै मतलव छैन र तपाईले राजीनामा दिएको कुरा पनि गोप्य राख्छौं” भन्दा पनि क। वाग्ले ने।रा।शि।संगठनमा रहेर अस्थायी नै बस्नु परेपनि ठीक छ, म आफ्नो नैतिकतालाई धरौटी राखेर स्थायी शिक्षक बन्ने मेरो नैतिकताले दिंदैन भनि पञ्चेका दुतहरुको प्रस्तावलाई सिधै अस्विकार गर्नुभएको थियो । कठोर साधना र तपस्यापछि वि। सं। २०४६ र ४७ को आन्दोलन पछि उहाँ स्थायी शिक्षक बन्नपुग्नुभयो ।
१७ वर्षसम्म शिक्षण पेशामा अविच्छिन्न सेवा गरेका वाग्लेलाई पञ्चायती शासकहरुले त्यसबेला सम्म स्थायी हुन दिएका थिएनन् । उल्टै उहाँले “उग्रवादी” को विल्ला भिर्नुपरेको थियो । उग्रवादी आरोपकै कारण वि। सं। २०३६ सालमा प्रहरी खोरमा परेका कारण उहाँ स्थायी हुन पाउनुभएको थिएन । वि। सं। २०४७ सालको प्रतिनिधि सभाको चुनावमा एकता केन्द्र मसालले चुनाव उपयोग गर्ने उद्देश्यले डा। बाबुराम भट्टराईको संयोजकत्वमा बनाएको पार्टीको वैधानिक मोर्चा संयुक्त जनमोर्चा नेपालको तर्फबाट उहाँलाई गोरखा क्षेत्र नं।¬२ को उम्मेदवारमा छनौट गर्यो । 
चुनावी कलाको अभावमा उनी उक्त चुनावमा १३,६७८ मत ल्याई झिनोमतले तत्कालिन नेपाली काँग्रेसकी उम्मेदवार मैयादेवी श्रेष्ठबाट पारजित भए । चुनावमा पराजित भएपछि उनी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मशालको पूर्णकालिन कार्यकर्ता बन्नपुग्नुभयो। त्यसै वर्ष उहाँ जिल्ला पार्टी सचिवमा चुनिनुभयो । वि। सं। २०४८ सालबाट २०५२ सालसम्म क। वाग्ले नेकपा माओवादी गोरखाको जिल्लाको नेतृत्व तहमा हुनुहुन्थ्यो । माक्र्सवादको गहिरो अध्ययनले उहाँको उचाइ धेरै माथि पुगिसकेको थियो । 
माक्र्सवाद, लेनिनवाद र माओवाद प्रति पूर्ण आस्था विश्वास गर्दै यसलाई नै आफ्नो पथप्रदर्शक सिद्धान्तको रुपमा मान्दै नेकपा माओवादीको कार्यदिशा अनुकूल नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद र साम्यवादको ध्येय र उद्देश्य हासिल गर्नको लागि आफ्नो महान् जिम्मेवारी पूरा गर्न उहाँ वि। सं। २०५२ साल फागुन १ गतेबाट नेकपा माओवादीले थालेको महान् कार्यव्रक्रम शसस्त्र जनयुद्धमा लागि सोही दिनबाट भुमिगत हुनुभएको थियो ।
गोरखा, रोल्पा, सिन्धुली, रामेछापलगायताका जिल्लाबाट सुरु भएको जनयुद्धको झिल्कोलाई देशव्यापी विस्तार गर्दै पार्टीको महत्त्वपूर्ण जिम्मेवारी बहन गर्ने, नेपालको इतिहासमा पुरानो निरङ्कुश सामन्ती राजतन्त्रात्मक राज्यसत्ता ध्वंस गर्दै नयाँ जनवादी राज्यव्यवस्थाको स्थापना गर्ने, क्रान्तिलाई नेपाली भुमिमा विकास गर्ने योजनाकारहरु मध्ये महान योजनाकार भएकोले उहाँलाई त्यसै क्षमताको कारणले नै वि। सं। २०५५ मा नेकपा माओवादीले पोलिट्व्युरोको वौकल्पिक सदस्य बनाएको थियो । 
विं सं. २०५६ भदौमा पार्टीको सि.सि. को पूर्ण वैठक पछि पार्टीकै कामको सिलसिलामा प्लाटुन कमाण्डर भीमसेन पोखरेल (केन्द्रीय सदस्य उमा भुजेलका श्रीमान्) र एक महिला प्लाटुन सदस्य बीनासँग गोरखा जाने क्रममा भाद्र २३ गते छोप्राकका नेपाल प्रहरीको स्पेशल कमाण्डो फोर्ससँग जम्काभेट भयो । त्यसपछि घेरा तोड्न खोज्दा उहाँसँगै रहनुभएका प्लाटुन कमाण्डर भीमसेन पोखरेलको गोली लागेर मृत्युभयो । प्लाटुन सदस्य बीना घाइते भए पनि भाग्न सफल हुनुभयो ।क. वाग्ले उपल्लो गाँखुमा प्रहरीको कब्जामा पर्नुभयो । पक्राउ परेपछि उहाँलाई आत्मसमर्पण गर्न र आफ्नो परिचय खुलाउन भनिएको थियो तर नमानेपछि वाग्लेलाई पनि त्यही गोली हानी प्रहरीले हत्या गरेको थियो । कृष्णसेन अनलाईनवाट 

, ,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates