काठमाडौ, १४ चैत । अखिल नेपाल क्रन्तिकारी ट्रेड युनियन महासङ्घले
बहुराष्ट्रिय कम्पनी टेलियासोनेराको स्वामित्वमा रहेको एनसेल टावर
बानेश्वरमा प्रर्दशन गरेका छन् ।
एउटै कम्पनीद्धारा सञ्चालित एनसेल र हेलो नेपाल बाट टेलिकमबाट निष्काशित
मजदुर/कर्मचारीलाई पुनर्वहालीको माग गर्दै महासंघले प्रदर्शन गरेको हो ।
महासङ्घका संयोजक रामदीप आचार्यद्धारा हिजो एक विज्ञप्ती जारी गरि दिईएको
२४ घण्टे अल्टीमेटम सकिएपछि आज निष्काशित मजदुर/कर्मचारीहरुलाई
पुनर्वहालीमा माग गर्दै प्रदर्शन गरेका हुन् ।
मजदुहरुलाई पुनर्वाहाली नगरे दोस्रो चरणको आन्दोलनमा कम्पनीको केन्द्रीय
कार्यालय अगाडि विरोधसभा गर्ने, तेस्रो चरणमा कम्पनीका सम्पूर्ण सेवाहरु
ठप्प पार्ने र जनसमुदायलाई उक्त कम्पनीका सेवाहरु नलिन अनुरोध गर्ने
महासंघले जनाएको छ ।
शान्तिपूर्ण आन्दोलनमा भएको प्रहरी दमनको बिरोध गर्दै पक्राउ परेका सबैलाई बिनासर्त रिहाई गर्न पनि माग गरिएको छ ।
गत जेठमा हेलो नेपालमा कार्यरत ८७ जना मजदुर/कर्मचारीलाई अन्यायपूर्ण तरिकाले निष्काशन गरेको भन्दै महासंघ आन्दोलनरत छ ।
यसअघि महासंघले मजदुरको २५ बुदे अधिकारपत्र कार्यन्वयनका लागि भन्दै
अन्तरिम चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापन पत्र बुझाई
सकेको छ ।
एनसेलको टावरमा प्रदर्शन
Copyright 2013 Nepali Janapragatishil Morcha
Powered by Blogger | Templates Modified by 

0 comments