"जनताले नपत्याए उनीहरू पनि सिद्धिन तयार हुनुपर्छ"– सचिव नेत्रविक्रम चन्द
बारा, १७ चैत
नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले विगतमा सम्पन्न विस्तृत शान्ति सम्झौताको पूर्णरुपमा कार्यान्वयन भएमात्र आफूहरू वार्तामा बस्ने बताएका छन ।
बारा जिल्लाको पथलैयामा आज पत्रकारहरुसँग कुरा गर्दै उनले जनयुद्धको बेलामा भएको शान्ति सम्झौता कार्यान्वयन भएपछि अन्य विषयमा छलफल हुने बताए ।
वर्तमान सरकार अवैधानिक भएकाले चुनाव हुन नसक्ने दाबी गर्दै उनले जनता सहभागी नहुने निर्वाचन कसरी सफल हुन्छ भनी प्रतिप्रश्न समेत गरेका छन ।
“अधिकारका बारेमा जनतालाई भ्रम छर्न चुनावको हल्ला फैलाएर सरकार लागे पनि यो सफल हुन सक्दैन,” उनको थप कथन थियो ।
चुनावमा भाग नलिए पार्टीको अस्तित्व समाप्त भएर जाने अन्य पार्टीका नेताले लगाएको आरोपको खण्डन गर्दै उनले भने, “जसले जनताको मन जित्छ, उसैले शासन चलाउँछ । हामी सिद्धिन तयार छौं, जनताले नपत्याए उनीहरू पनि सिद्धिन तयार हुनुपर्छ ।”

0 comments